०२ फाल्गुण २०८१, शुक्रबार
14-02-2025 , Fri
×

डिआईजी स्तरीय समन्वयात्मक बैठक सम्पन्न,

Logo
ABC (क्राईमबिट) प्रकाशित शुक्रबार, माघ ०४, २०८१

 

कपिलवस्तु । सशस्त्र प्रहरी बल नेपाल र भारतीय सशस्त्र सीमा बल बीच पाल्पा जिल्लाको तिनाहु -३ मा अवस्थित लुम्बिनी केवलकार बुटवल हिलमा माघ ४ गते डिआईजी स्तरीय छैठौँ समन्वयात्मक बैठक सम्पन्न भएको छ । नं. ५ बाहिनी मुख्यालय रुपन्देहीका बाहिनीपति सशस्त्र प्रहरी नायव महानिरीक्षक प्रदिप कुमार पाल र भारतीय समकक्षी सेक्टर हेडक्वाटर एसएसबी लखीमपुर खेरीका डिआईजी बी.विक्रमन तथा सेक्टर हेडक्वाटर गोरखपुरका डिआईजी मुन्ना सिंहको नेतृत्वमा समन्वयात्मक बैठक सम्पन्न भएको हो ।

बैठकमा नं. ५ बाहिनी मुख्यालय रुपन्देहीका सहायक बाहिनीपति सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक कमल प्रसाद तिउसीना लगायत बाहिनी मातहत गणका गणपति र भारतीय सशस्त्र सीमा बलका बटालियन कमाण्डेरहरुको समेत उपस्थिती रहेको थियो ।
बैठकमा सीमा क्षेत्रमा हुने अवैध क्रियाकलाप नियन्त्रण, समयमै सीमा स्तम्भहरुको मर्मत तथा सम्भार, दशगजा क्षेत्र अतिक्रमण गरी बनाईएका भौतिक संरचनाहरु संयुक्त प्रयासद्वारा हटाउने, दशगजा क्षेत्रको सरसफाई तथा सौन्दर्यकरण, सीमा अपराधहरु जस्तैः मानव तस्करी, अपहरण, नक्कली मुद्रा, हातहतियार, गोलिगठ्ठा, लागूऔषध तथा प्रतिबन्धित औषधी लगायत अवैध वन्यजन्तु तस्करीे नियन्त्रण, गैरकानुनी रुपमा प्रवेश गर्न खोज्ने तेस्रो देशका नागरिकहरुको नियन्त्रण तथा रोक लगाउने विषयमा छलफल भएको छ ।

त्यसैगरी सशस्त्र प्रहरी बल नेपाल र भारतीय सशस्त्र सीमा बलबीच संयुक्त अभियान अन्तर्गत दशगजा क्षेत्रमा संयुक्त गस्ती, हेल्प तथा हेल्थ डेस्क संचालन, खेलकुद तथा विविध अभ्यासहरुलाई समेत निरन्तरता दिईने छलफल गरिएको छ ।

बैठकमा बरिष्ठ उपरीक्षक तिउसीनाले स्वागत मन्तव्य राख्नुकासाथै नेपाल–भारत खुल्ला सीमा सम्बन्धी समस्या तथा चुनौतीहरु र त्यसका समाधानका विषयमा प्रस्तुतीकरण गर्नुहुँदै यस किसिमका नियमित बैठकहरुको संचालनले नेपाल भारत सीमासँग सम्बन्धित समस्याहरु तत्काल समाधान गर्न थप सहयोग पुर्याउने बताउनुभयो ।
यसअघि सशस्त्र प्रहरी बल नेपाल र भारतीय सशस्त्र सीमा बल बीच डिआईजी स्तरीय समन्वयात्मक बैठक भारतको उत्तर प्रदेशस्थित आईसिपी रुपैडियाको बहराईचमा सम्पन्न भएको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । उपत्यका प्रहरी कार्यालयका कार्यालय प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक टेक बहादुर तामाङद्वारा बिहिवार काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथको निरीक्षण तथा निर्देशन कार्यक्रम सम्पन्न भएको छ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयको मेस,व्यारेक, विभिन्न शाखाहरु, मेट्रो ट्राफिक एफ.एम.को कार्यालय परिसर तथा अन्य भैतिक पुर्वाधारको निरीक्षण पश्चात काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय तथा मातहतका ट्राफिक […]

नेसपा नयाँ शक्तिको मत गणना जारी अध्यक्ष पदमा भट्टराई र चापागाईंबीच प्रतिस्पर्धा काठमाडौं । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) को प्रथम महाधिवेशनमा खसेको मत गणना जारी छ माघ २९ गते राति मतगणना सकिएको थियो। बुधबारदेखि मतगणना सुरू भए पनि अहिलेसम्म सकिएको छैन। पहिले केन्द्रीय सदस्यहरू र त्यसपछि पदाधिकारीका लागि खसेको मतगणना गरिएको हो। अध्यक्ष पदमा […]

  काठमाडौं । प्रहरी स्रोतका अनुसार आईजीपी कुँवरले अवकाश अघि नै बिदामा बस्ने इच्छा देखाएका छन्। उनी सम्भव भए एक महिनाअघि नै बिदा बस्न चाहन्छन्। तर, उनले बिदा पाउने सम्भावना न्यून छ। यदि उनले बिदा लिन चाहेमा सरकारले एक महिनाअघि नै कामु आईजीपी चयन गर्नुपर्ने हुन्छ।प्रहरी नियमअनुसार आईजीपीकै ब्याचका अधिकारीलाई निमित्त दिएर आईजीपीलाई बिदामा पठाउने सम्भावना कम देखिन्छ। ५ चैतमा को बन्नेछन् नेपाल […]

error: Content is protected !!