०४ साउन २०८२, आइतबार
20-07-2025 , Sun
×

एआईजी टेक बहादुर तामाङद्वारा काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयको निरीक्षण निर्देशन,

Logo
ABC (क्राईमबिट) प्रकाशित बिहिबार, फाल्गुण ०१, २०८१

काठमाडौं । उपत्यका प्रहरी कार्यालयका कार्यालय प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक टेक बहादुर तामाङद्वारा बिहिवार काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथको निरीक्षण तथा निर्देशन कार्यक्रम सम्पन्न भएको छ ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयको मेस,व्यारेक, विभिन्न शाखाहरु, मेट्रो ट्राफिक एफ.एम.को कार्यालय परिसर तथा अन्य भैतिक पुर्वाधारको निरीक्षण पश्चात काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय तथा मातहतका ट्राफिक प्रहरी वृत्त, प्रभाग तथा बिटका प्रमुखहरु लगायतका ट्राफिक प्रहरी कमचारीहरुलाई निर्देशन दिनु हुँदै प्र.अ.म.नि. तामाङले ट्राफिक प्रहरीले डिउटी तथा सेवा प्रवाह गर्दा वोली, वचन र व्यवहारमा बढी गुनासो आउने गरेको वर्तमान अवस्थामा हरेक नागरिक सम्मानको भागिदार हुने हुदा “जिब्रोको गरिमा मिठो बोलिमा” व्यवहारमा अवलम्वन गर्न निर्देशन दिनुभयो । काठमाडौं उपत्यकामा खटिने ट्राफिक प्रहरी प्रति राष्ट्रिय तथा अन्तर्राष्ट्रिय निकायको समेत ध्यान पुग्ने हुदा मानव अधिकारको प्रत्याभूति दिलाउदै उपत्यकामा सेवा प्रवाह गर्ने अवसरको पूर्ण व्यवसायिक निष्ठाका साथ जिम्मेवारी निर्वाह गर्दै कानून प्रति वफादार रही निर्धक्क भएर उच्च मनोवलका साथ विवेकपूर्ण रुपले कार्यसम्पादन गर्न निर्देशन दिनुभयो ।

प्र.अ.म.नि. तामाङले काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले समयानुकुल प्रविधिको प्रयोग गरि ट्राफिक व्यवस्थापन गर्दै आईरहेको अबस्थामा दुर्घटना तथा ट्राफिक नियम उलङ्घन पश्चात समेत सि.सि.टि.भि. मनिटरिङ्को सहायताले सफल अनुसन्धान तथा कार्वाही गरिएको बताउदै आगामी दिनहरुमा थप समय सापेक्ष रुपले प्रविधिमैत्री भई विभिन्न तालुक निकायसँग समन्वय गरी उच्च मनोवलका साथ ट्राफिक प्रहरी जनशक्ति र प्रविधिको प्रयोग गरी पूर्ण व्यवसायिक तवरले ट्राफिक व्यवस्थापन गर्न निर्देशन दिनुभयो । साथै, आगामि दिनहरुमा समेत ट्राफिक व्यस्थापनमा थप व्यवस्थित बनाउन विभिन्न सरोकारवाला निकाय संग समन्वय गर्दै अगाडि बढ्ने लगायत सडक सचेतनाको कार्यक्रममा पनि तीव्रता दिने प्रतिवद्धता व्यक्त गर्नु भयो ।
कार्यक्रममा काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथका कार्यालय प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक विनोद घिमिर, काठमाडौं उपत्यका प्रहरी कार्यालयका कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारी, सिनियर प्रहरी अधिकृत, जुनियर प्रहरी अधिकृत तथा प्रहरी हवल्दार, जवानहरुको उपस्थिति रहेको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौँ । रोटरी क्लबद्वारा हरेक वर्ष प्रदान गरिने ‘मातृभूमि हिरो’ अवार्ड यस वर्ष नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक (एआईजी) दानबहादुर कार्कीलाई प्रदान गरिएको छ । रोटरी अफ मातृभूमि बालुवाटारद्वारा आयोजित आफ्नो स्थापनाको १० औं वार्षिकोत्सव समारोहमा कार्कीलाई रोटरी क्लबका डिस्ट्रीक गभर्नर विनोद कोइरालाले सम्मानपत्र र मालालगाई सम्मान गरेका छन् । उनलाई नेपाल प्रहरीमा रही समाजमा शान्ति […]

कलैया । बारा जिल्ला यातायात व्यवस्था कार्यालयमा हाल गम्भीर अनियमितता, दुरुपयोग, दलाली र परिवारवादको आरोप सार्वजनिक रूपमा उठिरहेका छन्। सार्वजनिक सेवा प्रदान गर्ने यो सरकारी निकाय ‘भ्रष्टाचारको अखडा’ बन्दै गएको स्थानीय स्रोतहरूले दाबी गरेका छन्। कार्यालय प्रमुख अनुपस्थित, निर्णय ‘भाइ’ मार्फत ? कार्यालय प्रमुख अविन्दर दास नियमित रूपमा कार्यालयमा नदेखिने र ‘स्वास्थ्य समस्या’ वा ‘अनुगमन’का […]

बाँके । गत साउनदेखि असार मसान्तसम्ममा बाँकेभर गरिएको कारबाहीमा ३ करोड २६ लाख ७ हजार ५ सय रुपैयाँ राजश्व संकलन गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी निरीक्षक पुष्कर पन्तले जानकारी दिए । ट्राफिक प्रमुख पन्तका अनुसार उक्त अवधिमा ट्राफिक नियम उल्लंघन गरेर चलाइएका ३७ हजार ४३५  सवारी साधनलाई कारबाही गरिएको हो ।  जस अन्तर्गत […]

error: Content is protected !!