१६ आश्विन २०८३, शुक्रबार
02-10-2026 , Fri
×

सौचालय गर्न गएकी युबतीलाई हात र खुट्टा बाधेर जबरजस्ती करणी गर्ने ३ जना पक्राउ,

Logo
ABC (क्राईमबिट) प्रकाशित बिहिबार, पुष ११, २०८१

 

मोरङ । कटहरी गाउँपालिका–२ निवासी २० वर्षीय मोहम्मद रमजान, १९ वर्षीय सुनिल कुमार साह, र भारतको बिहार राज्यस्थित अररिया जिल्लाको कुसकिट्टा ग्राम पञ्चायत–९ निवासी १८ वर्षीय मोहम्मद गुल्जर रहेका छन् । गुल्जर हाल कटहरीमै एक ग्यारेजमा काम गर्दै आएका थिए ।

घटना पुस ९ गते राति मोरङको जहदा गाउँपालिका–३ निवासी युवतीमाथि भएको हो । प्रहरीका अनुसार बिहान करिब साढे चार बजे शौच गर्न गएकी युवतीलाई तिनै जना अभियुक्तहरूले पछाडिबाट मुख थुनेर सिटी सफारीमा राखी घरबाट झन्डै तीन किलोमिटर उत्तर–पूर्वस्थित बाँस घारीमा लगेर बलात्कार गरेका थिए ।

पीडितले बताएअनुसार घटना पछि अभियुक्तहरूले उनलाई कालो सारीको कपडाले हातखुट्टा बाँधेर, मुखमा कपडा कोचेर घटनास्थलमै छाडेर फरार भएका थिए ।

घटनास्थलमा अर्ध चेत अवस्थामा रहेको युवतीलाई स्थानीयले फेला पारेपछि तत्कालै प्रहरीलाई खबर गरेका थिए । जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको टोलीले युवतीलाई उद्धार गरी उपचारका लागि कोसी अस्पताल पठाएको प्रहरी नायब उपरीक्षक वेद प्रकाश जोशीले जानकारी दिए ।

तीनै जना अभियुक्तलाई पक्राउ गरी जिल्ला अदालत विराटनगरबाट म्याद थप गर्दै थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यस्तो जघन्य घटनाले स्थानीय स्तरमा मात्र नभई देशव्यापी रूपमा पनि सुरक्षा र कानुनी कदमबारे गम्भीर बहस सुरु गराएको छ । पीडितलाई न्याय र दोषीलाई कडा कारबाही सुनिश्चित गर्न प्रहरी प्रशासनले आवश्यक कदम चाल्ने बताएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । नेपालगञ्ज उप-महानगरपालिका वडा नं. १० गणेशमान चोकस्थित नेपालगञ्ज भन्सार सडक खण्डमा सडक दुर्घटना न्यूनीकरण र सुरक्षित यात्रा प्रवर्द्धनका लागि संयुक्त लापसे परीक्षण गरिएको छ। जिल्ला प्रहरी कार्यालय बाँके, जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँके, लागूऔषध नियन्त्रण ब्युरो नेपालगञ्ज र लुम्बिनी प्रदेश प्रहरी अस्पताल नेपालगञ्जको सहकार्यमा गरिएको परीक्षणमा ४० वटा सवारीका चालक तथा सह-चालकलाई ड्रग […]

दाङ । घोराही उपमहानगरपालिका–१६ मघैस्थित प्रगतिशील टोल विकास संस्थाले गाउँमा रातको समयमा हुने अवाञ्छित गतिविधि नियन्त्रण तथा शान्ति–सुरक्षा कायम गर्न युवाहरूको सहभागितामा ‘मघै गाउँ सुरक्षा समिति’ गठन गरेको छ। टोल विकास संस्थाका अध्यक्ष मुनुलाल चौधरीको अध्यक्षता एवं नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव तथा घोराही बनाऔँ अभियानका संयोजक सविन प्रियासनको विशेष उपस्थितिमा सम्पन्न गाउँलेहरूको भेलाले सुरक्षा […]

काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायण दत्त पौडेलले मधेश प्रदेशस्थित सशस्त्र प्रहरी बल, नेपाल नं. २ छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरी लगायत मधेश प्रदेश अन्तर्गतका विभिन्न जिल्लाका सीमा नाकाहरूको अनुगमन गर्नुभएको छ।