२७ मंसिर २०८२, शनिबार
13-12-2025 , Sat
×

भारतको रुपैडियामा ६ करोडकोे चरेशसहित चार महिला पक्राउ

Logo
प्रकाशित आइतबार, मंसिर २९, २०७६

महेन्द्र सिंह
बाँके मंसिर २९ नेपालगञ्ज सीमावर्ती भारतीय बजार रुपईडिहामा ६ करोड बढि मूल्यको चरेस सहित ४ जना महिला पक्राउ परेकाछन् । नेपालगन्जबाट भारततर्फ लैजाँदै गरेको २० किलो ७ सय ९० ग्राम चरेशसहित उनीहरु पक्राउ परेको सीमावर्ती भारतीय एसएसबी आदर्श थाना रुपैडिहाले बताएकोछ ।
उसका अनुसार अर्घाखाँची सितगंगा नगरपालिका वडा नं. ९ की मान कुमारी घर्तीमगर, दाङको राप्ती गाउँपालिका वडा नं. ३ बस्ने उर्मीला बुढामगर, लालमटिया ८ बस्ने सीता घर्तीमगर र दाङ हसुलिया वडा नंं. ९ बस्ने लालकुमारी पक्राउ परेकी हुन् ।
बरामद चरेशको अन्तर्राष्ट्रिय मूल्य ६ करोड २३ लाख ७० हजार रहेको भारतीय प्रहरीले जनाएको छ । सशस्त्र सीमा बल (एसएसबी) र आदर्श थाना रुपईडिहाको संयुक्त टोलीले जाँचका क्रममा उनीहरुलाई पक्राउ गरिएको भारतीय प्रहरीको भनाई छ ।
पक्राउ परेकी महिलाहरुले सो चरेश दाङबाट भारतको देहरादुन लैजान लागेको र आफुहरु भरियामात्र भएको बयान दिएकी छन् । निरीक्षक मनिषकुमार पाण्डेको नेतृत्वको टोलीले पक्राउ गरेको उनीहरुलाई आवश्यक अनुसन्धानका लागि बहराईच जिल्ला कारागार चलान गरिएको। भारती प्रहरीलाई उद्दृत गर्दै बाँके प्रहरीले जानकारी दिएको छ !

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । लमहीमा पेस्तोल पड्किदा एक जना घाइते भएका छन । यो आज बिहान पौने ११ बजेको घटना हो । घाइते हुनेमा लमहीको रातो डांडा स्थित रोयल प्यालेस होटलमा काम गर्ने १८ वर्षिय सिसम गौतम रहेको दाङका प्रहरी प्रवक्ता चक्र बहादुर शाहले जानकारी दिनु भएको छ । कोठा सफा गर्ने क्रममा एसिमाथी लुकाएर राखेको पेस्तोल […]

काठमाडौं । डम्बर विकले द’लित समुदायमा जन्मिएर विभे’द र बहि*ष्क’रणका कठि-नाइ पार गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदसम्म पुगेर इतिहास रचेका छन्। उनको संघ’र्षमय जीवन र सफलताले द’लित तथा सीमान्तकृ’त समुदायका लागि प्रेरणाको स्रोत बनेको छ र न्यायको पहुँचमा आशा जगाएको छ। विकको सफलताले वि’भेद र दल’नबीच पनि निरन्तर संघर्ष र मिहिनेतले शिखर चुम्न सकिन्छ […]

रुपन्देही । विगत केही वर्षदेखि बेलायतमा बसिरहेका २७ वर्षीय नारायण ढकाललाई गत कार्तिक २५ गते उनको परिवारले रूपन्देहीको तिलोत्तमा नगरपालिका–११ मृगौलीस्थित करुणा चौतारी फाउन्डेसनद्वारा सञ्चालित लागू औषध उपचार तथा पुन:स्थापना केन्द्रमा भर्ना गरेको थियो । तर, आइतबार उक्त केन्द्रले ढकालको मृत्यु भएको भन्दै परिवारलाई खबर गर्‍यो । केन्द्रका कर्मचारी र केन्द्रभित्र सुधारका लागि राखिएकाहरुको कुटपिटबाट […]

error: Content is protected !!