१८ बैशाख २०८३, शुक्रबार
01-05-2026 , Fri
×

कानुन भन्दा माथी कोही छैन कानुनको पालाना हामी सबैले गर्नुपर्छ: न्यायाधिवक्ता देवराज भारती

Logo
सागर थापा (क्राईमबिट) प्रकाशित आइतबार, जेठ ११, २०८२

बाँके । प्रणाली व्यापक अवधारणा हो । बौद्धिक जगत्देखि राजनीतिक तथा सामाजिक क्षेत्रमा प्रणालीको खुबै चर्चा हुनेगर्छ । हामीले शासन व्यवस्था र राजनीतिक व्यवस्थामा प्रणालीको विकास के कसरी गरिरहेका छौँ वा बनेका उत्कृष्ट प्रणालीलाई के कसरी विकास गरिरहेका छौँ (?) भन्ने सवाल उठ्छन् ।

प्रणाली भन्नाले विधि, व्यवस्था, तरिका, सिकाइ, संस्कृति, संस्कार, इतिहास, वर्तमान, भोगाइ, आनीबानी, कार्य प्रक्रिया आदिको समुच्च रूप हो । जसरी एउटा स्वस्थ्य शरीर प्रणाली हो भने शरीरका विभिन्न अङ्ग त्यसका सहायक प्रणाली हुन् । मुटु, दिमाग, रगत आदि शरीरको मूल प्रणालीका भाग र विषय हुँदाहुँदै पनि ती एकअर्कासँग अन्तरसम्बन्धित भएर जोडिएका हुन्छन् । पेट काटिदिने हो भने रगत सकिन्छ र मुटु तथा दिमागले पनि कार्य गर्न सक्दैन । त्यस्तै राज्य सञ्चालन पनि विभिन्न सहायक प्रणालीको जोडबल र सहकार्यबाटै सञ्चालित भएको हुन्छ ।

राज्य वा मुुलुक पनि एउटा सिङ्गो शरीर जस्तै प्रमुख प्रणाली हो । जहाँ भौतिक, जैविक र वैज्ञानिक प्रणालीको अतिरिक्त राजनीतिक प्रणाली, आर्थिक प्रणाली, सामाजिक प्रणाली, सांस्कृतिक प्रणाली आदि रहेका हुन्छन् । त्यस्ता प्रमुख प्रणालीभित्र पनि विभिन्न खालका सहायक (उप) प्रणालीहरू हुन्छन् । जसरी शरीरमा टाउको, हात, खुट्टा आदि हुन्छन् र टाउकोमा पनि आँखा, नाक, कान, मुख आदि हुन्छन् । हातमा पनि पाखुरा, आँैला, नसा, छालादेखि नङसम्म हुन्छन् । यसरी एकले अर्काको सञ्चालनमा सहयोगी, द्वन्द्वात्मक र अन्तरसम्बन्धित भूमिका खेलिरहेका हुन्छन् ।

त्यस्तैगरी राज्य सञ्चालनमा पनि प्रणालीमा उपप्रणालीहरूको ठूलो अन्तरसम्बन्ध हुन्छ । एउटा प्रणालीमा भएको खराबी अर्काेमा पर्ने र एउटामा भएको उत्कृष्टता र सकारात्मकता अर्काेमा पनि पर्ने हुन्छ । त्यसमा पनि सामाजिक प्रणाली, राजनीतिक प्रणाली, सांस्कृतिक प्रणाली र कानुनी प्रणालीको भूमिका बढी हुन्छ ।

