०७ माघ २०८१, सोमबार
20-01-2025 , Mon
×

जनपत्रकार संगठन नेपालद्वारा नेपाल पत्रकार महासंघ दाङको शाखा कार्यालयमा तालाबन्दी,

Logo
ABC-Sanchar प्रकाशित बुधबार, मंसिर १९, २०८१

दाङ । नेपाल पत्रकार महासंघ दाङ शाखामा अनिश्चितकालीन तालाबन्दी गरिएको छ ।


बुधबार जनपत्रकार संगठन नेपाल जिल्ला समिति दाङले एक प्रेस विज्ञप्ति जारी गर्दै शाखामा अनिश्चितकालीन तालाबन्दी गरेको हो ।

जनपत्रकार संगठन नेपाल दाङ जिल्ला अध्यक्ष हेमन्तप्रकाश वली सहितको टोलिले बुधबार पत्रकार महासंघले सार्वजनिक गरेको सदस्यता नामावलीप्रति असन्तुष्टि जनाउँदै तालाबन्दी गरेको हो ।

संगठनका जिल्ला अध्यक्ष हेमन्तप्रकाश वलीद्वारा जारी प्रेस विज्ञप्तिमा भनिएको छ– ‘ नेपाल पत्रकार महासंघले आसन्न मसिर २८ गते निर्वाचन सम्पन्न गर्ने गरी सार्वजनिक गरेको सदस्यता नामावलीप्रति जनपत्रकार संगठन नेपाल जिल्ला समिति दाङको गम्भिर ध्यानाकर्षण भएको छ । महासंघले यसको इतिहास, गरिमा र आदर्शको धज्जी उडाउदै दलिय सिन्डीकेटको आधारमा जारी गरिएको नामावली सच्याई क्रियाशिल पत्रकारको सदस्यता प्राप्तीको अधिकार कुण्ठित नगर्न आग्रह गर्दछौं ।’

यस्तै संगठनले पत्रकार महासंघले पटक पटक सदस्यता शुद्धिकरणका नाममा सञ्चारकर्ममा क्रियाशिल पत्रकारको नाम योजनावद्ध ढङ्गले हटाउने वा नविकरण नगर्ने साथै क्रियाशिल पत्रकारको नयाँ सदस्यता प्राप्त गर्ने अधिकारबाट वञ्चित गरी जारी गरिएको सूचिले महासंघको साझा चरित्र, विधि र विधानलाई लत्याउने काम भएको स्पष्ट पारेको छ ।

संगठनले महासंघले सदस्यताको विषयलाई टु‌ङ्गाएर मात्र निर्वाचनका कार्यक्रम अघि बढाउन आग्रह गरेको छ। साथै संगठनले पटक पटक नेपाल पत्रकार महासंघ दाङ शाखालाई मर्यादित बनाउन गराएको ध्यानाकर्षण, सल्लाह सुझावको कुनै सुनुवाई नभएपछि शाखामा अनिश्चितकालिन तालाबन्दी गर्न बाध्य भएको प्रेस विज्ञप्ती मार्फत जानकारी गराएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  पाल्पा । जिल्ला प्रहरी कार्यालय पाल्पाले आफू मातहत कार्यरत प्रहरी कर्मचारीको कार्य सम्पादनको आधारमा नेपालीलाई पुस महिनाको सर्वोत्कृष्ट प्रहरी घोषणा गरेको हो । प्रहरी निरीक्षक नेपालीले साङ्गठनिक नीति निर्देशन बमोजिम दिइएको जिम्मेवारी एवं पदीय दायित्व इमान्दारी, वफादारी लगनशील तथा कर्तव्यनिष्ठ भई उत्कृष्ट कार्य सम्पादन गरेको हुँदा ‘महिनाको उत्कृष्ट घोषणा गरिएको प्रहरी उपरीक्षक नरेन्द्र चन्दद्धारा […]

ईप्रका रामपुर पाल्पाका प्रहरी निरीक्षक राम बहादुर नेपाली जिल्लाको सर्वोत्कृष्ट प्रहरी घोषित पाल्पा । जिल्ला प्रहरी कार्यालय पाल्पाले आफू मातहत कार्यरत प्रहरी कर्मचारीको कार्य सम्पादनको आधारमा नेपालीलाई पुस महिनाको सर्वोत्कृष्ट प्रहरी घोषणा गरेको हो । प्रहरी निरीक्षक नेपालीले साङ्गठनिक नीति निर्देशन बमोजिम दिइएको जिम्मेवारी एवं पदीय दायित्व इमान्दारी, वफादारी लगनशील तथा कर्तव्यनिष्ठ भई उत्कृष्ट कार्य […]

  दाङ । डिजिटल मिडिया व्यापक विस्तार भएकाे छ । तर, समाजले निरन्तर डिजिटल मिडियाकाे विश्वसनीयतामाथि प्रश्न उठाइरहेकाे छ । डिजिटल मिडियाको तीव्र विकासले आम नागरिकले क्षणभरमै संसारका खबरहरू सहजै पाउन सकेका छन् । सहज तरिकाले आफ्ना कुराहरू अभिव्यक्त गर्न पाएका छन् । तर, समाजको एक तप्का एकाध मिडिया र मिडियाकर्मीका कमजोरीहरूलाई उचालेर समग्र मिडिया […]

error: Content is protected !!