०८ आश्विन २०८३, बिहिबार
24-09-2026 , Thu
×

नेपाली मिडिया जगत छापा र पत्रिकाहरू संकटको अवस्थामा डिजिटल मिडिया व्यापक विस्तार हुँदै,

Logo
पाण्डव शर्मा प्रकाशित आइतबार, माघ ०६, २०८१

 

दाङ । डिजिटल मिडिया व्यापक विस्तार भएकाे छ । तर, समाजले निरन्तर डिजिटल मिडियाकाे विश्वसनीयतामाथि प्रश्न उठाइरहेकाे छ ।

डिजिटल मिडियाको तीव्र विकासले आम नागरिकले क्षणभरमै संसारका खबरहरू सहजै पाउन सकेका छन् । सहज तरिकाले आफ्ना कुराहरू अभिव्यक्त गर्न पाएका छन् । तर, समाजको एक तप्का एकाध मिडिया र मिडियाकर्मीका कमजोरीहरूलाई उचालेर समग्र मिडिया जगतकै विरुद्धमा प्रहार गर्न उद्देलित भएकाे छ ।

मिडिया क्षेत्रमा परेकाे संकटले तत्कालका लागि सञ्चारकर्मीहरूलाई अफ्ठेराे परेकाे देखिए पनि यसकाे दूरगामी असर निकै घातक हुन्छ । मिडिया क्षेत्र कमजोर हुनु भनेकाे लाेकतन्त्र, मानवअधिकार, अभिव्यक्ति स्वतन्त्रता र समग्रमा नागरिककाे सुसुचित हुन पाउने अधिकार कुण्ठित हुनु हो ।

मिडिया क्षेत्रको प्रवर्द्धनका लागि राज्य, सञ्चारकर्मीहरू, नागरिक समाज र समग्र समाजले हातेमालो गर्दै अगाडि बढ्नुको विकल्प छैन ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

कैलाली । भारतीय गाडी समातेपछि भन्सार अधिकृतले सशस्त्र एसपीलाई थर्काए, नछाडे गृहमन्त्रीलाई फोन गर्ने चेतावनी भन्सार पास भएको भनिएको भारतीय गाडीलाई सशस्त्र प्रहरीले नियन्त्रणमा लिएपछि कञ्चनपुर भन्सार कार्यालयका अधिकृतले कैलालीका सशस्त्र प्रहरी प्रमुखलाई थर्काएका छन्। कञ्चनपुर भन्सार कार्यालय गड्डाचौकीका भन्सार अधिकृत चक्रदेव भट्टले फोन गरेर सशस्त्र प्रहरी बल नेपाल नम्बर ३४ गण कैलालीका प्रमुख एसपी […]

दाङ । घोराही प्राकृतिक विपत्तिको सम्भावित जोखिमलाई मध्यनजर गर्दै घोराही बनाऔँ अभियानले घोराही उपमहानगरपालिकाका नदी तथा खोलाको आसपासमा रहेका जोखिमयुक्त बस्तीमा पुगेर स्थानीयवासीलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। अभियानका संयोजक सविन प्रियासनको नेतृत्वमा गएको टोलीले विभिन्न जोखिमयुक्त टोल तथा बस्तीमा पुगेर स्थानीयवासीको अवस्था बुझ्नुका साथै सम्भावित विपत्तिबाट जोगिन आवश्यक सावधानी अपनाउन आग्रह गरेको हो। […]

बाँके । नेपालगन्जमा ६० रुपैयाँ भाडाको विषयलाई लिएर रिक्सावालाबीच हानाहान भएको छ। सामान्य भनाभनबाट सुरु भएको विवाद हात हालाहालसम्म पुगेको थियो। स्थानीयका अनुसार यस्ता साना विषयमा हुने विवादले सहरको छवि बिगारिरहेको गुनासो गरेका छन ।