१४ आश्विन २०८३, बुधबार
30-09-2026 , Wed
×

तेलुगु फिल्मका चर्चित अभिनेता अल्लु अर्जुनको घरमा केही व्यक्तिले आक्रमण,

Logo
ABC (क्राईमबिट) प्रकाशित आइतबार, पुष ०७, २०८१

तेलुगु फिल्मका चर्चित अभिनेता अल्लु अर्जुनको घरमा केही व्यक्तिले आक्रमण

काठमाडौं । हैदराबाद तेलुगु फिल्म स्टार अल्लु अर्जुनको घर अगाडिको भाग, गमला र केही समानमा क्षति पुगेको हो ।

सामाजिक सञ्जालमा पोस्ट गरिएको अपुष्ट भिडियोमा उनको घर अगाडि केही व्यक्तिले नारा लगाएको देख्न सकिन्छ । भिडियोमा केही फुटेको गमला पनि देख्न सकिन्छ ।

बीबीसी तेलुगु सेवाका अनुसार अल्लु अर्जुनको घरमा आक्रमण गर्नेहरूले आफू उस्मानिया विश्वविद्यालयको संयुक्त कार्य समितिका सदस्य भएको दाबी गरेका छन्। प्रदर्शनकारीले अल्लु अर्जुनको फिल्म ‘पुष्पा–२ः द रुल’ को प्रदर्शनका क्रममा भागदौडमा एक महिलाको मृत्यु भएको घटनामा न्यायको माग गरिरहेको  समाचार एजेन्सी पीटीआईले जनाएको छ ।

हालै एक थिएटरमा भागदौडका क्रममा एक महिलाको मृत्यु भएको आरोपमा अल्लु अर्जुनविरुद्ध पनि मुद्दा दर्ता भएको छ । यो मुद्दामा उनी जेल पनि परेका थिए ।

अल्लु अर्जुन हाल चार साताको लागि अन्तरिम जमानतमा छन् । उनीसँग सम्बन्धित विषयको सामाजिक सञ्जालदेखि तेलंगाना विधानसभासम्म चर्चा भइरहेको छ ।एजेन्सी

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । घोराही उपमहानगरपालिका–५ त्रिवेणी टोलमा स्थानीयवासीको सक्रियतामा सुरु भएको खेलमैदान निर्माण अभियानले ‘घोराही बनाऔँ अभियान’को साथ पाएपछि थप गति लिएको छ। बुट्यान, भिरालो जमिन तथा खाल्डाखुल्डी रहेको करिब २ बिघा १० कठ्ठा क्षेत्रफलको जग्गालाई सदुपयोग गर्दै स्थानीयवासीले भविष्यमा सुविधासम्पन्न खेलमैदान तथा स्टेडियम निर्माण गर्ने लक्ष्यसहित अभियान अघि बढाएका हुन्। नजिकै जनसेवा सामुदायिक वन रहेकाले […]

दाङ । लुम्बिनी प्रदेशको राजधानी क्षेत्र राप्ती उपत्यका देउखुरीमा पर्ने राप्ती गाउँपालिका–९ देविकोटमा रहेको धार्मिक तथा पर्यटकीय स्थल भद्राक्षी देवी मन्दिर पुग्ने सडकको अवस्था वर्षौंदेखि दयनीय रहँदा स्थानीयवासी, शिक्षक, कर्मचारी तथा मन्दिर दर्शन गर्न जाने श्रद्धालु भक्तजनले सास्ती खेप्दै आएका छन्। देविकोटमा अवस्थित भद्राक्षी देवी मन्दिरमा सतीदेवीको बायाँ गोडा पतन भएको धार्मिक विश्वास रहँदै आएको […]

काठमाडौं । नेपाल प्रहरीको नियमित सरुवा रोकिएको छ। विभिन्न जिल्लाका प्रहरी इन्चार्जहरुको एक वर्ष अवधि पुगेपनि अझै सरुवा हुन सकेको छैन । गत वर्ष भदौको अन्तिममा विभिन्न जिल्लाका प्रमुखहरुको सरुवा भएको थियो। उनीहरु सरुवाको पर्खाईमा छन्। तर, प्रहरी नेतृत्व र गृह मन्त्रालयबिच कुरा नमिल्दा सरुवा हुन सकेको छैन । स्रोतका अनुसार प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले […]