०१ आषाढ २०८३, सोमबार
15-06-2026 , Mon
×

जेष्ठ नागरिकहरुको लागि नि शुल्क अप्रेसन र उपचार घरमै हुने घोराही मेयर:चौधरी

Logo
प्रकाशित सोमबार, मंसिर ३०, २०७६

सागर थापा
दाङ मंसिर २९ घोराही इन्सेक दाङले शिक्षा, स्वास्थ्य, खाद्य र आबास अधिकारको सवालमा आईतबार घोराहीमा आयोजना गरेको कार्यक्रममा घोराही उपमहानगरपालिका मेयर नरुलाल चौधरीले जनताको जीवन स्तर परिबर्तन हुने गरी कामलाई अघि बढाएको उल्लेख गरे ।सबै वडाका बस्तीहरुमा सडक पु¥याएको भन्दै अब उत्पादनलाई बजार सँग जोड्ने योजनाहरु कार्यान्वयनमा ल्याउने बताए । शिक्षामा विद्यार्थी अनुपातमा शिक्षक दरबन्दी मिलान गरिएको, खाजा कार्यक्रम लागु गरेको, सामुदायिक विद्यालयमा शिक्षण सिकाई प्रभावकारी बनाएको जानकारी दिए ।त्यस्तै स्वास्थ्य तर्फ सबै वडामा स्वास्थ्य केन्द्रहरु स्थापना गरिएको, रामपुर र नारायणपुरमा डाक्टर सहितको सेवा सुरुवात गरेको, जेष्ठ नागरिकको घरमै उपचार, सुत्केरी, सिकलसेल एनिमियाका विरामीलाई निशुल्क रगतको व्यवस्था र निशुल्क मोतियाबिन्दुको अप्रेशन गर्ने कार्यक्रमहरु कार्यान्वयन ल्याएको उल्लेख गरे । यसैगरी, कृषिमा यान्त्रिकिकरण गर्दै व्यवसायीक खेतीमा कृषकलाई आकर्षण गरिएको, आबासमा सुरक्षित घर निर्माणका लागि भवन निर्माण संहिता लागु गरिएको नगर प्रमुख चौधरीले जानकारी दिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

कपिलवस्तु । महेन्द्र राजमार्गको कपिलवस्तु तौलिहवा सडक खण्ड*मा पर्ने एउटा ठाउँ अहिले TikTok/Instagram मा एकदमै भाइरल छ। स्थानीयले त्यसलाई “भाइरल पहाड” वा “Mini Sikkim” भन्छन्। *किन रमाइलो ठाउँ बन्यो?* *1. ठाउँ कुन हो?* कृष्णनगर – तौलिहवा सडकको बीचमा पर्ने *गोरुसिंह/चितवन क्षेत्र* नजिकको डाँडो। ठ्याक्कै पहाड होइन, तर सडकको दुवैतिर लहरै फैलिएका स-साना भिर र हरियाली […]

रुपन्देही । लुम्बिनी प्रदेश प्रहरी कार्यालयको आयोजना, प्रहरी महानिरीक्षक दानबहादुर कार्की ज्यूको प्रमुख आतिथ्यतामा लुम्बिनी सांस्कृतिक नगरपालिका-10, महिलावार स्थित लुम्बिनी विकास कोष परिसर। 2. *केको लागि*: 4 वटा गम्भीर सामाजिक मुद्दा – *आत्महत्या, लागु औषध दुव्र्यसन, दुर्व्यसन र सडक दुर्घटना न्यूनीकरण*। 3. *सहभागिता*: प्रहरी मात्र होइन, सुरक्षा निकाय, सरकारी कार्यालय, संघ-संस्था, विद्यार्थी, स्थानीय सबै गरी […]

काठमाडौं । नेपाल प्रहरी एउटा विशुद्ध व्यावसायिक, अनुशासित र राष्ट्रिय संस्था हो। यसको प्रमुख दायित्व देशभर शान्ति सुरक्षा कायम गर्नु, कानुनको शासनलाई सुदृढ बनाउनु तथा नागरिकलाई प्रभावकारी र विश्वसनीय सेवा प्रदान गर्नु हो। त्यसैले प्रहरी कर्मचारीको सरुवा तथा पदस्थापना संगठनको आवश्यकता, व्यावसायिकता र राष्ट्रिय हितलाई केन्द्रमा राखेर हुनु स्वाभाविक र अपरिहार्य विषय हो। यद्यपि, संघीय […]

error: Content is protected !!