१९ मंसिर २०८२, शुक्रबार
05-12-2025 , Fri
×

खशी माग्ने कोहलपुरका बिबादित डिएसपी शाहीको सुर्खेत गणमा सरुवा

Logo
प्रकाशित बिहिबार, मंसिर २६, २०७६

महेन्द्र सिंह
प्रहरीले प्रधान कार्यालयले इलाका प्रहरी कार्यालय कोहलपुरको इन्चार्जमा डीएसपी कुलदिप चन्दलाई पठाएको छ। प्रहरी प्रधान कार्यालय अन्तर्गत आइजीपी सचिवालयको उजुरी शाखामा कार्यरत चन्दलाई कोहलपुरको इन्चार्जका रुपमा काज सरुवा गरेको हो।
कोहलपुरमा कार्यरत रहेका डीएसपी हेमबहादुर शाहीको सुर्खेत गणमा काज सरुवा गरिएको छ। केहीदिन अघि कोहलपुरमा भएको घटनामा कमजोरी र पटक–पटक विवादमा आएपछि शाहीलाई जिल्ला प्रहरी कार्यालय बाँके तानिएको थियो।
बाँकेपछि उनलाई सुर्खेत गण पठाइएको हो। केहीदिनका लागि इलाका प्रहरी कार्यालय कोहलपुर पठाइएका शिववहादुर सिंहलाई जिप्रका बाँकेमै लगिएको छ।
प्रहरी नायब उपरीक्षक शाही नेतृत्वको टोलिले गत कात्तिक दोस्रो साता लोडेड अत्याधुनिक पेस्तोलसहित नेपाली काङ्ग्रेस निकट तरुण दलका नेपालगञ्ज नगर सभापति सन्दीपजङ्ग शाहलाई पक्राउ गरेको थियो ।
उनको साथबाट त्यतीबेला बा १८ च ४२११ नम्बरको मारुती सुजुकी कारको बायाँ तर्फको सिटमा फल्ट बटम बनाई लुकाईछिपाई राखेको अवस्थामा अटोमेटिक पेस्तोल एक थान र दुई राउन्ड गोली लोड गरिराखेको म्यागेजिन बरामद गरेको थियो ।
शाहलाई अहिले जिल्ला अदालत बाँकेले कारागार चलान गरिसकेको  छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । गुलरिया बसपार्कस्थित नजिक मुबारक अहमद कवडियाको पसलबाट भन्सार छली गरी ल्याइएको ३३ हजार ९ सय किलो मटर बरामद गरेर भन्सार कार्यालयमा बुझाइएको बाँके प्रहरीका निमित्त सूचना अधिकारी प्रहरी निरीक्षक रमेश विष्टले जानकारी दिए ।उनका अनुसार बरामद मटरको बजार मूल्य २० लाख ३४ हजार रुपैयाँ छ । मटर सँगै पसल सञ्चालकलाई पनि प्रहरीले भन्सारमा […]

काठमाडौं । भारत जोधपुरमा एक वकिलसँग अभद्र व्यवहार गर्दै ‘थुन्ने’ धम्की दिएको घटनाले भारतीय प्रहरी प्रशासनलाई ठूलो आलोचना र कारबाहीको घेरामा पुर्‍याएको छ। सोमबार राति कुडी भगतसनी प्रहरी चौकीमा घटेको यो घटनाको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेपछि उच्च अदालतले स्वतः संज्ञान लिँदै कडा निर्देश जारी गरेको हो। वकिल भरतसिंह राठौर एक बलात्कार प्रयासबाट बचेकी पीडिताको […]

काठमाडौँ । नेपाली काँग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (एमाले)का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । आज भएको भेटमा उहाँहरुबीच समसामयिक राजनीतिक विषयमा कुराकानी भएको उहाँको सचिवालयले जनाएको छ । भेटमा सभापति देउवा  धर्मपत्नी एवं काँग्रेस नेतृ डा आरजु राणा देउवा र अध्यक्ष ओली धर्मपत्नी राधिका शाक्य […]

error: Content is protected !!