सामाजिक प्रणाली र अन्तरसम्बन्ध
व्यक्ति–व्यक्ति मिलेर एउटा परिवार बन्ने गर्छ भने परिवार–परिवार मिलेर फेरि समाजको जन्म हुनपुग्छ । समाज महìवपूर्ण तìव (कम्पोनेन्ट) हो । राज्य, राष्ट्र वा मुलुकको समग्र प्रणालीमा त्यो देशको समाज र त्यहाँ भएको सामाजिक प्रणालीको चौतर्फी असर, प्रभाव र भूमिका हुन्छ । कुनै पनि व्यक्ति र व्यवस्था र विधिको मूल आधार सिङ्गो समाज हो । राज्यको कानुनी प्रणाली र सामाजिक प्रणालीको अन्तरसम्बन्ध हुन्छ । सामाजिक प्रणालीविरुद्ध कानुनी प्रणाली लागू गर्न कठिन हुन्छ । अर्काेतर्फ कानुनी प्रणाली र विधिले सामाजिक परिवर्तनमा पनि सहयोग गर्छ ।

नेपाली समाज, सामाजिक चिन्तन, विधि, व्यवस्था, तरिका, सोचाइ, भोगाइ, इतिहास, विकासक्रम आदि भन्दा अलग्गै खालको नीति समाजमा लागू गर्न खोजे मुस्किल हुन्छ । समाज विकास र आधुनिकताबाटै अघि बढेको भए पनि मुलुक र देशअनुसारका आफ्नै सामाजिक प्रणाली हुने भएका कारण राजनीतिक र आर्थिक परिवर्तनलाई समेत समाजले प्रभावित पार्दै आएको छ र पार्छ । राजनीतिक परिवर्तनले जति ठूला परिवर्तन गरिसक्दा पनि सामाजिक व्यवहार र मान्यता बदलिन नसक्नुको कारण पनि यही हो । त्यसैले प्रत्येक परिवर्तन र विकासमा समाजको सिर्जनात्मक, अर्थपूर्ण, सहयोगी र सकारात्मक भूमिका हुनुपर्छ । समाजले नै नपचाउने परिवर्तन मानिसको पेटले पचाउन नसकेको खानेकुरा जस्तै बन्न पुग्छ । जसबाट पखाला लाग्ने आदि भएजस्तै समाज सुहाउँदो, प्रणाली सुहाउँदो, र त्यो प्रणालीले पचाउने खालको कानुनी एवं राजनीतिक प्रणालीसहितको प्रबन्ध गर्दै अघि बढ्नुपर्ने देखिन्छ ।

