२७ साउन २०८३, बुधबार
12-08-2026 , Wed
×

जेठाजुले खुकुरी प्रहार गर्दा बुहारीको मृत्यु

Logo
प्रकाशित बिहिबार, पुष १०, २०७६

धनुषा पुस १० मिथिला नगरपालिका-३, बडहरीमा एक जनाले खुकुरी प्रहार गरेर भाइ-बुहारीकाे हत्या गरेका छन् ।
वैदेशिक रोजगारीमा रहेका भाइ मिश्रि पञ्जियारकी श्रीमती २८ वर्षीया रानीदेवी पञ्जियारलाई जेठाजु श्रीप्रसाद पञ्जियारले बुधबार खुकुरी प्रहार गरी हत्या गरेका हुन् ।
खुकुरी प्रहारबाट गम्भीर घाइते भएकी रानीको उपचारको क्रममा जनकपुरधामकाे प्रादेशिक अस्पतालमा मृत्यु भएको इलाका प्रहरी कार्यालय ढल्केबरका प्रमुख रामकुमार यादवले बताउनु भएको छ ।
घरेलु विवादका कारण श्रीप्रसादले रानीको टाउको पछाडि खुकुरी प्रहार गरेका थिए । खुकुरी प्रहारबाट उनको टाउकोमा ३ वटा घाउ देखिएको उपचारमा संलग्न चिकित्सकहरुले जनाएका छन्।
प्रमुख रामकुमार यादवले जनाए अनुसार मृत्युअघि जेठाजुले घरायसी विवाद हुँदा पछाडिबाट खुकुरी प्रहार गरेको रानीले बयान दिएकी थिइन् । प्रहरीका अनुसार घटनापछि फरार भएका पञ्जियारको खोजतलास जारी रहेको छ । प्रहरीले घटनास्थलबाट खुकुरी फेला पारेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । नगर प्रहरी स्थानीय तहको आवश्यकता हो। नगरको सरसफाइ, बजार व्यवस्थापन, सार्वजनिक सम्पत्तिको संरक्षण, अतिक्रमण नियन्त्रण तथा स्थानीय कानून कार्यान्वयनमा उसले महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्छ। तर स्थानीय तहको अधिकार विस्तार हुँदै जाँदा नगर प्रहरीलाई नेपाल प्रहरीकै समानान्तर संरचना बनाउने प्रवृत्ति भने गम्भीर प्रश्नको विषय बनेको छ। नगर प्रहरीका प्रमुखदेखि जवानसम्म नेपाल प्रहरीसँग मिल्दोजुल्दो […]

दाङ । नेपाल सम्भावनाले भरिएको मुलुक हो। प्राकृतिक स्रोत, उर्वर भूमि, जलस्रोत, वनजंगल, पर्यटन, श्रमशक्ति र विविधतापूर्ण संस्कृतिका कारण नेपालले आफ्नै स्रोत र साधनको सदुपयोग गरेर आर्थिक रूपमा बलियो बन्ने पर्याप्त आधार राख्छ। तर विडम्बना के छ भने हामीले उपलब्ध स्रोतको प्रभावकारी उपयोग गर्न नसक्दा दैनिक उपभोग्य वस्तुदेखि प्रविधि र श्रमसम्मका लागि बाह्य मुलुकमा निर्भर […]

बाँके । डुडुवा गाउँपालिकाको सहयोगमा प्रहरी चौकी खडैचाको लागि आवश्यक सामानहरू प्राप्त भएका छन्। प्राप्त सामानहरू स्टिल दराज – १ थान टेबुल पंखा – १ थान टेबुल – १ थान सिलिङ पंखा – १ थान मल्टिप्लग – १ थान कार्यालयको दैनिक कामकाजलाई व्यवस्थित र सहज बनाउन यति महत्वपूर्ण सहयोग उपलब्ध गराउनु भएकोमा डुडुवा गाउँपालिकाको कार्यालय […]