३१ भाद्र २०८३, बुधबार
16-09-2026 , Wed
×

आशा लामाको चुरा पोते बजारमा (भिडियो सहित)

Logo
प्रकाशित बिहिबार, कार्तिक २८, २०७६

कात्तिक २८, काठमाडौं । विगत लामो समय देखि नेपाली साँगीतक क्षेत्रमा सक्रिय गायीका आशा लामा (ज्ञानमाला) को स्वरमा सजिएको नयाँ म्युजिक भिडियो चुरा पोते सार्वजनिक भएको छ । रसियन कल्चर सेन्टरमा भएको राष्ट्रिय दृष्टिबिहिन टेबल टेनिस संघको सहयोगार्थ गरिएको डि.ए.आर साँस्कृतिक साँझ कार्यक्रममा वरिष्ठ संगितकार दिपक जंगमले गीत बिमोचन गर्नु भएको हो ।

स्वागत नेपालको शब्द, चन्द्र प्रसाद सिवाकोटीको संगीत, एरेन्ज तथा रेकडिङ फिरोज बज्रार्चायले गरेका छन् भने ज्योती स्टुडियोमा गीत रेर्कड गरिएको हो । जय चन्द्रकुमार लामा र गायीका स्वंम आशा लामा (ज्ञानमाला) को अभिनय रहेको म्युजिक भिडियोको निर्देशन प्रभावन जे को रहेको छ । जय चन्द्रकुमार लामाको प्रस्तुति रहेको म्युजिक भिडियोको सम्पादन, सह निर्देशन नविन भट्ट, क्यामेरा सागर गौतम, कला राजाराम गौतम, व्यवस्थापन विवेक चौलागाईको रहेको छ ।

https://youtu.be/JseIwhDEDUc

कमेन्ट गर्नुहोस्
सम्बन्धित

कपिलवस्तु । इलाका प्रहरी कार्यालय पिपरा, कपिलवस्तुमा नयाँ कार्यालय प्रमुखको रुपमा खटिई आउनु भएका प्रहरी निरीक्षक कालिका कार्की ज्यूको स्वागत कार्यक्रम सम्पन्न भएको छ। कार्यालयमा कार्यरत सम्पूर्ण प्रहरी कर्मचारीहरुले उहाँलाई स्वागत गर्दै सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभएको थियो। स्वागत कार्यक्रम पश्चात नवनियुक्त कार्यालय प्रमुख कार्कीले शान्ति सुरक्षा कायम राख्न र नागरिक मैत्री सेवा प्रदान गर्न […]

काठमाडौं । माइतीघर मण्डलामा झण्डै एक वर्षदेखि टेन्ट लगाएर बसेका प्रदर्शनकारीहरूलाई प्रहरीले आज बिहान हटाएको छ। आज बिहान करिब ५ बजे जिल्ला प्रहरी परिसर काठमाडौं र काठमाडौं महानगर प्रहरीको टोलीले माइतीघरमा रहेका टेन्टहरू हटाएको हो। प्रशासनले यसअघि नै माइतीघर क्षेत्रमा रातको समयमा बस्न नपाइने र अनिश्चितकालीन रूपमा टेन्ट राखेर धर्ना दिन नपाइने निर्णय गरेको थियो। […]

काठमाडौं । टिकटकलगायतका सामाजिक सञ्जालमा युवतीहरूको कामु भिडिओ राखेर प्रचार गर्ने एकजनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । विभिन्न युवतीका भिडिओ र कामुक हाउभाउसहितको दृश्य अपलोड गर्दै त्यस्तो कार्यको प्रचारमा सक्रिय पाँचथर, फिदिम ३ घर भई काठमाडौं महानगरपालिका २६, नयाँ बसपार्क बस्ने २४ वर्षीय सरोज लामा पक्राउ परेका हुन् । प्रहरीले खोजी गर्न थालेको सूचना पाएपछि […]