०३ बैशाख २०८३, बिहिबार
16-04-2026 , Thu
×

जिल्ला परिसर काठमाडौँका प्रमुख एसएसपी विश्व अधिकारीद्वारा प्रहरी वृत्त थानकोटको निरीक्षण,

Logo
ABC (क्राईमबिट) प्रकाशित बिहिबार, माघ २४, २०८१

काठमाडौं । निरीक्षण तथा निर्देशन सम्बोधनका क्रममा थानकोट तथा बलम्बु क्षेत्र उपत्यका बाहिरबाट राजधानी प्रवेश गर्ने मुख्य नाका भएको साथै यसै नाकाको प्रयोग गरी लागूऔषध, विष्फोटक पदार्थ, भन्सार तथा राजस्व छलीका मालसामानहरू निकासी-पैठारी लगायत अन्य अपराधिक गतिविधिहरूमा संलग्न ब्यक्तिहरू प्रवेश र काठमाडौँ उपत्यकाबाट बाहिर जान सक्ने समेत भएकोले विशेष सतर्कताका साथ प्रहरी काम कारवाही गर्न साथै सवारी आवागमनलाई व्यवस्थित गर्न निर्देशन दिनुभएको छ ।

राज्यको Visible प्रतिनिधिका रूपमा समुदायस्तरमा रहेका नेपाल प्रहरीका सदस्यहरूको प्रभावकारी उपस्थिति र कार्यसम्पादनले समाजमा सुरक्षाको प्रत्याभुति (Sense of Security) झल्किने भएकोले व्यावसायिक र कर्तव्यनिष्ठ भई Proactive Policing तर्फ उन्मुख भई प्रहरी काम-कारवाही गर्नको लागि निर्देशन दिनुभयो ।

प्रहरी कार्यालयहरु जनताकै सहजिकरणको लागि स्थापना भएकोले जनतासँग प्रस्तुत हुँदा सहजकर्ताको रुपमा प्रस्तुत हुनुपर्ने, प्रहरीले गर्ने हरेक कामकारवाही जनताको सर्वोपरी हितलाई आत्मसात गरि गरिनुपर्ने साथै प्रहरीसँग सम्पर्क तथा सम्वाद हुदाँ नम्रताका साथ प्रस्तुत हुने, प्रहरीको व्यवहारमा सदाशयता झल्कनु पर्ने तर आपराधिक प्रवृत्तिका मानिसहरूलाई कानूनको दायरामा ल्याई जनतालाई सुरक्षाको आभास दिलाउन समेत निर्देशन दिनुभयो ।

प्रहरीले कानून बमोजिम प्राप्त अधिकारहरूलाई कर्तव्य पालनाको दृष्टिकोणले मात्र प्रयोग गर्नुपर्ने तथा प्रहरी पोशाक र दर्जाको दुरूपयोग कदापी क्षम्य नहुने भएकोले प्रहरी कमाण्डरहरू आफु र आफु मातहतका गतिविधिहरूलाई सदैव सांगठनिक मर्यादा र व्यावसायिक निष्ठाका साथ कार्यसम्पादन गर्नुपर्ने बताउनु भयो ।

प्रहरी कर्मचारीहरुलाई सँगठनको छवि उच्च हुने गरी काम कार्वाही गर्नहुन; गलत गरेमा कारवाही हुने भन्दा पनि उत्कृष्ट कार्य गरेमा पुरस्कृत हुनेछु भन्ने सकरात्मक सोच राखी उच्च मनोवलका साथ काम गर्नहुन समेत निर्देशन दिनु भयो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । गृहमन्त्री सुधन गुरुङले सशस्त्र प्रहरी बल नेपाललाई थप सक्षम, विश्वसनीय र अब्बल सुरक्षा निकायको रूपमा स्थापित गर्न सरकारले कुनै कसर बाँकी नराख्ने बताउनुभएको छ । राष्ट्रिय सशस्त्र प्रहरी बल नेपाल प्रशिक्षण प्रतिष्ठान मातातीर्थमा सञ्चालित ३० औँ सत्र सशस्त्र प्रहरी निरीक्षक आधारभूत तालिमको दीक्षान्त समारोहलाई सम्बोधन गर्दै गृहमन्त्री गुरुङले यस्तो बताउनुभएको हो । उहाँले […]

दाङ । देउखुरी – लमहीमा रहेको गोरखा मोडेल सेकेन्डरी स्कूलले आफ्नो शैक्षिक सत्र २०८२ का कतिपय महत्त्वपूर्ण उपलब्धिहरु सार्वजनिक गरेको छ । विद्यालयले सोमबार बिहान आफ्नै विद्यालयको सभाहलमा पत्रकार भेटघाट तथा अन्तरक्रिया कार्यक्रम मार्फत शैक्षिक तथा अतिरिक्त क्रियाकलाप तर्फका उपलब्धिहरु सार्वजनिक गरेको हो । विद्यालयका प्राचार्य लोकमान रिजालले विद्यालयले छोटो समयमै दाङको देउखुरी उपत्यकामा गुणस्तरीय […]

दाङ । नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव सविन प्रियासनले मुलुकको समृद्धिका लागि सञ्चारको बलियो सहभागिता हुनुपर्ने बताउनुभएको छ। थुर्पा अनलाइनले मङ्गलबार घोराहीमा आयोजना गरेको शुभकामना आदानप्रदान एवं क्यालेन्डर विमोचन कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि समेत रहनुभएका प्रियासनले संचार क्षेत्र सृजनशीलताको अगुवाई गर्ने बलियो माध्यम भएका कारण सञ्चारको सहभागिता बिना मुलुकको समृद्धि असम्भव र दीर्घकालीन हुन […]

error: Content is protected !!