०७ माघ २०८१, सोमबार
20-01-2025 , Mon
×

सिरहामा तस्करले हत्या गरेका सशस्त्र प्रहरीका सई यादवको अन्तिम विदाई पूर्व वडाध्यक्ष सहित २ जना पक्राउ,

Logo
ABC (क्राईमबिट) प्रकाशित बुधबार, मंसिर १९, २०८१

सिरहामा तस्करले हत्या गरेका सशस्त्र प्रहरीका सई यादवको अन्तिम विदाई पूर्व वडाध्यक्ष सहित २ जना पक्राउ

सिरहा । बरियारपट्टि गाउँपालिका वडा नम्बर १ कचनारी बोर्डरस्थित चेकजाँचको क्रममा रहेका सशस्त्र प्रहरीका सई लक्ष्मण यादवलाई दारु बोकेको गाडी तस्करको गाडीले ठक्कर दिएर मारेको थियो ।

सिरहाको बिओपी बडहरीबाट खटेका यादवलाई ठक्कर दिएपछि गम्भिर घाईते बनेका थिए । गम्भीर घाईते भएका सई यादवलाई उपचारका लागि एम्बुलेन्समा राखी प्रादेशिक अस्पताल लहानमा लगिएको थियो । विहान ४ बजे चिकित्सकद्वारा मृत घोषणा गरियो ।

नेपाल–भारत सीमादेखि करिब डेढ किलोमिटरको दुरीमा भएको सो घटनामा विभिन्न क्लु, प्रमाणहरु अध्ययनपछि तस्करी गर्ने गाडी भारतीय नम्बर प्लेटको रहेको भेटिएको हो । सो गाडी सिरहाका नामुद तस्करको मदिरा ढुवानीमा प्रयोग भएको बताइएको छ ।

सो घटनामा संलग्न रहेको ब्यक्तिहरु र सई यादवलाई ठक्कर दिने गाडीको नम्बरसहित गाडी समेत पत्ता लागिसकेको प्रहरी स्रोतले बताएको छ। यस घटनामा सिरहाका नामुद तस्कर मानिएका सन्तोष यादव र मनोज यादवलाई सिरहा प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ ।

सँतोष यादव सिरहा गोलबजारका दारु व्यापारी हुन । उनी कैयौँ बर्षदेखि बोर्डर छेउको झाँझपट्टिस्थित बेनामी गोदामबाट करोडौँको मदिरा तस्करी गर्दै आएको खुलेको छ । सोहीसँगै पक्राउ परेका मनोज कुमार यादव पूर्व वडाध्यक्ष हुन् । सिरहा नवराजपुर गाउँपालिका वडा नम्बर ५ बाट २०७९ सालको स्थानीय तहको चुनावमा प्रत्यासी बनेपछि उनी खर्च धान्न तस्कर बनेको बताईन्छ ।

जानकारी अनुसार, मनोज कुमार यादव पूर्व प्रहरी पनि हुन् । नेपाल प्रहरीमा काम गरिसकेका मनोज यादवले चुनाव लडेपछि राजनीतिमा आएका थिए । २०७४ सालको चुनाव जितेका मनोज यादव दोस्रो स्थानीय तहको चुनावमा हारेपछि उनी मदिरा तस्करीमा संलग्न भएका थिए । उनलाई समेत पक्राउ गरिएको छ । अझै दुई जना भने फरार रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय सिरहा एसपी रमेश पण्डितले सो घटनामा आफ्नो मातहत प्रहरी खटाएर अपराधी पत्ता लगाउन सफल भएका हुन् । सिरहा प्रहरीले घटनाको २४ घण्टा नबित्दै घटनामा संलग्न दुई जना शंसकित व्यक्तिलाई पक्राउ गर्न सफल भएको हो ।

यस घटनामा जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी प्रवक्ता एवम् डिएसपी बिरेन्द्र पासवानले आफ्नो कमाण्डमा खटाइएको प्रहरीहरुको सहयोगमा सो उनीहरुलाई पक्राउ गरेको हो । ठक्कर दिने भारतीय नम्बर प्लेटको गाडी समेत नेपाल ल्याउने तयारी गरिएको हो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  पाल्पा । जिल्ला प्रहरी कार्यालय पाल्पाले आफू मातहत कार्यरत प्रहरी कर्मचारीको कार्य सम्पादनको आधारमा नेपालीलाई पुस महिनाको सर्वोत्कृष्ट प्रहरी घोषणा गरेको हो । प्रहरी निरीक्षक नेपालीले साङ्गठनिक नीति निर्देशन बमोजिम दिइएको जिम्मेवारी एवं पदीय दायित्व इमान्दारी, वफादारी लगनशील तथा कर्तव्यनिष्ठ भई उत्कृष्ट कार्य सम्पादन गरेको हुँदा ‘महिनाको उत्कृष्ट घोषणा गरिएको प्रहरी उपरीक्षक नरेन्द्र चन्दद्धारा […]

ईप्रका रामपुर पाल्पाका प्रहरी निरीक्षक राम बहादुर नेपाली जिल्लाको सर्वोत्कृष्ट प्रहरी घोषित पाल्पा । जिल्ला प्रहरी कार्यालय पाल्पाले आफू मातहत कार्यरत प्रहरी कर्मचारीको कार्य सम्पादनको आधारमा नेपालीलाई पुस महिनाको सर्वोत्कृष्ट प्रहरी घोषणा गरेको हो । प्रहरी निरीक्षक नेपालीले साङ्गठनिक नीति निर्देशन बमोजिम दिइएको जिम्मेवारी एवं पदीय दायित्व इमान्दारी, वफादारी लगनशील तथा कर्तव्यनिष्ठ भई उत्कृष्ट कार्य […]

  दाङ । डिजिटल मिडिया व्यापक विस्तार भएकाे छ । तर, समाजले निरन्तर डिजिटल मिडियाकाे विश्वसनीयतामाथि प्रश्न उठाइरहेकाे छ । डिजिटल मिडियाको तीव्र विकासले आम नागरिकले क्षणभरमै संसारका खबरहरू सहजै पाउन सकेका छन् । सहज तरिकाले आफ्ना कुराहरू अभिव्यक्त गर्न पाएका छन् । तर, समाजको एक तप्का एकाध मिडिया र मिडियाकर्मीका कमजोरीहरूलाई उचालेर समग्र मिडिया […]

error: Content is protected !!