२७ साउन २०८३, बुधबार
12-08-2026 , Wed
×

गृहमन्त्री रमेश लेखकका नक्कली स्वकीय सचिव काठमाडौंबाट पक्राउ,

Logo
प्रकाशित शुक्रबार, मंसिर २१, २०८१

काठमाडौं । बैतडी भुमेश्वर गाउँपालिका–७ का २६ वर्षीय करनसिंह विष्ट पक्राउ परेका हुन् । उनलाई धुम्बाराहीबाट पक्राउ गरिएको काठमाण्डु उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख वरिष्ठ एसएसपी सानुराम भट्टराईले जानकारी दिए ।

भट्टराईका अनुसार विष्टले गृहमन्त्रीको पीए हुँ भन्दै प्रहरी प्रशासनसहित विभिन्न निकायमा फोन गर्ने गरेका थिए ।

नक्कली पीएले प्रहरी नेतृत्वलाई समेत विभिन्न स्वार्थका लागि अनावश्यक दबाब दिन थालेपछि गृहमन्त्री लेखकको सचिवालयले पनि विष्टलाई पक्राउ गर्न भनेको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । डुडुवा गाउँपालिकाको सहयोगमा प्रहरी चौकी खडैचाको लागि आवश्यक सामानहरू प्राप्त भएका छन्। प्राप्त सामानहरू स्टिल दराज – १ थान टेबुल पंखा – १ थान टेबुल – १ थान सिलिङ पंखा – १ थान मल्टिप्लग – १ थान कार्यालयको दैनिक कामकाजलाई व्यवस्थित र सहज बनाउन यति महत्वपूर्ण सहयोग उपलब्ध गराउनु भएकोमा डुडुवा गाउँपालिकाको कार्यालय […]

काठमाडौं । सशस्त्र प्रहरी बल, नेपालको प्रधान कार्यालय शिक्षालय, गण तथा गुल्महरूमा नयाँ कार्यालय प्रमुखको जिम्मेवारी प्राप्त गर्नुभएका सशस्त्र प्रहरी वरिष्ठ अधिकृत तथा अधिकृतहरूलाई आईजिपी नारायण दत्त पौडेलले विशेष निर्देशन दिनुभएको छ। निर्देशनका मुख्य बुँदाहरू अनुमानित रूपमा आदेश पालन र अनुशासन: बलको मर्यादा कायम गर्दै मातहतलाई अनुशासित बनाउने सीमा सुरक्षा र अपराध नियन्त्रण: तस्करी, मानव […]

दाङ । घोराही उपमहानगरपालिका–१३ कलमघारी निवासी चामबहादुर कुमाल भारतबाट घर फर्किने क्रममा एक सातादेखि सम्पर्कविहीन भएपछि परिवार चिन्तित बनेको छ। श्रीमान् सम्पर्कमा नआएपछि उहाँकी श्रीमती बिमला कुमालले सञ्चारकर्मीहरूमार्फत चामबहादुरको खोजी गरिदिन सबैसँग आग्रह गर्नुभएको छ। भारतबाट घर फर्किन हिँडेका चामबहादुर एक साता बितिसक्दा पनि घर नआएको र परिवारसँग समेत सम्पर्क हुन नसकेको बिमलाले बताउनुभयो। श्रीमान्को […]