२३ बैशाख २०८३, बुधबार
06-05-2026 , Wed
×

मंगलबार तपाईंहरुको राशिफल

Logo
Abc Sanchar प्रकाशित मंगलबार, माघ ०८, २०८१

 

मेष :-आजको दिन यात्रा लाभदायक रहन सक्छ। पारिवारिक सुखद क्षणहरू बित्नेछन्। नयाँ अवसर प्राप्त हुने योग छ।चिताएका कार्यहरु पूर्ण हुदाँ मन प्रसन्न रहनेछ।

वृष :-आज अनावश्यक खर्च बढ्न सक्छ। निर्णयात्मक कुरामा सोचविचार गरेर मात्र निर्णय लिनुहोला। स्वास्थ्यप्रति ध्यान पुर्‍याउनुहोला।पारिवारीक साथ भने मिल्नेछ।

मिथुन राशि :-आर्थिक लाभको सम्भावना छ। सामाजिक कार्यमा सहभागिताले सम्मान बढ्नेछ। आत्मबल उच्च रहनेछ।विद्यार्थीका लागि विशेष दिन रहनेछ ।दिन उत्साह पूर्ण हुनेछ ।

कर्कट राशि :-पारिवारिक सम्बन्धमा केही तनाव आउन सक्छ। धैर्य र समझदारी अपनाउनुहोस्। व्यापारिक काममा सफलता मिल्नेछ।पठनपाठ भने राम्रो होला । आत्मविश्वास वढ्नेछ ।

सिंह राशि :-आत्मविश्वासले नयाँ अवसरको खोजी गर्न सहयोग पुर्‍याउनेछ। प्रतिष्ठा बढ्नेछ। आफन्तबाट सहयोग मिल्नेछ।अप्रत्याशित् धन लाभ होला ।कार्यक्षेत्रमा विवाद पर्न सक्छ सजग रहनुपर्ला ।

कन्या राशि :-पारिवारीक सद्भाव वढ्ला ।मिष्ठान्न भोजन प्राप्त होला ।तपाईंको योजना सफल हुनेछन्। व्यवसायिक क्षेत्रमा प्रगति हुनेछ। आर्थिक लाभको राम्रो योग छ।

तुला राशि -यात्रामा सजगता रहनुपर्नेछ ।मालसामान हराउन सक्छ ।आजको दिन मिश्रित रहनेछ। पारिवारिक मामिलामा सावधानी अपनाउनुहोस्। महत्वपूर्ण निर्णय लिनुअघि विचार पुर्‍याउनुहोला।

वृश्चिक राशि :-कृषि वा पशुपालनवाट लाभ मिल्नेछ ।सामाजिक मान प्रतिष्ठामा वृद्धि हुनेछ। घरपरिवारमा खुशीको माहोल सिर्जना हुनेछ। नयाँ ठाउँको यात्रा हुने सम्भावना छ।

धनु राशि :-बिशिष्ठ व्यक्तिको साथ प्राप्त हुनेछ ।ठेक्कापट्टा गर्नेका लागि विशेष लाभ मिल्ला ।अन्य आर्थिक क्षेत्रमा मन्दीको सम्भावना हुनेछ ।सोचेरमात्र खर्च गर्दा उचित् हुनेछ।

मकर राशि :-धर्मकर्ममा मन जाला ।पारिवारीक जमघटमा दिन जानेछ।महत्त्वपूर्ण कार्य सम्पन्न हुनेछ। मान सम्मानमा वृद्धि हुनेछ। पारिवारिक साथ र सहयोगले आत्मबल उच्च रहनेछ।

कुम्भ राशि आफन्त संग केही मतभेद रहन सक्छ ।बोल्दा ख्याल गर्नुहोला ।विद्यार्थीहरूको लागि राम्रो समय हुनेछ। आर्थिक पक्ष बलियो बन्नेछ। नयाँ जिम्मेवारीले समयको सदुपयोग हुनेछ।

मीन राशि :-कार्यक्षेत्रमा श्रमको उचित् मूल्याङ्कन होला ।व्यवसाय सोचेअनुरुप सफल हुनेछैन ।स्वास्थ्यप्रति ध्यान दिनुहोला। परिश्रमअनुसार लाभको सम्भावना छ। आफन्तसँग सहयोग र समर्थन पाउनुहुनेछ।

ज्यौतिषाचार्य तथा वास्तु विद् माधवा शर्मा ।सचिव – नेपाल ज्योतिष परिषद् लुम्विनी प्रदेश ।
मनकामना ज्योतिष तथा वास्तु परामर्श केन्द्र तुलसीपूर दाङ ।
9848060799

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौँ। स्वदेशमै केही गर्ने चाहना बोकेर राजधानी छिरेका दाङ घोराहीका ३७ वर्षीय ध्रुव विशाल अन्ततः दुबई उड्ने तयारीमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका छन्। उनको अनुहारमा उत्साहभन्दा बढी थकान र निराशा झल्किन्छ। “फोहर उठाउनेदेखि होटलमा वेटरको कामसम्म गरें,” उनले सुनाए, “तर कामअनुसारको पारिश्रमिक पाइएन, तलब पनि समयमा आएन। परिश्रमको मूल्य नै पाइएन, त्यसैले विदेशिन लागेको हुँ।” […]

दाङ । अदालतबाट फैसला भइसकेपछि फरार रहेका प्रतिवादीहरूलाई पक्राउ गर्ने अभियानलाई तीव्र बनाउँदै प्रहरीले एक सातामा १२ जनालाई नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय दाङ तथा मातहतका इकाइबाट खटिएको टोलीले वैशाख १५ गतेदेखि २१ गतेसम्म सञ्चालन गरेको विशेष खोजतलास अभियानका क्रममा उनीहरूलाई पक्राउ गरिएको हो। प्रहरीका अनुसार विभिन्न मुद्दामा दोषी ठहर भई लामो समयदेखि फरार […]

दाङ । राप्ती गाउँपालिकामा क्रियाशील पत्रकारहरुकाे छाता संगठनको रूपमा रहेको राप्ती प्रेस मञ्चले राप्ती आधारभूत अस्पतालको सामुहिक रिपोर्टिङ गरेको छ । सो अस्पताल राप्ती गाउँपालिका – ५, सिसहनियाँ – कालापानीमा पर्दछ । अस्पतालको काउन्टरमा कार्यरत सिमा पुजाली र सविना मियाँ मिलेर केही दिनअघि आर्थिक ( रकम ) हिनामिना गरेको आरोप लगाएर अस्पताल प्रशासनले दुवै जनालाई […]

error: Content is protected !!