२३ बैशाख २०८३, बुधबार
06-05-2026 , Wed
×

सशस्त्र प्रहरी बल,नेपालले २४ औँ सशस्त्र प्रहरी दिवस विभिन्न जिल्लाभरमा भब्य मनायो

Logo
ABC (क्राईमबिट) प्रकाशित बिहिबार, माघ १०, २०८१

 

काठमाडौं । सशस्त्र प्रहरी बल, नेपालले २४ औँ सशस्त्र प्रहरी दिवसको अवसरमा पूर्व नायव महानिरीक्षक (डीआईजी) नवराज विष्टलाई ‘एपीएफ लाइफ टाइम अचिभमेन्ट अवार्ड’ प्रदान गरेको छ। बुधबार सशस्त्र प्रहरी प्रधान कार्यालय, हल्चोकमा आयोजित विशेष समारोहमा गृहमन्त्री रमेश लेखक र सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले विष्टलाई अवार्ड प्रदान गरे।

कार्यक्रममा सशस्त्र प्रहरी बल नं ३ गढीमाई बाहिनी मुख्यालय मकवानपुरलाई यस वर्षको ‘उत्कृष्ट बाहिनी अवार्ड’ प्रदान गरिएको छ। बाहिनीपति डीआईजी गणेश बहादुर ठाडा मगरले उक्त अवार्ड ग्रहण गरे। ठाडा मगरको नेतृत्वमा यसअघि २०७८ सालमा नं २ छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरीले पनि उत्कृष्ट बाहिनीको उपाधि प्राप्त गरेको थियो।सो क्रममा गृहमन्त्री लेखकले सशस्त्र प्रहरी बलको योगदानको प्रशंसा गर्दै राष्ट्रिय सुरक्षादेखि आपत्कालीन उद्धारसम्मका कार्यमा यस संस्थाले खेलेको भूमिकालाई महत्त्वपूर्ण रहेको बताए।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौँ। स्वदेशमै केही गर्ने चाहना बोकेर राजधानी छिरेका दाङ घोराहीका ३७ वर्षीय ध्रुव विशाल अन्ततः दुबई उड्ने तयारीमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका छन्। उनको अनुहारमा उत्साहभन्दा बढी थकान र निराशा झल्किन्छ। “फोहर उठाउनेदेखि होटलमा वेटरको कामसम्म गरें,” उनले सुनाए, “तर कामअनुसारको पारिश्रमिक पाइएन, तलब पनि समयमा आएन। परिश्रमको मूल्य नै पाइएन, त्यसैले विदेशिन लागेको हुँ।” […]

दाङ । अदालतबाट फैसला भइसकेपछि फरार रहेका प्रतिवादीहरूलाई पक्राउ गर्ने अभियानलाई तीव्र बनाउँदै प्रहरीले एक सातामा १२ जनालाई नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय दाङ तथा मातहतका इकाइबाट खटिएको टोलीले वैशाख १५ गतेदेखि २१ गतेसम्म सञ्चालन गरेको विशेष खोजतलास अभियानका क्रममा उनीहरूलाई पक्राउ गरिएको हो। प्रहरीका अनुसार विभिन्न मुद्दामा दोषी ठहर भई लामो समयदेखि फरार […]

दाङ । राप्ती गाउँपालिकामा क्रियाशील पत्रकारहरुकाे छाता संगठनको रूपमा रहेको राप्ती प्रेस मञ्चले राप्ती आधारभूत अस्पतालको सामुहिक रिपोर्टिङ गरेको छ । सो अस्पताल राप्ती गाउँपालिका – ५, सिसहनियाँ – कालापानीमा पर्दछ । अस्पतालको काउन्टरमा कार्यरत सिमा पुजाली र सविना मियाँ मिलेर केही दिनअघि आर्थिक ( रकम ) हिनामिना गरेको आरोप लगाएर अस्पताल प्रशासनले दुवै जनालाई […]

error: Content is protected !!