काठमाडौँ । सशस्त्र प्रहरी बल, नेपालले २८ जना प्रहरी निरीक्षक माग गरेको छ । सशस्त्र प्रहरी बल प्रधान कार्यालय मानव श्रोत विभाग, भर्ना तथा छनोट शाखा हलचोकले शुक्रबार एक सूचना जारी गरी २८ जना प्रहरी निरीक्षकका लागि दरखास्त आह्वान गरेको हो ।
सशस्त्र प्रहरीको रिक्त रहेको साधारण समूह, कानुन उपसमूह र लेखा उपसमूहतर्फका पदमा खुला प्रतियोगिताद्वारा पदपूर्ति गर्न लागिएको सूचनामा उल्लेख छ ।
जसमा कानुन उपसमूहतर्फ सशस्त्र प्रहरी निरीक्षक ८ जना, लेखा उपसमूहतर्फ सशस्त्र प्रहरी निरीक्षक २८ जना माग गरिएको छ ।
योग्यता पुगेका इच्छुक व्यक्तिले फागुन १८ गतेदेखि चैत १९ गतेसम्म अनलाइन मार्फत दरखास्त दिन सक्ने छन् । अनलाइनमार्फत दरखास्त दिए पनि चैत २२ गतेसम्म भौतिक रुपमै उपस्थित भएर सक्कलै दरखास्त बुझाउनुपर्ने मानवस्रोत विभागले जनाएको छ ।