२३ बैशाख २०८३, बुधबार
06-05-2026 , Wed
×

नेपालमा बढ्यो सोयाबिन तेलको निर्यात,

Logo
ABC (क्राईमबिट) प्रकाशित सोमबार, माघ ०७, २०८१

बाँके । सोयाबिन तेल निर्यात दुई महिनामै साढे ५ गुणाले बढेपछि चालु आर्थिक वर्ष २०८१/८२ पहिलो ६ महिनामा निर्यात वृद्धि उत्साहजनक देखिएको छ ।

यो आव पहिलो चार महिना (कात्तिक मसान्त) सम्म नेपालबाट ३ अर्ब ४१ करोडको सोयाबिन तेल निर्यात भएको थियो । तर, मंसिर र पुसमा मात्रै निर्यात ५.५५ गुणाले बढेर १८ अर्ब ९१ करोड पुगेको छ।

भारतले गत सेप्टेम्बर १३ मा कच्चा तथा प्रशोधित खाने तेल आयातमा उच्च दरले भन्सार महसुल बढाएको थियो । भारतले कच्चा तेलको भन्सार २० प्रतिशतले बढाएर २७.५ प्रतिशत पुर्‍याएको थियो भने प्रशोधित तेलमा ३५.७५ प्रतिशत भन्सार लाग्ने बनाएको थियो ।

त्यसो भएपछि खासगरी दक्षिण-पूर्वी एसियाली देश मलेसिया, इन्डोनेसिया लगायतबाट पाम तथा सोयाबिन तेल आयात करिब बन्द भएको छ ।

नेपालमा ३० प्रतिशत मूल्य अभिवृद्धिसहित उत्पादन भएको औद्योगिक वस्तु भारत निर्यात गर्दा कुनै पनि भन्सार तिर्नुपर्दैन । यो सुविधाका कारण तेस्रो मुलुकबाट कच्चा तेल आयात गरी त्यसको प्रशोधनपछि भारत निर्यात हुन थालेको छ ।

भारतले अन्य देशलाई भन्सार दर नबढाउँदा थोरै मात्रामा खाने तेल निर्यात हुँदै आएकोमा त्यसपछि भने तीव्र बढेको हो ।

सोयाबिन मात्रै होइन, यस अवधिमा सूर्यमुखी तेल निर्यात पनि उच्च दरमा बढेको छ

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौँ। स्वदेशमै केही गर्ने चाहना बोकेर राजधानी छिरेका दाङ घोराहीका ३७ वर्षीय ध्रुव विशाल अन्ततः दुबई उड्ने तयारीमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका छन्। उनको अनुहारमा उत्साहभन्दा बढी थकान र निराशा झल्किन्छ। “फोहर उठाउनेदेखि होटलमा वेटरको कामसम्म गरें,” उनले सुनाए, “तर कामअनुसारको पारिश्रमिक पाइएन, तलब पनि समयमा आएन। परिश्रमको मूल्य नै पाइएन, त्यसैले विदेशिन लागेको हुँ।” […]

दाङ । अदालतबाट फैसला भइसकेपछि फरार रहेका प्रतिवादीहरूलाई पक्राउ गर्ने अभियानलाई तीव्र बनाउँदै प्रहरीले एक सातामा १२ जनालाई नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय दाङ तथा मातहतका इकाइबाट खटिएको टोलीले वैशाख १५ गतेदेखि २१ गतेसम्म सञ्चालन गरेको विशेष खोजतलास अभियानका क्रममा उनीहरूलाई पक्राउ गरिएको हो। प्रहरीका अनुसार विभिन्न मुद्दामा दोषी ठहर भई लामो समयदेखि फरार […]

दाङ । राप्ती गाउँपालिकामा क्रियाशील पत्रकारहरुकाे छाता संगठनको रूपमा रहेको राप्ती प्रेस मञ्चले राप्ती आधारभूत अस्पतालको सामुहिक रिपोर्टिङ गरेको छ । सो अस्पताल राप्ती गाउँपालिका – ५, सिसहनियाँ – कालापानीमा पर्दछ । अस्पतालको काउन्टरमा कार्यरत सिमा पुजाली र सविना मियाँ मिलेर केही दिनअघि आर्थिक ( रकम ) हिनामिना गरेको आरोप लगाएर अस्पताल प्रशासनले दुवै जनालाई […]

error: Content is protected !!