झापा । बुधबार दिउँसो करिब २:१५ बजे इलाका प्रहरी कार्यालय काँकडभिट्टाको एकतले ब्यारेकमा कार्यालय सहयोगी ३१ वर्षीय निरबहादुर विक झुण्डिएको अवस्थामा फेला परेका हुन्।
ओखलढुंगाको सुनकोसी गाउँपालिका–१० निवासी विकले पंखामा तन्नाको पासो लगाएर आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी खगेन्द्र खड्काले जानकारी दिए।
घटनाबारे मृतकका आफन्तलाई जानकारी गराइएको प्रहरीले जनाएको छ।
यसअघि, फागुन ४ गते जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी धनराज खतिवडाले ब्यारेकको छतमा झुण्डिएर आत्महत्या गरेका थिए।