१६ आश्विन २०८३, शुक्रबार
02-10-2026 , Fri
×

मापसे गरेका प्रहरीले मध्य रातमा ममाथि ज्यादती गरेः पुर्वगृहमन्त्री रवि लामछिाने

Logo
Abc Sanchar प्रकाशित आइतबार, मंसिर २३, २०८१

काठमाडौं । मानव अधिकार अयोगले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई चितवनबाट बिहीबार राति पोखरा ल्याउने क्रममा उच्च रक्तचाप भएको जनाएको छ ।

आयोग टोलीले शुक्रबार कास्की प्रहरीको हिरासतमा भेटेर लामिछानेसँग कुराकानी गरेको थियो ।

आयोगले चितवनबाट रातारात पोखरा ल्याएर स्वास्थ्य परीक्षण गराउँदा उनको रक्तचाप १८०/९० पुगेको जनाएको छ ।

लामिछानेलाई भेटेका आयोगका अधिकृत टंक खनालका अनुसार उनले आफ्नो रक्तचाप चितवनबाट पोखरा आउँदा १८/९० रहेको बताएको उल्लेख गरे ।

खनालका अनुसार लामिछानेले त्यस्तो बेला जे पनि हुन सक्ने भन्दै प्रहरीले ज्यादती गरेकामा निन्दा गरे ।

उनले चितवनमा स्वास्थ्य परीक्षण गराउन खोज्दा प्रहरीले नदिएको पनि बताए ।

बुधबार बिहानदेखि राति ९ बजेसम्म जिल्ला सरकारी वकिल कार्यालयमा बयान दिने क्रममा आफ्नो टाउको दुखेकोर औषधि सेवन गर्नुपरको लामिछानेले बताए ।

उनले चितवन प्रहरीले आफूलाई स्वास्थ्य परीक्षण गर्न माग गर्दा दुर्व्यवहार गरेर पोखरा ल्याएको बताए ।

मादक पदार्थ सेवन गरेका प्रहरीले मध्यरात दुर्व्यवहार गरेको आरोपसमेत उनले लगाएका छन् ।

अस्वस्थ अवस्थामा अमानवीय तवरले रातारात चितवनबाट पोखरा लगिएको र हिरासतभित्र दुर्व्यवहार गरिएको भन्दै लामिछाने पत्नी निकिता पौडेलले आयोगमा उजुरी दिएकी थिइन् ।

कास्की प्रहरीका अधिकारीहरुले भने लामिछानेलाई चितवनबाट बिहीबार बिहान साढे ३ पोखरा ल्याइएलगत्तै पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा स्वास्थ्य परीक्षण गरिएको बताएका छन् ।

प्रहरीले चितवनस्थित सहारा सहकारीको बचत अपचलन कसुरमा बयान लिन उनलाई सोमबार काठमाण्डुबाट चितवन लगेको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । नेपालगञ्ज उप-महानगरपालिका वडा नं. १० गणेशमान चोकस्थित नेपालगञ्ज भन्सार सडक खण्डमा सडक दुर्घटना न्यूनीकरण र सुरक्षित यात्रा प्रवर्द्धनका लागि संयुक्त लापसे परीक्षण गरिएको छ। जिल्ला प्रहरी कार्यालय बाँके, जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँके, लागूऔषध नियन्त्रण ब्युरो नेपालगञ्ज र लुम्बिनी प्रदेश प्रहरी अस्पताल नेपालगञ्जको सहकार्यमा गरिएको परीक्षणमा ४० वटा सवारीका चालक तथा सह-चालकलाई ड्रग […]

दाङ । घोराही उपमहानगरपालिका–१६ मघैस्थित प्रगतिशील टोल विकास संस्थाले गाउँमा रातको समयमा हुने अवाञ्छित गतिविधि नियन्त्रण तथा शान्ति–सुरक्षा कायम गर्न युवाहरूको सहभागितामा ‘मघै गाउँ सुरक्षा समिति’ गठन गरेको छ। टोल विकास संस्थाका अध्यक्ष मुनुलाल चौधरीको अध्यक्षता एवं नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव तथा घोराही बनाऔँ अभियानका संयोजक सविन प्रियासनको विशेष उपस्थितिमा सम्पन्न गाउँलेहरूको भेलाले सुरक्षा […]

काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायण दत्त पौडेलले मधेश प्रदेशस्थित सशस्त्र प्रहरी बल, नेपाल नं. २ छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरी लगायत मधेश प्रदेश अन्तर्गतका विभिन्न जिल्लाका सीमा नाकाहरूको अनुगमन गर्नुभएको छ।