२८ साउन २०८३, बिहिबार
13-08-2026 , Thu
×

घाम नलागेर तराईको जिल्लाहरुमा अझैसम्म बाक्लो हुस्सु र सितलहर जनजीवन प्रभावित

Logo
ABC (क्राईमबिट) प्रकाशित शुक्रबार, माघ ११, २०८१

 

बाँके । देशको पश्चिमी भूभागमा सक्रिय पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावले तराई-मधेसमा हुस्सु र कुहिरो लागेर जनजीवन प्रभावित भएको छ। गण्डकी, कर्णाली र सुदूरपश्चिमका पहाडी क्षेत्रमा आंशिक बदली भए पनि तराईका धेरै भूभाग हुस्सु र कुहिरोले ढाकिएका छन्।

मौसम पूर्वानुमान महाशाखाले शुक्रबार बिहान ६ बजे जारी गरेको बुलेटिनमा मधेस र कोसी प्रदेशका तराई क्षेत्रका जिल्लामा विगत केही दिनदेखि राम्ररी घाम नलागेको उल्लेख छ। यसले गर्दा दैनिक जीवन, स्वास्थ्य, कृषि, यातायात, र हवाई उडानमा समेत असर परिरहेको छ।

महाशाखाका अनुसार कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेकाले सतर्कता अपनाउन आग्रह गरिएको छ। तराईमा घना हुस्सु र कुहिरो लाग्ने सम्भावना रहेकाले स्थानीयबासीलाई सावधानी अपनाउन अनुरोध गरिएको छ।

हुस्सु र कुहिरोको कारणले सडक र हवाई यातायातमा अवरोध सिर्जना हुनुका साथै जनजीवन कठिन हुँदै गएको छ। दैनिक कामकाज, विद्यालय, अस्पतालमा आवतजावत, र कृषि कार्यमा समेत कुहिरोले प्रभाव पारेको छ। यस्तो अवस्थामा विशेष सावधानी अपनाउन र आवश्यक परामर्श लिन महाशाखाले आग्रह गरेको छ।

तराई-मधेसका जनतालाई यस्तो प्रतिकूल मौसमको प्रभावलाई न्यूनिकरण गर्न सबै क्षेत्रबाट आवश्यक तयारी गर्नुपर्ने आवश्यकता महशुस गरिएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । पहिले सूचना विभागले जारी गरेको पत्रकार परिचय पत्रका आधारमा सिंहदबार प्रवेश दिइने गरिएको थियो। तर बिहीबार परिचय पत्र देखाएरसमेत सिंहदबार प्रवेश दिइएको छैन। सिंहदबार छिर्नका लागि के काम जाने लागेको? कसलाई भेट्ने?लगायत विवरणहरू गेटमा लेखेपछि मात्र प्रवेश दिइएको छ। यसअघिका दिनहरूमा यस्तो हुने गरेको थिएन। परिचय पत्र देखाएमा कहाँ जाने भन्ने सोध्ने गरिएको […]

प्रश्न : घोराही नगर हाप्किडो संघको अध्यक्षको जिम्मेवारी पाउँदा कस्तो महसुस गर्नुभएको छ? बन्दना बस्नेत : यो जिम्मेवारी पाउँदा खुसीसँगै चुनौती पनि महसुस भएको छ। हाप्किडो खेलको विकास र खेलाडीको हितमा काम गर्ने अवसरका रूपमा मैले यसलाई लिएको छु। सबै प्रशिक्षक, खेलाडी, अभिभावक र सरोकारवालासँग सहकार्य गरेर संघलाई प्रभावकारी रूपमा अघि बढाउने मेरो प्रयास रहनेछ। […]

काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा नेपाल आइपुगेका छन्। उनी आज दिउँसो साढे १२ बजे काठमाडौं आइपुगेका हुन्। उनलाई स्वागत कांग्रेसका नेता कार्यकर्ताहरु त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पुगेका थिए ।  देउवा गत भदौ २४ गते जेनजी आन्दोलन क्रममा गम्भीर घाइते भएका थिए।