३१ जेठ २०८३, आइतबार
14-06-2026 , Sun
×

उच्च अदालत तुल्सीपुरका कर्मचारीलाई भ्यानले ठक्कर दिदा दुई जना घाइते

Logo
प्रकाशित सोमबार, मंसिर २३, २०७६

महेन्द्र सिंह
दाङ मंसिर २२ दाङको तुल्सीपुरमा पिकअप भ्यानले मोटरसाईकलाई ठक्कर दिदा तुलसीपुरमा दुई जना युवा घाइते भएका छन् । घाइते हुनेहरुमा उच्च अदालत तुलसीपुरका एकान्टेन ३३ बर्षीय घनश्याम भुसाल र मुख्य न्यायधिसका चालक २८ बर्षीय राजेश चौधरी रहेका छन् । भुसाल तुलसीपुर उपमहानगरपालिका वडा नं. ४ निवासी हुन भने चौधरी तुलसीपुर १८ का बासिन्दा हुन ।
प्रहरीले दिएको जानकारी अनुसार घाइते दुबै जनालाई राप्ती प्रादेशिक अस्पतालको प्रारम्भीक उपचारपछि थप उपचारको लागि बाँकेको कोहलपुरस्थित मेडिकल कलेजमा रिफर गरिएको छ । भुसाल र चौधरी दुबैलाई अनुहार तथा सरिरमा चोट पटक लागेको भएपनि अवस्था गम्भीर नरहेको पनि प्रहरीले बताएको छ ।
ईलाका प्रहरी कार्यालय तुल्सीपुरका अनुसार मोटरसाईकलमा सवार भुसाल र चौधरी दुबै जना मदिरा सेवन गरेको अवस्थामा फेला परेका थिए ।
शनिवार बेलुका साढे ८ बजेतिर राप्ती राजमार्ग अन्तरगत तुलसीपुरको माताकुटी नजिकै उक्त दुर्घटना भएको थियो । राम्रीवाट तुलसीपुर आउँदै गरेको चौधरीले चलाएको रा ४ प ५९२४ नम्वरको मोटरसाईकललाई तुलसीपुरवाट कपुरकोट तर्फ जाँदै गरेको भे १ ज १८८४ नम्वरको पिकअप भ्यानले ठक्कर दिएको थियो । पिकअप र मोटरसाईलक दुबैलाई ईलाका प्रहरी तुल्सीपुरले नियन्त्रणमा लिएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

धनगढी । *घटना के भयो भन्ने बुझाइ:* डिभिजन वन कार्यालय धनगढीका कर्मचारीहरूले सडक छेउमा पसल गर्ने गरिब परिवारको टेम्पो सामान झार्ने समय नदिई जबरजस्ती भिरबाट खसालिदिए। अब त्यो परिवारको जीविकोपार्जन नै टुटेको छ र उनीहरू न्याय माग्दै छन्। *कानून के भन्छ?* 1. *सडक छेउमा व्यापार*: सरकारी जग्गा/सडक मिचेर व्यापार गरे रोक्न पाइन्छ। तर प्रक्रिया छ […]

एजेन्सी । भारतको असमको जोरहाटस्थित रौरिया इन्डियन एयरबेसमा शनिबार बिहान १० बजे अवतरणका क्रममा भारतीय वायुसेनाको एउटा विमान दुर्घटनाग्रस्त भएको छ। यस दुखद दुर्घटनामा पाइलटसहित ५ जना जवानको मृत्यु भएको छ भने एक जना को-पाइलट घाइते भएका छन्। ज्यान गुमाउनेहरूमा स्क्वाड्रन लिडर प्रशान्त सिंह, फ्लाइट लेफ्टिनेन्ट शुभम कुमार, सार्जेन्ट जितेन्द्र शर्मा, अग्निवीरवायु खेमाराम कुमावत र […]

काठमाडौँ । बितेका २४ घण्टामा दुई हजार ५९८ सवारी चालक सवारी नियम उल्लंघनको कारबाहीमा परेका छन् । यसबाट राज्यकोषमा रु १७ लाख ८६ हजार  ५०१ राजस्व दाखिला भएको छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मादक पदार्थ सेवन गरेका १९९, नियमविपरीत ‘राइड सेयरिङ’ गरेका १६७, संकेत बत्ती उल्लंघनकर्ता १२० र तीव्र गतिमा सवारीसाधन हुइँक्याएका […]

error: Content is protected !!