१६ आश्विन २०८३, शुक्रबार
02-10-2026 , Fri
×

जनपत्रकार संगठन नेपालद्वारा नेपाल पत्रकार महासंघ दाङको शाखा कार्यालयमा तालाबन्दी,

Logo
ABC-Sanchar प्रकाशित बुधबार, मंसिर १९, २०८१

दाङ । नेपाल पत्रकार महासंघ दाङ शाखामा अनिश्चितकालीन तालाबन्दी गरिएको छ ।


बुधबार जनपत्रकार संगठन नेपाल जिल्ला समिति दाङले एक प्रेस विज्ञप्ति जारी गर्दै शाखामा अनिश्चितकालीन तालाबन्दी गरेको हो ।

जनपत्रकार संगठन नेपाल दाङ जिल्ला अध्यक्ष हेमन्तप्रकाश वली सहितको टोलिले बुधबार पत्रकार महासंघले सार्वजनिक गरेको सदस्यता नामावलीप्रति असन्तुष्टि जनाउँदै तालाबन्दी गरेको हो ।

संगठनका जिल्ला अध्यक्ष हेमन्तप्रकाश वलीद्वारा जारी प्रेस विज्ञप्तिमा भनिएको छ– ‘ नेपाल पत्रकार महासंघले आसन्न मसिर २८ गते निर्वाचन सम्पन्न गर्ने गरी सार्वजनिक गरेको सदस्यता नामावलीप्रति जनपत्रकार संगठन नेपाल जिल्ला समिति दाङको गम्भिर ध्यानाकर्षण भएको छ । महासंघले यसको इतिहास, गरिमा र आदर्शको धज्जी उडाउदै दलिय सिन्डीकेटको आधारमा जारी गरिएको नामावली सच्याई क्रियाशिल पत्रकारको सदस्यता प्राप्तीको अधिकार कुण्ठित नगर्न आग्रह गर्दछौं ।’

यस्तै संगठनले पत्रकार महासंघले पटक पटक सदस्यता शुद्धिकरणका नाममा सञ्चारकर्ममा क्रियाशिल पत्रकारको नाम योजनावद्ध ढङ्गले हटाउने वा नविकरण नगर्ने साथै क्रियाशिल पत्रकारको नयाँ सदस्यता प्राप्त गर्ने अधिकारबाट वञ्चित गरी जारी गरिएको सूचिले महासंघको साझा चरित्र, विधि र विधानलाई लत्याउने काम भएको स्पष्ट पारेको छ ।

संगठनले महासंघले सदस्यताको विषयलाई टु‌ङ्गाएर मात्र निर्वाचनका कार्यक्रम अघि बढाउन आग्रह गरेको छ। साथै संगठनले पटक पटक नेपाल पत्रकार महासंघ दाङ शाखालाई मर्यादित बनाउन गराएको ध्यानाकर्षण, सल्लाह सुझावको कुनै सुनुवाई नभएपछि शाखामा अनिश्चितकालिन तालाबन्दी गर्न बाध्य भएको प्रेस विज्ञप्ती मार्फत जानकारी गराएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । नेपालगञ्ज उप-महानगरपालिका वडा नं. १० गणेशमान चोकस्थित नेपालगञ्ज भन्सार सडक खण्डमा सडक दुर्घटना न्यूनीकरण र सुरक्षित यात्रा प्रवर्द्धनका लागि संयुक्त लापसे परीक्षण गरिएको छ। जिल्ला प्रहरी कार्यालय बाँके, जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँके, लागूऔषध नियन्त्रण ब्युरो नेपालगञ्ज र लुम्बिनी प्रदेश प्रहरी अस्पताल नेपालगञ्जको सहकार्यमा गरिएको परीक्षणमा ४० वटा सवारीका चालक तथा सह-चालकलाई ड्रग […]

दाङ । घोराही उपमहानगरपालिका–१६ मघैस्थित प्रगतिशील टोल विकास संस्थाले गाउँमा रातको समयमा हुने अवाञ्छित गतिविधि नियन्त्रण तथा शान्ति–सुरक्षा कायम गर्न युवाहरूको सहभागितामा ‘मघै गाउँ सुरक्षा समिति’ गठन गरेको छ। टोल विकास संस्थाका अध्यक्ष मुनुलाल चौधरीको अध्यक्षता एवं नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव तथा घोराही बनाऔँ अभियानका संयोजक सविन प्रियासनको विशेष उपस्थितिमा सम्पन्न गाउँलेहरूको भेलाले सुरक्षा […]

काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायण दत्त पौडेलले मधेश प्रदेशस्थित सशस्त्र प्रहरी बल, नेपाल नं. २ छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरी लगायत मधेश प्रदेश अन्तर्गतका विभिन्न जिल्लाका सीमा नाकाहरूको अनुगमन गर्नुभएको छ।