१६ आश्विन २०८३, शुक्रबार
02-10-2026 , Fri
×

शनिबारको राशिफल यस प्रकार रहेको छ

Logo
ABC-Sanchar प्रकाशित शनिबार, मंसिर १५, २०८१

 

दाङ । तुल्सीपुर मेष राशि – पारिवारीक सफल यात्राको योग रहला ।सन्तानबाट शुभ समाचार प्राप्त होला ।कार्यक्षेत्रवाट लाभ प्राप्त होला । व्यवसायमा सफलता मिल्नेछ ।सोचेअनुरुप कार्य बन्नाले मन प्रसन्न रहला ।दिन रमाईलो संग वित्नेछ।पारिवारीक जमघट होला ।अधुरा कार्यहरु सुचारु हुनेछन् ।कुनैपनि निर्णय गर्दा ख्याल राख्नु होला ।

बृष राशि – आज दिन मध्ययम फलदायि राहला । व्यवसायमा सोचेअनुरुप सफलता मिल्नेछैन ।कार्य गर्दा एकदमै ध्यान दिनु पर्नेछ । विद्यार्थीका लागि उपर्यक्त समय छैन । पढाईमा मन जाने छैन। स्वास्थ्यमा विशेष ख्याल राख्नु होला ।खर्च वढ्ला ।

मिथुन राशि – कार्यक्षेत्रमा ज्ञान एवं लगनशिलताको प्रसंसा वढ्नेछ।वेचैन हटेर जानेछ ।रोकिएका कार्यहरु पुन : सुचारु होलान् ।कारोवारमा सहजता बन्नाले मन हर्षित हुनेछ ।मनका विकारहरु हट्नेछन् ।पुाना मित्रसंगको मिलनले मन प्रसन्न रहला ।

कर्कट राशि – आर्थिक कारोवार वलियो हुनेछ ।सोचेअनुरुप कार्य अगाडि वढ्नाले मन हर्षित् होला ।व्यवसायमा नयाँ कार्यहरु हात लाग्नेछन् ।साथिभाईको पूर्ण साथ मिल्नेछ । शिक्षा क्षेत्र मजवुत रहला आज आफैलाई उर्जावान् महशुस होला ।

सिह राशि -धार्मिक कार्यमा रुचि वढ्ला ।धैर्यताले कार्य गर्दा शुभफल प्राप्त होला ।नकारात्मक सोचबाट बचेर काम गर्दा लाभ हुनेछ ।लापरवाह वानिले दुख दिन सक्छ ।समाजमा प्रतिष्ठा बढ्नेछ । विद्यार्थीको लागि आज उत्साह पूर्ण दिन रहेको छ ।कानुनि कार्यमा सजग रहि कार्य गर्दा सहजता हुनेछ ।प्रतिस्पर्धामा सफलता मिल्ला ।

कन्या राशि -एकपछि अर्को जिम्मेवारी थपिनेछ ।अलिक वोझ थपिदा थकानको महशुस होला । कर्जा दिनको लागि आज उपर्युक्त रहने छैन ।शिक्षा क्षेत्रमा प्रगति हुनेछ ।वाणिमा मिठास वढ्नेछ । आफू अनुकुल समय रहनाले कार्यसम्पादनमा सहजता छाउला ।स्वास्थ्यलाई लिएर चिन्ता वढ्नेछ । वाहन चलाउदा अलिक ध्यान दिनुहोला ।

तुला राशि -पारिवारीक भेटघाट तथा मित्र मिलन होला ।आर्थिक पक्षबलियो हुनेछ ।आत्तिएर कुनैपनि निर्णय नगर्नुहोला । व्यवसायिक सफलता मध्ययम रहला ।यात्रा गर्दा सतर्क रहनु होला ।पारिवारी सुख प्राप्त हुनेछ । विद्यार्थीका लागि आज दिन शुभ रहेको छ ।तपाईको कार्य कुशलताको प्रसंसा चल्नेछ ।योजनाहरु पूर्ण हुनाले मन प्रसन्न हुनेछ।शेयर मार्केटबाट लाभ मिल्नेछ।

बृश्चिक राशि -कार्यक्षेत्रमा सम्मान मिल्नेछ ।पारिवारीक माहोल वन्नेछ । आर्थिक स्रोतहरु बढ्नेछन् ।बैदेशिक कार्यहरु सुचारु होलान्।मान सम्मान बढ्नेछ । बोल्दा अलिक बिचार गर्नुहोला ।जीवन साथीको साथ मिल्नेछ ।बिद्यार्थीको लागि प्रतिस्पर्धा मा सफलता मिल्ला ।

