२३ बैशाख २०८३, बुधबार
06-05-2026 , Wed
×

१५ जिल्लाका एसपीहरूको कार्यकाल फागुनमा १ वर्ष पुग्ने शक्ति केन्द्र धाउदै

Logo
ABC (क्राईमबिट) प्रकाशित शुक्रबार, माघ ११, २०८१

काठमाडौं । नेपाल प्रहरी उपरीक्षक (एसपी)बाट वरिष्ठ उपरीक्षक (एसएसपी)मा बढुवा भएपछि बारा, सिन्धुपाल्चोक, इलाम र नुवाकोटका इञ्चार्ज पद खाली भएका छन्। बाराका महेन्द्र खड्का, सिन्धुपाल्चोकका सन्तोष खड्का, इलामका प्रभु ढकाल र नुवाकोटका शान्तिराज कोइरालाले बुधबार एसएसपीमा दर्ज्यानी चिह्न लगाएका हुन्।

यी जिल्ला कमाइका हिसाबले महत्त्वपूर्ण मानिन्छन्। नुवाकोट र सिन्धुपाल्चोकमा क्रसर उद्योग र तस्करी सक्रिय छन्। रसुवा नाकाबाट भित्रिने सामग्री नुवाकोट हुँदै काठमाडौं पुग्छ। सिन्धुपाल्चोकको तातोपानी नाका बन्द भए पनि चोरबाटोबाट तस्करी जारी छ।

बारा खुला सिमानाका कारण लागुऔषध तस्करीको केन्द्र मानिन्छ। इलाममा पशुपतिनगर भन्सारमार्फत चोरी निकासी हुने गरेको छ।

बुधबार मात्रै एसएसपीको दर्ज्यानी चिह्न लगाएका एसएसपीहरू एसपी हुँदा महत्त्वपूर्ण स्थानमा कार्यरत थिए। एसपी थापा अन्वेषण योजना तथा विकास निर्देशनालयमा, केसी गृह मन्त्रालयको इन्टेलिजेन्स शाखामा, जबरा सशस्त्र प्रहरी गण १ नम्बरमा, बोगटी सीआईबीमा, पंगेनी सम्पत्ति शुद्धीकरण विभागमा, र राठोर काठमाडौं उपत्यका विशेष सुरक्षा प्रहरी गणमा र अघिकारी परिसरमा कार्यरत थिए। यी स्थान खाली भएकाले त्यहॅा जान पनि थुप्रै एसपीहरू लागिपरेका छन्।

एसएसपीको पदस्थापन हुन बाँकी छ। प्रहरी प्रधान कार्यालयले एसपीहरूको सरुवा र एसएसपीको जिम्मेवारीसंगै  तोक्ने तयारी गरिरहेको छ।

अन्य १५ जिल्लाका एसपीहरूको कार्यकाल फागुनमा एक वर्ष पूरा हुने भएकाले त्यहाँ सरुवाको तयारी भइरहेको छ समेत प्रहरी प्रवक्त्ता दिनेशराज आचार्यले जानकारी दिनुभयो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौँ। स्वदेशमै केही गर्ने चाहना बोकेर राजधानी छिरेका दाङ घोराहीका ३७ वर्षीय ध्रुव विशाल अन्ततः दुबई उड्ने तयारीमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका छन्। उनको अनुहारमा उत्साहभन्दा बढी थकान र निराशा झल्किन्छ। “फोहर उठाउनेदेखि होटलमा वेटरको कामसम्म गरें,” उनले सुनाए, “तर कामअनुसारको पारिश्रमिक पाइएन, तलब पनि समयमा आएन। परिश्रमको मूल्य नै पाइएन, त्यसैले विदेशिन लागेको हुँ।” […]

दाङ । अदालतबाट फैसला भइसकेपछि फरार रहेका प्रतिवादीहरूलाई पक्राउ गर्ने अभियानलाई तीव्र बनाउँदै प्रहरीले एक सातामा १२ जनालाई नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय दाङ तथा मातहतका इकाइबाट खटिएको टोलीले वैशाख १५ गतेदेखि २१ गतेसम्म सञ्चालन गरेको विशेष खोजतलास अभियानका क्रममा उनीहरूलाई पक्राउ गरिएको हो। प्रहरीका अनुसार विभिन्न मुद्दामा दोषी ठहर भई लामो समयदेखि फरार […]

दाङ । राप्ती गाउँपालिकामा क्रियाशील पत्रकारहरुकाे छाता संगठनको रूपमा रहेको राप्ती प्रेस मञ्चले राप्ती आधारभूत अस्पतालको सामुहिक रिपोर्टिङ गरेको छ । सो अस्पताल राप्ती गाउँपालिका – ५, सिसहनियाँ – कालापानीमा पर्दछ । अस्पतालको काउन्टरमा कार्यरत सिमा पुजाली र सविना मियाँ मिलेर केही दिनअघि आर्थिक ( रकम ) हिनामिना गरेको आरोप लगाएर अस्पताल प्रशासनले दुवै जनालाई […]

error: Content is protected !!