०४ भाद्र २०८२, बुधबार
20-08-2025 , Wed
×

जिल्ला परिसर काठमाडौँका प्रमुख एसएसपी विश्व अधिकारीद्वारा प्रहरी वृत्त थानकोटको निरीक्षण,

Logo
ABC (क्राईमबिट) प्रकाशित बिहिबार, माघ २४, २०८१

काठमाडौं । निरीक्षण तथा निर्देशन सम्बोधनका क्रममा थानकोट तथा बलम्बु क्षेत्र उपत्यका बाहिरबाट राजधानी प्रवेश गर्ने मुख्य नाका भएको साथै यसै नाकाको प्रयोग गरी लागूऔषध, विष्फोटक पदार्थ, भन्सार तथा राजस्व छलीका मालसामानहरू निकासी-पैठारी लगायत अन्य अपराधिक गतिविधिहरूमा संलग्न ब्यक्तिहरू प्रवेश र काठमाडौँ उपत्यकाबाट बाहिर जान सक्ने समेत भएकोले विशेष सतर्कताका साथ प्रहरी काम कारवाही गर्न साथै सवारी आवागमनलाई व्यवस्थित गर्न निर्देशन दिनुभएको छ ।

राज्यको Visible प्रतिनिधिका रूपमा समुदायस्तरमा रहेका नेपाल प्रहरीका सदस्यहरूको प्रभावकारी उपस्थिति र कार्यसम्पादनले समाजमा सुरक्षाको प्रत्याभुति (Sense of Security) झल्किने भएकोले व्यावसायिक र कर्तव्यनिष्ठ भई Proactive Policing तर्फ उन्मुख भई प्रहरी काम-कारवाही गर्नको लागि निर्देशन दिनुभयो ।

प्रहरी कार्यालयहरु जनताकै सहजिकरणको लागि स्थापना भएकोले जनतासँग प्रस्तुत हुँदा सहजकर्ताको रुपमा प्रस्तुत हुनुपर्ने, प्रहरीले गर्ने हरेक कामकारवाही जनताको सर्वोपरी हितलाई आत्मसात गरि गरिनुपर्ने साथै प्रहरीसँग सम्पर्क तथा सम्वाद हुदाँ नम्रताका साथ प्रस्तुत हुने, प्रहरीको व्यवहारमा सदाशयता झल्कनु पर्ने तर आपराधिक प्रवृत्तिका मानिसहरूलाई कानूनको दायरामा ल्याई जनतालाई सुरक्षाको आभास दिलाउन समेत निर्देशन दिनुभयो ।

प्रहरीले कानून बमोजिम प्राप्त अधिकारहरूलाई कर्तव्य पालनाको दृष्टिकोणले मात्र प्रयोग गर्नुपर्ने तथा प्रहरी पोशाक र दर्जाको दुरूपयोग कदापी क्षम्य नहुने भएकोले प्रहरी कमाण्डरहरू आफु र आफु मातहतका गतिविधिहरूलाई सदैव सांगठनिक मर्यादा र व्यावसायिक निष्ठाका साथ कार्यसम्पादन गर्नुपर्ने बताउनु भयो ।

प्रहरी कर्मचारीहरुलाई सँगठनको छवि उच्च हुने गरी काम कार्वाही गर्नहुन; गलत गरेमा कारवाही हुने भन्दा पनि उत्कृष्ट कार्य गरेमा पुरस्कृत हुनेछु भन्ने सकरात्मक सोच राखी उच्च मनोवलका साथ काम गर्नहुन समेत निर्देशन दिनु भयो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । घोराही नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव सविन प्रियासनले हाम्रा चाडपर्वहरूलाई कम खर्चिलो बनाउनुपर्नेमा जोड दिनुभएको छ । नेपाल पत्रकार महासङ्घ दाङ शाखा महिला विभागले बुधबार घोराहीमा आयोजना गरेको तीज मिलन कार्यक्रममा बोल्दै प्रमुख अतिथि प्रियासनले चाडपर्वहरू रमाइलो र संस्कृतिको संरक्षणका लागि हो तर अनावश्यक खर्चालु प्रतिस्पर्धाले समाजमा नकारात्मक असर पार्ने बताउनुभयो । “आजभोलि […]

काठमाडौं । सङ्घीय संसद् सचिवालयलाई गराएको छ सभामुख देवराज घिमिरेलाई साउन ३० गते पत्र लेख्दै चौधरीले आफू नै संसदीय दलको नेता रहेको जानकारी गराएकी हुन् । चौधरीले यो पत्रको बोधार्थ निर्वाचन आयोगलाई पनि दिएकी छन् । पत्रमा दलको नेता रहेका गङ्गाराम चौधरीलाई पार्टी र दलको भूमिकामा नरहने गरी कारबाही गरिएको जानकारी गराइएको छ । श्रेष्ठले […]

काठमाडौं । भृकुटीमण्डप पुगेर नाडा अटो शोको अवलोकन गरेका हुन्। त्यसक्रममा प्रचण्ड उड्ने कारमा चडेका थिए। नेपालको सबैभन्दा ठूलो अटो प्रदर्शनी ‘नाडा अटो शो’मा २ करोड २० लाख रुपैयाँ पर्ने गाडीदेखि दुई सिटे ‘उड्ने कार’सम्म पर्दशनीमा राखिएको छ। नाडा अटो शोमा अध्यक्ष प्रचण्डलाई रोवर्टले स्वागत गरेको थियो।

error: Content is protected !!