धनु राशि -समाजमा मान सम्मान मिल्नेछ ।कार्यक्षेत्रमा योजना बमोजिम कार्य बन्दा मन खुसि हुनेछ । चिताएका कार्यले सार्थकता प्राप्त गर्नेछन् ।दिन रमाईलो संग वित्नेछ ।सामाजीक तथा धार्मिक कार्यमा रुचि वढ्ला । स्वास्थ्यमा भने अलिक ख्याल राख्नुहोला ।

मकर राशि -समयमै कार्य सम्पादन गर्ननसक्दा समस्या थपिनेछ ।पारिवारीक माहोलमै खर्च हुनेछ ।रचनात्मक क्षेत्रमा प्रगति हुनेछ ।आत्मविश्वास वढ्ला ।व्यवसायिक सफलता मिल्ला ।धार्मिक एवं सामाजीक कार्यमा मन जाला ।दैनिक कार्यमा प्रगति हुनेछ । अरुको विश्वासमा पर्दा धोका प्राप्त हुनेछ ख्याल राख्नुहोला ।

कुम्भ राशि-शुभ समाचारले मन प्रसन्न होला ।सामाजीक प्रतिष्ठा वढ्ला ।कार्यक्षेत्रमा सहकर्मिको सहयोग प्राप्त होला ।आज पुराना योजनाहरु सफल हुनेछन् ।सामाजीक तथा धार्मिक कार्यमा सरिक भैएला ।चिताएका कार्यहरु तिव्ररुपमा अगाडि वढ्नेछन् । न्यायिक कार्यमा सफलता मिल्ला ।

मिन राशि – नजिकका व्यक्तिसंगको वादविवद बाट बच्नुहोला ।मित्रहरुबाट धोका पाईन सक्छ ।आर्थिक बृद्दि हुनेछ ।जोश जाँगर वढ्नेछ । व्यवसायमा सफलता मिल्ला । सामाजिक एवं धार्मिक कृत्यमा सहभागि भैएला । सोचे अनुरुप काम बन्नाले मन प्रसन्न रहला ।स्वास्थ्य सुधारोन्मुख होला ।उत्तरार्धमा धन खर्च होला । गाडिमोटर चलाउदा ख्याल राख्नु होला।

ज्योतिषाचार्य तथा वास्तु विद् – माधवा शर्मा ।
सचिव -नेपाल ज्योतिष परिषद् लुम्विनी प्रदेश ।
मनकामना ज्योतिष तथा वास्तु परामर्श केन्द्र तुलसीपूर क लाईन जेसिस चोक दाङ ।
फोन नं -9848060799

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । नेपालगञ्ज उप-महानगरपालिका वडा नं. १० गणेशमान चोकस्थित नेपालगञ्ज भन्सार सडक खण्डमा सडक दुर्घटना न्यूनीकरण र सुरक्षित यात्रा प्रवर्द्धनका लागि संयुक्त लापसे परीक्षण गरिएको छ। जिल्ला प्रहरी कार्यालय बाँके, जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँके, लागूऔषध नियन्त्रण ब्युरो नेपालगञ्ज र लुम्बिनी प्रदेश प्रहरी अस्पताल नेपालगञ्जको सहकार्यमा गरिएको परीक्षणमा ४० वटा सवारीका चालक तथा सह-चालकलाई ड्रग […]

दाङ । घोराही उपमहानगरपालिका–१६ मघैस्थित प्रगतिशील टोल विकास संस्थाले गाउँमा रातको समयमा हुने अवाञ्छित गतिविधि नियन्त्रण तथा शान्ति–सुरक्षा कायम गर्न युवाहरूको सहभागितामा ‘मघै गाउँ सुरक्षा समिति’ गठन गरेको छ। टोल विकास संस्थाका अध्यक्ष मुनुलाल चौधरीको अध्यक्षता एवं नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव तथा घोराही बनाऔँ अभियानका संयोजक सविन प्रियासनको विशेष उपस्थितिमा सम्पन्न गाउँलेहरूको भेलाले सुरक्षा […]

काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायण दत्त पौडेलले मधेश प्रदेशस्थित सशस्त्र प्रहरी बल, नेपाल नं. २ छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरी लगायत मधेश प्रदेश अन्तर्गतका विभिन्न जिल्लाका सीमा नाकाहरूको अनुगमन गर्नुभएको छ।