०७ कार्तिक २०८३, शुक्रबार
23-10-2026 , Fri
×

जनकपुरमा नक्कली बम’ आतंक जनताहरु आतंकित

Logo
प्रकाशित सोमबार, पुष ०७, २०७६

धनुषा पुस ७ जनकपुरमा विभिन्न चार स्थानमा शंकास्पद बस्तु फेला परेको दोस्राे हप्तामै नक्कली बम राखिएकाे छ ।
जनकपुरधाम उपमहानगरपालिका वडा नं. ४ नेपाल राष्ट्र बैंक र संघीय प्रहरी इकाई कार्यालय नजिकै रहेको शुक्रबारी बजार अगाडि फेला परेको शंकास्पद बस्तु नक्कली बम रहेको पुष्टि प्रहरीले गरेको छ ।
आइतबार राति १२ बजेदेखि नै देखा परेको नक्कली बमलाई धनुषाको महेन्द्रनगरस्थित नेपाली सेनाको टोलीले बिहान साढे ९ बजे डिस्पोज गरेका हुन् । जिल्ला प्रहरी धनुषाका प्रहरी नायब उपरीक्षक रामेश्वर कार्कीले दिएको जानकारीअनुसार तर्साउनलाई बम जस्तै तार झुण्ड्याइएकाे पुत्लाको डेन (टाउको) रहेको थियो ।
डिस्पोज गर्दा त्यसमा केही हाडका टुक्रा र त्यसमा तारहरु झुण्डिएको फेला परेको प्रहरी नायब उपरीक्षक कार्कीले बताउनुभयो । स्थानीय नागरिकलाई त्रास फैलाउन कुनै समूहले यस्तो कार्य गरेको हुन सक्ने बताउँदै उहाँले अनुसन्धान भइरहेको बताउनुभयो
शंकास्पद बस्तु रहेको ठाउँमा प्रहरी परिचालन गरी घेरा दिएर आउने जाने सर्वसाधारणलाई रोक लगाइएको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  बंगालको खाडीबाट विकसित हुने न्यूनचापीय प्रणालीको प्रभावले देशका धेरै स्थानमा वर्षा हुने भएको हो। हाल उपलब्ध विभिन्न मौसम पूर्वानुमान मोडेलले आगामी मंगलबारदेखि एक साताभन्दा बढी समयसम्म वर्षा हुन सक्ने संकेत देखाएको मौसमविद् विनोद पराजुलीले बताए। केही स्थानमा भारी वर्षासमेत हुन सक्ने सम्भावना रहेको उनको भनाइ छ। उनले चारवटा मौसम पूर्वानुमान मोडेलको औसत चित्र सार्वजनिक […]

  कैलाली । कञ्चनपुरको ब्रह्मदेवमा ड्युटीमा रहेका सशस्त्र प्रहरी हवल्दार शेरबहादुर पार्कीलाई स्थानीयले घेरा हालेर दुर्व्यवहार गरेको भिडियो सार्वजनिक भएको छ। भिडियोमा स्थानीयले “राम्रोसँग काम नगरे लास र सास रहँदैन” भन्दै धम्क्याएको र “मार यसलाई” भन्दै लाठी देखाएर लछारपछार गरेको देखिन्छ। घटना गत असोजको तेस्रो साता भएको खुलेको छ। घटनाबारे दुई जनाविरुद्ध जिल्ला प्रहरी कार्यालयमा […]

  तानसेन । करोडौं खर्च गरेर निर्माण गरिएको तानसेनको माथिल्लो डुम्रेदेखि तेल्घा गुफाचौर जाने सडक क्षतविक्षत बनेको छ। गत असोज ८, ९ र १० गते परेको अविरल वर्षाले उक्त सडक खण्डका विभिन्न स्थानमा क्षति पुगेको हो। करोडौं खर्च गरेर बनाएको सडक भत्किएपछि स्थानीय बासिन्दा जोखिम मोलेर यात्रा गर्न बाध्य भएका छन्। निर्माण सम्पन्न भएको एक […]