१४ आश्विन २०८३, बुधबार
30-09-2026 , Wed
×

सशस्त्र प्रहरीको चार जना डीआईजीहरू पदावधि पुरा यसै महिना अवकाशमा जाँदै,

Logo
ABC (क्राईमबिट) प्रकाशित बिहिबार, पुष ११, २०८१

सशस्त्र प्रहरीको चार जना डीआईजीहरू पदावधि पुरा यसै महिना अवकाशमा जाँदै

काठमाडौं । डीआईजी कमल गिरी, गणेश ठाडामगर, कुल बहादुर नेम्बाङ र शम्भु सुवेदी अवकाशमा जान लागेका हुन् ।

सशस्त्र प्रहरी बल प्रशिक्षणको प्रमुख छन् गिरी । ठाडामगर नम्बर–३ बाहिनी बागमती प्रदेशको प्रमुख, नेम्वाङ नम्बर–४ बाहिनी गण्डकी प्रदेशको प्रमुख र सुवेदी नम्बर–१ बाहिनी कोशी प्रदेशको प्रमुख छन् ।

२०८१ पुस २३ मा पदावधि पुरा गरेर अवकाश हुन लागेका उनीहरू म्याद थप गराउने दौडमा निस्किएका छन् । कार्यक्षेत्र छाडेर राजनीतिक लबिङ र बिचौलियामार्फत चलखेल सुरु गरेको भन्दै सशस्त्रभित्र असन्तुष्टि चुलिएको छ । नयाँ विधेयक संसद्मा तत्काल दर्ता भएमा आईजीपी र एआईजी हुने अभिलाषाले उनीहरूले ‘अस्वस्थ चलखेल’ सुरु गरेको आरोप छ ।

सशस्त्र प्रहरी नियमावली अनुसार डीआईजी पदावधि चार वर्षको हुन्छ । सरकारले चाहँदा १ वर्ष थप्न सकिने व्यवस्था छ । सशस्त्र प्रहरी नियमावली–२०७२ अनुसार डीआईजीको चार वर्ष अवधि पुरा गरेर अवकाशमा हुन लागेमा ‘सरकारले आवश्यक ठाने १ वर्ष पदावधि थप गर्न सक्नेछ’ भन्ने प्रावधान छ । त्यही व्यवस्थालाई टेकेर भावी नेतृत्व नै हत्याउने गरी उनीहरू दौडमा निस्किएका हुन् । म्याद थप गर्न सशस्त्र प्रहरी प्रमुखले सिफारिस गर्नुपर्छ ।

सशस्त्रको राजनीतिक व्यक्ति र कूटनीतिक व्यक्ति भेटघाट सम्बन्धी कार्यविधिलाई लत्त्याएर उनीहरू नेपाली कांग्रेसका नेताको ढोका ढकढक्याइरहेका छन् । अहिले १ वर्ष म्याद थप गर्ने र नयाँ विधेयक संसद्बाट पारित भएपछि उनीहरू एआईजी र आईजी हुने दौडमा लागेका हुन् । सशस्त्रको नयाँ ऐन पारित भएपछि वर्तमान आईजी र एआईजी अवकाशमा जान्छन् ।

म्याद थप्ने विषय मन्त्रिपरिषद्को तजबिजमा भर पर्छ । अहिले उपत्यका स्थित नम्बर–९ पशुपति बाहिनीमा कार्यरत डीआईजी किशोर प्रधानको म्याद थप गरिएको थियो । उनी थप गरिएको १ वर्ष पनि बिताउँदै माघ १० मा अनिवार्य अवकाशमा जान लागेका छन् । तर, सरकारले म्याद थप नगरेपछि प्रवीण श्रेष्ठ २०७८ असार ८ मा अवकाश भएका थिए ।

सिसम–१ का अधिकृतहरूलाई रोक्न चलखेल

म्याद थप्ने दौडमा लागेका अधिकृतहरू नेपाल प्रहरीबाट सशस्त्रमा गएका हुन् । चार जनाको म्याद थप्दा सशस्त्र प्रहरी सेवा आयोगबाट भर्ना भएका अधिकृतहरू रोकिने अवस्था आउने सशस्त्र प्रहरी बलका एक जना उच्च अधिकृतले बताए ।

ती अधिकृत भन्छन्, ‘भावी नेतृत्वको रूपमा हेरिएको सिसम–१ का अधिकृतहरू डीआईजी दर्जाबाटै अवकाश हुने अवस्था आउन सक्छ ।’ ४ वर्ष अवधि पुरा भएका डीआईजीहरूको १ वर्ष म्याद थप नभएको खण्डमा ३० वर्ष सेवा अवधि हटे पनि सशस्त्र प्रहरी स्थापना भएपछि भर्ना भएका पहिलो ब्याचका अधिकृतहरू नेतृत्व तहमा पुग्छन् ।

अवकाशको मुखमा पुगेका डीआईजीहरू भन्दा सिसम–१ का अधिकृतहरू काबिल मानिन्छन् । सिसम–१ मा भर्ना भएका डीआईजी सुरेश कुमार श्रेष्ठ साउथ सुडान स्थित युएन मिसनमा पी–४ लेबलमा कार्यरत छन् । अन्जनी कुमार पोखरेलले संयुक्त राष्ट्रसंघ प्रधान कार्यालयमा पी–३ लेबलमा काम गरेका थिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । घोराही उपमहानगरपालिका–५ त्रिवेणी टोलमा स्थानीयवासीको सक्रियतामा सुरु भएको खेलमैदान निर्माण अभियानले ‘घोराही बनाऔँ अभियान’को साथ पाएपछि थप गति लिएको छ। बुट्यान, भिरालो जमिन तथा खाल्डाखुल्डी रहेको करिब २ बिघा १० कठ्ठा क्षेत्रफलको जग्गालाई सदुपयोग गर्दै स्थानीयवासीले भविष्यमा सुविधासम्पन्न खेलमैदान तथा स्टेडियम निर्माण गर्ने लक्ष्यसहित अभियान अघि बढाएका हुन्। नजिकै जनसेवा सामुदायिक वन रहेकाले […]

दाङ । लुम्बिनी प्रदेशको राजधानी क्षेत्र राप्ती उपत्यका देउखुरीमा पर्ने राप्ती गाउँपालिका–९ देविकोटमा रहेको धार्मिक तथा पर्यटकीय स्थल भद्राक्षी देवी मन्दिर पुग्ने सडकको अवस्था वर्षौंदेखि दयनीय रहँदा स्थानीयवासी, शिक्षक, कर्मचारी तथा मन्दिर दर्शन गर्न जाने श्रद्धालु भक्तजनले सास्ती खेप्दै आएका छन्। देविकोटमा अवस्थित भद्राक्षी देवी मन्दिरमा सतीदेवीको बायाँ गोडा पतन भएको धार्मिक विश्वास रहँदै आएको […]

काठमाडौं । नेपाल प्रहरीको नियमित सरुवा रोकिएको छ। विभिन्न जिल्लाका प्रहरी इन्चार्जहरुको एक वर्ष अवधि पुगेपनि अझै सरुवा हुन सकेको छैन । गत वर्ष भदौको अन्तिममा विभिन्न जिल्लाका प्रमुखहरुको सरुवा भएको थियो। उनीहरु सरुवाको पर्खाईमा छन्। तर, प्रहरी नेतृत्व र गृह मन्त्रालयबिच कुरा नमिल्दा सरुवा हुन सकेको छैन । स्रोतका अनुसार प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले […]