२५ साउन २०८३, सोमबार
10-08-2026 , Mon
×

बुधबारको राशिफल,

Logo
Abc Sanchar प्रकाशित बुधबार, मंसिर २६, २०८१

 

दाङ । तुल्सीपुर मेष राशि – आज दिन मध्ययम फलदायि रहला । आर्थिक पक्ष विस्तारै अगाडि वढनेछ । राजनितिक क्षेत्रमा भने सफलता मिल्ने छैन ।बैदेशिक कार्यमा ढिला सुस्ति हुनेछ । सत्रुहरु परास्त होला् । पराक्रम बढ्नेछ ।विद्यार्थीका लागि विेशेष शुभ दिन रहेको छ ।

बृष राशि – चिताएको कार्यले तिव्रता प्राप्त गर्नेछ ।भाग्यले साथ दिनेछ । आत्मविश्वास वढ्नेछ ।नयाँ कामको शुरुवात् होला ।पारीवरिक प्रेममा सुमधुरता छाउला । बेलुका पख खर्च वृद्दि होला ।

मिथुन राशि – घर जग्गाको कारोबारमा सफलता मिल्नेछ ।बन्धु वान्धबको सहयोगले कार्य सम्पादनमा सहज होला ।प्रेम सम्बन्ध बलियो होला ।विभिन्न अवसरहरु प्राप्त हुनेछन् ।मान सम्मान वढ्नेछ ।नयाँ सामाजीक तथा राजनितिक क्षेत्रमा मन जानेछ ।मन प्रसन्न रहला ।

कर्कट राशि – वित्तिय संस्थावाट फाईदा हुनेछ ।शुभ कर्मको चर्चा हुनेछ ।पराकर्म वढ्नेछ।ठिक समयमा सहि निर्णय लिन सकिनेछ ।व्यवसायमा केहीँ सफलता मिल्नेछ ।मित्र सहयोगले कार्य सम्पन्न हुनेछ ।

सिंह राशि – मालसामान हराउने योग रहेको छ ।।आज दिन मध्ययम फलदायि रहला । सानातिना कुराको अल्झनमा परिएला । कार्यमा बाधा अड्चन् आउला । स्वास्थ्य विग्रन सक्छ । खर्च बृद्दि होला । बुद्दिको सहि प्रयोगले कार्यमा केहीँ सहजता आउला । यात्रा गर्दा विशेष ख्याल राख्नु होला ।

कन्या राशि – सन्तान सुख तथा व्यवसायिक सफलता मिल्नेछ ।सामाजीक कार्यमा मन जानेछ ।मान सम्मान उच्च हुनेछ । दाम्पत्य जीवनमा खुसियालि छाउनेछ ।प्रेमिप्रेमिका विच सुमधुर सम्वन्ध रहला ।नाम ,प्रतिष्ठा एवं किर्ति बढ्नेछ ।

तुला राशि – महिला वर्गवाट विशेष सहयोग मिल्नेछ ।बाणिमा मिठास छाउनले प्रसंसित् भैएला । मिष्ठान्न भोजन प्राप्त होला ।साथीभाई ईष्टमित्रको सहयोग पुर्ण रुपमा पाईएला । तपाईको कर्मको भने चर्चा चल्नेछ । अन्य क्षेत्र राम्रो रहला । स्वास्थयमा भने ख्याल राख्नु होला ।

बश्चिक राशि – एक पछी अर्को अवसर अाउनाले मन प्रसन्न हुनेछ ।आज भाग्यले साथ दिनेछ । तपाईको बोलि नै समाजको लागि काफि हुनेछ ।विभिन्न अवसरहरु प्राप्त हुनेछन् ।पारिावरीक तथा मित्र सहयोगले केही सहजता हुनेछ । महत्वपूर्ण कार्यको थालनि होला । स्वास्थ्यमा भने ख्याल राख्नु होला ।

धनु राशि – सरकारी निकायको भए रहला ।समय मध्ययम फलदायि रहला ।अधिकार प्राप्तिको लागि संघर्ष गर्नु पर्ला ।पूर्ण हुन थालेका कार्यमा वाधा अड्चन् आउला ।पारिवारिक साथ भने प्राप्त होला । मनमा दुविधा र स्वास्थ्यमा धन खर्च होला ध्यान दिनु होला ।

मकर राशि – नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउने सकिएला ।श्रमको उचित मुल्याङ्कन हुनेछ ।कुटनितिक नियोगको सहयोग मिल्ला ।बौद्दिक कार्यमा सफलता मिल्नेछ ।आफन्तको सहयोगले कार्य सम्पादनमा सहयोग पुग्नेछ । व्यवहारिक फाईदा भने हुनेछ ।

कुम्भ राशि – आदर्श व्यक्तिसंगको सहकार्यले व्यवसायिक सफलता मिल्नेछ ।धनार्जनका नयाँ श्रोतहरु प्राप्त हुनेछन् ।तपाईको धैर्यता र लगनशिलताले तपाईला सफल वनाउनेछ । मन प्रसन्न होला ।कार्यमा उत्तरदायित्वको कदर हुनेछ । भाग्यले साथ दिनेछ ।

मिन राशि – मान सम्मान बढ्नेछ ।सामाजीक कार्यमा प्रेरित भैएला । नयाँ नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ ।अरुलाई छिट्टै प्रभावित पार्न सकिनेछ । कार्य सम्पादनमा सहजता आउला । पारिवारीक सद्भावमा भने मिठास आउला ।आत्मवल भने उच्च हुनेछ ।

ज्योतिषाचार्य तथा वास्तु विद् – माधवा शर्मा ।
सचिव -नेपाल ज्योतिष परिषद् लुम्विनी प्रदेश ।
मनकामना ज्योतिष तथा वास्तु परामर्श केन्द्र तुलसीपूर क लाईन जेसिस चोक दाङ ।
फोन नं -9848060799

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । नेपालकै सर्वाधिक दोस्रो उपन्यास लेख्नुभएका साहित्यकार एवं पत्रकार सविन प्रियासनले किताब लेखन प्रतियोगितामा सहभागिता जनाउने इच्छा व्यक्त गर्नुभएको छ । सामाजिक सञ्जालमा यस सम्बन्धी धारणा पोस्ट गर्दै उहाँले प्रतियोगितामा जितेमा पुरस्कारबाट सामाजिक कार्य गर्ने समेत उद्घोष गर्नुभएको छ। प्रियासनले सामाजिक सञ्जालमा लेख्नुभएको छ – किताब लेखन प्रतियोगिता आयोजना कहिले होला ? कुनै संस्थाले […]

दाङ । घोराही दाङमा भारतीय नम्बर प्लेटका गाडीहरू अलि बढी देखिन थालेका छन्। यो विषयमा सम्बन्धित निकायले निगरानी गर्नुपर्छ। घोराही बनाऔँ अभियान अन्तर्गत स्थानीय प्रशासन र प्रहरीले यस्ता गाडीहरूको अवैध प्रवेश र गतिविधि विरुद्ध कडाई गर्नुपर्छ। घोराही बनाऔँ अभियानको उद्देश्य घोराहीलाई स्वच्छ, सुन्दर र सुरक्षित बनाउनु हो। यस अन्तर्गत अवैध गतिविधिहरु रोक्न र स्थानीय जनताको […]

काठमाडौं । राज्य भन्ने अवधारणा केवल प्रशासनिक संरचना मात्र होइन; यो व्यवस्था, सुरक्षा र न्यायको समष्टिगत प्रतिज्ञा हो। समाजलाई अराजकता, हिंसा र विद्रोहबाट जोगाउने दायित्व राज्यको हुन्छ, र यही दायित्व निर्वाह गर्न राज्यले सुरक्षा संस्थालाई शक्ति प्रदान गर्दछ। तर इतिहासले देखाएको सत्य के हो भने राज्य शक्ति जति आवश्यक छ, त्यति नै संवेदनशील पनि हुन्छ। […]