२८ चैत्र २०८२, शनिबार
11-04-2026 , Sat
×

भारतको रुपैडियामा ६ करोडकोे चरेशसहित चार महिला पक्राउ

Logo
प्रकाशित आइतबार, मंसिर २९, २०७६

महेन्द्र सिंह
बाँके मंसिर २९ नेपालगञ्ज सीमावर्ती भारतीय बजार रुपईडिहामा ६ करोड बढि मूल्यको चरेस सहित ४ जना महिला पक्राउ परेकाछन् । नेपालगन्जबाट भारततर्फ लैजाँदै गरेको २० किलो ७ सय ९० ग्राम चरेशसहित उनीहरु पक्राउ परेको सीमावर्ती भारतीय एसएसबी आदर्श थाना रुपैडिहाले बताएकोछ ।
उसका अनुसार अर्घाखाँची सितगंगा नगरपालिका वडा नं. ९ की मान कुमारी घर्तीमगर, दाङको राप्ती गाउँपालिका वडा नं. ३ बस्ने उर्मीला बुढामगर, लालमटिया ८ बस्ने सीता घर्तीमगर र दाङ हसुलिया वडा नंं. ९ बस्ने लालकुमारी पक्राउ परेकी हुन् ।
बरामद चरेशको अन्तर्राष्ट्रिय मूल्य ६ करोड २३ लाख ७० हजार रहेको भारतीय प्रहरीले जनाएको छ । सशस्त्र सीमा बल (एसएसबी) र आदर्श थाना रुपईडिहाको संयुक्त टोलीले जाँचका क्रममा उनीहरुलाई पक्राउ गरिएको भारतीय प्रहरीको भनाई छ ।
पक्राउ परेकी महिलाहरुले सो चरेश दाङबाट भारतको देहरादुन लैजान लागेको र आफुहरु भरियामात्र भएको बयान दिएकी छन् । निरीक्षक मनिषकुमार पाण्डेको नेतृत्वको टोलीले पक्राउ गरेको उनीहरुलाई आवश्यक अनुसन्धानका लागि बहराईच जिल्ला कारागार चलान गरिएको। भारती प्रहरीलाई उद्दृत गर्दै बाँके प्रहरीले जानकारी दिएको छ !

कमेन्ट गर्नुहोस्
सम्बन्धित

पर्सा । नेपाल फोटो पत्रकार महासंघ, पर्सा कार्यसमितिले हालै केन्द्रीय सदस्यमा निर्वाचित भएका राहुल गुप्तालाई एक विशेष कार्यक्रमका बीच सम्मान गरेको छ। गुप्ता नेपाल पत्रकार महासंघ पर्साका कार्यसमिति सदस्यसमेत हुन्। हालै सम्पन्न निर्वाचनबाट महासंघको केन्द्रीय सदस्यमा निर्वाचित भएपछि पर्सा कार्यसमितिले उनलाई विशेष रूपमा सम्मान गर्दै उनको सफलताको कदर गरेको हो। कार्यक्रममा समितिका अध्यक्ष सफल खतिवडा, […]

दाङ । घोराही उपमहानगरपालिका वडा नम्वर ३ मा रहेको माध्यामिक विद्यालय झिंगनीको व्यवस्थापन समितिको अध्यक्ष छनौंट अन्तिम चरणमा पुगेको छ । यसको लागि अभिभावकहरुले सर्वसम्मतरुपमा भपुबहादुर टोमटा, शान्ता चौधरी, माघी चौधरी र मैतबहादुर चौधरीलाई सदस्यमा चयन गरेका छन् । अभिभावकहरुले छनौंट गरेका चार जना सदस्यले निर्वाचन मार्फत सीता आले र बसन्त अधिकारीलाई चयन गरेको र […]

काठमाडौँ । वैदेशिक रोजगार विभागले व्यक्तिगत श्रम स्वीकृतिको प्रक्रियामा म्यानपावर कम्पनी वा तिनका प्रतिनिधि संलग्न भएको पाइए कडा कारबाही गर्ने चेतावनी दिएको छ। विभागले एक सूचना जारी गर्दै व्यक्तिगत श्रम स्वीकृतिको नाममा इजाजतपत्र प्राप्त संस्थाहरूले कानुन विपरीतका गतिविधि गरिरहेको गुनासो आएपछि यस्तो निर्देशन दिएको हो। हाल वैदेशिक रोजगारीका लागि व्यक्तिगत र संस्थागत गरी दुई प्रक्रियाबाट […]

error: Content is protected !!