२२ बैशाख २०८३, मंगलबार
05-05-2026 , Tue
×

अमेरिकी राष्ट्रपतिले ‘(ट्रम्प गोल्ड कार्ड) नामक नयाँ भिसा कार्यक्रम सुरु ५० लाख डलरको माग,

Logo
ABC (क्राईमबिट) प्रकाशित बुधबार, फाल्गुण १४, २०८१

काठमाडौं । अमेरिकी पद सम्हालेदेखि नै गरेका निर्णयका कारण विश्वभर चर्चामा रहेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अर्को नयाँ कार्यक्रमको घोषणा गरेका छन् । राष्ट्रपति ट्रम्पले ‘ट्रम्प गोल्ड कार्ड’ नामक नयाँ भिसा कार्यक्रम सुरु गरेका हुन् ।

अन्तर्राष्ट्रिय समाचार संस्था सीएनएनका अनुसार ट्रम्पले यो कार्यक्रम अन्तर्गत कार्ड खरिदका लागि ५० लाख अमेरिकी डलर अर्थात् ७० करोड नेपाली रुपैयाँमा खरिद गर्न सकिने जनाएका छन् ।

विश्वभरका धनी विदेशी नागरिकलाई अमेरिकाले यो गोल्ड कार्ड बिक्री गर्नेछ । यो भिसा पाएपछि उनीहरुको नागरिकता पाउने बाटो खुल्ने मात्र होइन, त्यहाँ बस्न र काम गर्न अनुमतिसमेत पाउनेछन् ।

‘हामी गोल्ड कार्ड बिक्री गर्दैछौं,’ ट्रम्पले ओभल अफिसबाट भने, ‘तपाईंहरूसँग ग्रिन कार्ड छ, तर यो गोल्ड कार्ड हुनेछ। हामी यसको मूल्य ५० लाख डलर तोक्नेछौं, जसले ग्रिन कार्डका विशेषाधिकारहरू प्रदान गर्नेछ र नागरिकता प्राप्त गर्ने बाटो खोल्नेछ। धनाढ्य व्यक्तिहरू यो कार्ड किनेपछि हाम्रो देशमा आउनेछन् ।’

ट्रम्पका अनुसार गोल्ड कार्ड बिक्री दुई हप्ताभित्र सुरु हुनेछ र लाखौं कार्ड बिक्री हुन सक्ने अनुमान गरिएको छ । यस्तै उनले यो कार्ड रुसी अर्बपतिहरुलाई पनि बिक्री गर्ने जनाएका छन् । एजेन्सी

कमेन्ट गर्नुहोस्
सम्बन्धित

कपिलवस्तु । ड्युटीमा खटिएका महिला प्रहरीलाई अश्लिल ढंगले गाली गलौज गरेको आरोपमा प्रहरीले कपिलवस्तुबाट दुई युवती र तीन युवकलाई पक्राउ गरेको छ। शिवराज नगरपालिका- ५ स्थित चन्द्रौटा कृष्णनगर सडक खण्डमा रहेको होटेल प्याराडाईको अगाडि रातको समयमा होहल्ला गरेर हिँडिरहेको अवस्थामा उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी निरीक्षक देवेन्द्र राज जोशीले जानकारी दिए। राति […]

बाँके । प्रहरीले सोमबार नेपालगंज उपमहानगरपालिका ४ का ३० बर्षीय अजय कुमाल र डुडुवा गाउँपालिका ४ का २६ बर्षीय अनिल खटिक पक्राउ गरेको हो । कुमालले अजय मगर नामको टिकटक आइडीबाट खटिकले अनिल सोनखर नामको टिकटक आइडीबाट हातमा खुकुरी समातेको भिडियो आफ्नो सामाजिक संजाल टिकटकमा पोष्ट गरेका थिए । जिल्ला प्रहरी प्रबक्ता डिएसपी दीपक पातलीले […]

बाँके । नेपालगञ्जस्थित नेपाल–भारत सीमानाको जमुनाहा नाकामा भारत सरकारले निर्माण गरेको अत्याधुनिक नेपाल–भारत मैत्रीद्वार निर्माण गरेको छ । यो द्वार अहिले निर्माणको अन्तिम चरणमा पुगेको र केही समयपछि यसको औपचारिक उदघाटन गरिने भारतीय अधिकारीहरुले जनाएका छन् । भारततर्फ भव्य र आधुनिक मैत्रीद्वारको निर्माण गरिएपछि नेपालतर्फ रहेको निकै पुरानो द्वारलाई पनि नयाँ तरिकाले बनाउनुपर्ने माग गरिएको […]

error: Content is protected !!