राजनीतिक प्रणाली र समाज
राजनीतिलाई सबै दर्शन र नीतिको मूल दर्शन मानिन्छ । मूल नीति सफा भयो र त्यसले बाटो देखाउन सक्यो भने अन्य नीति वा प्रणालीमा प्रत्यक्ष सकारात्मक प्रभाव देखिने हो । विश्वको इतिहास हेर्ने हो भने सन् १२१५ मा बेलायतमा भएको राजनीतिक आन्दोलनले ‘म्याग्नाकार्टा’ नामको कानुन ल्यायो । त्यसले राजालाई पनि कानुनअनुसार मात्र चल्नुपर्ने बनायो । सन् १७७६ मा अमेरिकामा भएको स्वतन्त्रता आन्दोलन होस् वा सन् १७८९ मा फ्रान्समा भएको फ्रान्सेली क्रान्ति वा सन् १९१७ मा रुसमा भएको समाजवादी क्रान्ति होस् सबैले ती मुलुकहरूमा मात्र होइन विश्वमा नै राजनीतिक परिवर्तनको सन्देश प्रवाह गर्न सक्यो । यस अर्थमा राजनीतिक प्रणाली राज्य र मुलुकको आमूल परिवर्तन गर्न सक्ने प्रमुख हतियार र अस्त्र हो । नेपालमा पनि सन् २००७ को राजनीतिक क्रान्तिले गणतन्त्र र नयाँ संविधान ल्यायो । विभिन्न समयमा भएका त्यस्ता क्रान्तिहरूले राजनीतिक प्रणालीमा मात्र परिवर्तन ल्याएनन् कि मुलुकको सिङ्गो सामाजिक–कानुनी व्यवस्था, सोच, तरिका, मान्यता र समग्रमा त्यसले नागरिक चेतनामा नै बदलाव ल्याइदिएका छन् । त्यसो भएर राजनीतिक प्रणालीमा हुने परिवर्तनको माध्यमबाट देशको सामाजिक चिन्तन, संस्कार सबैमा प्रभाव र असर पर्न जान्छ । राजनीतिक प्रणाली भ्रष्ट भयो, अनैतिक भयो र जनविश्वास गम्यो भने सबै प्रणालीमा नकारात्मक असर पुग्छ ।
सांस्कृतिक प्रणाली र परिवर्तन
दार्शनिक कोहेनले संस्कृतिलाई खाली चेक (ब्ल्याङ्क चेक) भनेका छन् अर्थात् खाली चेकमा चेकको धनीले आवश्यकताअनुसारको अङ्क भर्न सक्ने भनेका थिए । संस्कृति भनेको मानिसले सिक्दै, गर्दै, भोग्दै आएका विधि, व्यवहार, तरिका, प्रक्रिया, प्रथा, लवाइ–खवाइ, खान–पान, मानवीय क्रियाकलाप आदिका व्यवहारको समग्र रूप नै हो । नेपाली समाजको कुरा गर्दा हामीले गरी आएका व्यवहार, तरिका, विधि सबै कुरा सांस्कृतिक प्रणालीभित्रका कुरा हुन् । संस्कृतिभित्र पनि राजनीतिक संस्कृति, आर्थिक संस्कृति, सामाजिक संस्कृति, भौगोलिक सांस्कृतिक आदिमा विभाजन गरी अध्ययन गर्न सक्दछौँ । यस्ता संस्कृतिमा पनि उप–संस्कृतिमा विभाजन गरी हेर्न सकिन्छ । भौगोलिक संस्कृतिमा पनि फलानो स्थानको संस्कृति वा फलानो जाति, पेसा, वर्ग आदिको संस्कृति भन्न सक्दछौँ । यस दृष्टिकोणले संस्कृतिका जति पनि कुराहरूबाट

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । तुल्सीपुर जिरी नगरपालिका वडा नम्बर १ दोलखा बस्ने बिजुली खड्काका छोरा वर्ष२६का शुरेश खड्का हाल रोमानिया मा काम गर्दै आएको खड्काले नेपालीहरूलाई आफुले काम गर्ने कम्पनीमा काम धेरै राम्रो छ काम लगाइ दिन्छु भनेर दाङ जिल्लाबाट कृष्ण बि.क रु 240000 बुदि सुनार रु 240000 एकजना महिला बाट रु 240000 जम्मा रु 720000 ठगी […]

काठमाडौं । नेपाल सरकारले वास्तविक सुकुम्वासीको पहिचान र सुरक्षित व्यवस्थापनपछि मात्र अतिक्रमित सार्वजनिक तथा सरकारी जग्गा खाली गर्ने स्पष्ट पारेको छ। सरकारले सुकुम्वासीहरूमा देखिएको त्रासप्रति सचेत रहँदै उनीहरूलाई ढुक्क हुन आग्रह गरेको हाे। वर्षायाम नजिकिँदै गर्दा बाढी तथा डुबानको उच्च जोखिममा रहेका बागमती तथा सहायक नदी किनारका बस्तीलाई लक्षित गरी वैशाख १२ गतेदेखि विशेष अभियान […]

काठमाडौं । देशको सुरक्षा संरचनामा महत्वपूर्ण भूमिका खेल्दै आएको सशस्त्र प्रहरी बल नेपाल (एपीएफ) यतिबेला ऐतिहासिक मोडमा पुगेको छ। चार वर्षे कार्यकाल पूरा गर्दै सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल अनिवार्य अवकाशमा जाँदैछन् भने उनको स्थानमा नारायणदत्त पौडेल ले कमाण्ड सम्हाल्दैछन्। यो परिवर्तन केवल औपचारिक बिदाइ र नियुक्तिमा सीमित नभई संगठनको भावी रणनीति, सुरक्षा चुनौती र […]

error: Content is protected !!