२७ मंसिर २०८२, शनिबार
13-12-2025 , Sat
×

जेठाजुले खुकुरी प्रहार गर्दा बुहारीको मृत्यु

Logo
प्रकाशित बिहिबार, पुष १०, २०७६

धनुषा पुस १० मिथिला नगरपालिका-३, बडहरीमा एक जनाले खुकुरी प्रहार गरेर भाइ-बुहारीकाे हत्या गरेका छन् ।
वैदेशिक रोजगारीमा रहेका भाइ मिश्रि पञ्जियारकी श्रीमती २८ वर्षीया रानीदेवी पञ्जियारलाई जेठाजु श्रीप्रसाद पञ्जियारले बुधबार खुकुरी प्रहार गरी हत्या गरेका हुन् ।
खुकुरी प्रहारबाट गम्भीर घाइते भएकी रानीको उपचारको क्रममा जनकपुरधामकाे प्रादेशिक अस्पतालमा मृत्यु भएको इलाका प्रहरी कार्यालय ढल्केबरका प्रमुख रामकुमार यादवले बताउनु भएको छ ।
घरेलु विवादका कारण श्रीप्रसादले रानीको टाउको पछाडि खुकुरी प्रहार गरेका थिए । खुकुरी प्रहारबाट उनको टाउकोमा ३ वटा घाउ देखिएको उपचारमा संलग्न चिकित्सकहरुले जनाएका छन्।
प्रमुख रामकुमार यादवले जनाए अनुसार मृत्युअघि जेठाजुले घरायसी विवाद हुँदा पछाडिबाट खुकुरी प्रहार गरेको रानीले बयान दिएकी थिइन् । प्रहरीका अनुसार घटनापछि फरार भएका पञ्जियारको खोजतलास जारी रहेको छ । प्रहरीले घटनास्थलबाट खुकुरी फेला पारेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । लमहीमा पेस्तोल पड्किदा एक जना घाइते भएका छन । यो आज बिहान पौने ११ बजेको घटना हो । घाइते हुनेमा लमहीको रातो डांडा स्थित रोयल प्यालेस होटलमा काम गर्ने १८ वर्षिय सिसम गौतम रहेको दाङका प्रहरी प्रवक्ता चक्र बहादुर शाहले जानकारी दिनु भएको छ । कोठा सफा गर्ने क्रममा एसिमाथी लुकाएर राखेको पेस्तोल […]

काठमाडौं । डम्बर विकले द’लित समुदायमा जन्मिएर विभे’द र बहि*ष्क’रणका कठि-नाइ पार गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदसम्म पुगेर इतिहास रचेका छन्। उनको संघ’र्षमय जीवन र सफलताले द’लित तथा सीमान्तकृ’त समुदायका लागि प्रेरणाको स्रोत बनेको छ र न्यायको पहुँचमा आशा जगाएको छ। विकको सफलताले वि’भेद र दल’नबीच पनि निरन्तर संघर्ष र मिहिनेतले शिखर चुम्न सकिन्छ […]

रुपन्देही । विगत केही वर्षदेखि बेलायतमा बसिरहेका २७ वर्षीय नारायण ढकाललाई गत कार्तिक २५ गते उनको परिवारले रूपन्देहीको तिलोत्तमा नगरपालिका–११ मृगौलीस्थित करुणा चौतारी फाउन्डेसनद्वारा सञ्चालित लागू औषध उपचार तथा पुन:स्थापना केन्द्रमा भर्ना गरेको थियो । तर, आइतबार उक्त केन्द्रले ढकालको मृत्यु भएको भन्दै परिवारलाई खबर गर्‍यो । केन्द्रका कर्मचारी र केन्द्रभित्र सुधारका लागि राखिएकाहरुको कुटपिटबाट […]

error: Content is protected !!