११ आषाढ २०८३, बिहिबार
25-06-2026 , Thu
×

नेपाल प्रहरीका डिआइजी श्रेष्ठ ३ बर्ष सम्म कोमामा अबकास पाउदै

Logo
प्रकाशित मंगलबार, पुष १५, २०७६

सागर थापा (क्राईमबिट)
काठमाडौँ पुस १५ नेपाल प्रहरीका डिआइजी राजेन्द्रमान श्रेष्ठ तीन वर्ष यता कोमामा छन् । १५ साउन २०७३ मा ब्याडमिन्टर खेल्दा खेल्दै ढलेर बेहोस भएका उनको मस्तिष्क निष्कृय भयो । शरीरको सबै अङ्ग भने चलेको छ ।
श्रेष्ठ प्रहरी सेवामा प्रवेश गरे देखि नै होनहार अधिकृतका रुपमा चिनिन्थे । उनी जहाँ जहाँ खटिए त्यहाँ खुबी देखाएर बिदा भए । तर, एसएसपी भई पूर्व क्षेत्रमा खटिंदा उत्कृष्ट कार्य गर्दा गर्दै को’मा अवस्थामा काठमाडौं ल्याइए ।
आइजीपी सर्वेन्द्र खनालका ब्याची श्रेष्ठ एसएसपीमा बढुवा हुँदा रमेश खरेल, सर्वेन्द्र खनाल पछि तेस्रो नम्बरमा थिए । को’मामा पुगेपछि उनको एक नम्बरको डिआइजी बन्ने दौड रोकिएको थियो । खरेल र खनालबीचको दौडमा खनालले बाजी मारे ।
खरेलले राजीनामा दिएर आइजीपीको दौड छाडे । आइजीपीको दौडमा सर्वेन्द्र खनाल र कुनैबेला चौंथो नम्बरमा रहेका एसएसपी पुष्कर कार्की देखिए । बाजी खनालले नै मारे ।
श्रेष्ठ को’मामा पुगेबाट आइजीपी बन्ने सम्भावनामा पूर्णविराम लाग्यो । उनी स्वस्थ भएको भए आइजीपी या एआइजी निश्चित रुपमा हुन्थे । को’मामा पुगेपछि उनी केही समय एसएसपी नै रहे ।
श्रेष्ठबारे चासो बढेपछि उनलाई नेपाल सरकारले विशेष पद सृजना गरी ५ भदौ २०७४ मा बढुवा सिफारिश गरिए । उनको बढुवाका लागि वर्तमान आइजीपी खनालले विशेष पहल गरेका थिए । गृह मन्त्रालयले नियमावली संशोधन गरेर भएपनि विशेष परिस्थिति भन्दै मन्त्रिपरिषदले बढुवा गरेको थियो ।
आइजीपी खनालका ब्याची श्रेष्ठ को’मामा हुँदै २९ माघ २०७६ मा सेवानिवृत्त हुँदैछन् । को’मामा रहेकाले उनले डिआइजीमा बढुवा भएको जानकारी पाएनन् । सेवानिवृत्त भएको जानकारी पाउन उनी को’माबाट उठ्नुपर्ने हुन्छ । त्यसैले श्रेष्ठ को’मामै सेवानिवृत्त हुने देखिदैछ ।
श्रेष्ठको उपचार प्रहरी अस्पतालमा भइरहेको छ । तीन वर्षयता को’मामा रहेपनि उनको परिवारले उठ्ने आशा राखेकै छ । को’मामा पुग्नु अघि डिआइजी राजेन्द्रमान श्रेष्ठ खेलप्रेमी थिए । नियमित पाँच किलोमिटर दौडन्थे ।
पाँच किलोमिटर नदौडिई चित्त बुझ्दैन भन्थे । नियमित ब्याडमिन्टन खेल्ने श्रेष्ठको स्थायी घर बाँके हो । २०४६ सालमा प्रहरी निरीक्षकबाट सेवारम्भ गरेका उनी कहिले विवादमा परेनन् । विदेशमा समेत देशको प्रतिनिधित्व गरेर पुग्दा अब्बल अधिकृतको परिचय बनाए !

कमेन्ट गर्नुहोस्
सम्बन्धित

कपिलवस्तु । भाइरल पहाडको छेउमा, पुल तल सुन्दर रमणीय झरना नुहाउने ठाउँ भनेर वर्णनले नै मन तानिसक्यो। भालुवाङ जाँदा दाङ र कपिलवस्तुमा रहेकोे त्यो भाइरल पहाड सबैले फोटो खिच्छन्, तर पुल तल यस्तो झरना छ भनेर धेरैलाई थाहै हुँदैन। सजिलो पहुँच सडक खण्डको पुलमुनि नै छ, धेरै हिँड्न पर्दैन प्राकृतिक स्विमिङ पुल चट्टानले घेरिएको कुण्डमा […]

कपिलवस्तु । जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जेठ महिनामा सम्पन्न भएका प्रहरी गतिविधि तथा शान्ति सुरक्षा अवस्थाबारे प्रेसमिटमार्फत जानकारी सार्वजनिक गरेको छ।प्रहरी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा प्रहरी प्रवक्ता डीएसपी रिपेन्द्रकुमार सिंह ले जिल्लामा अपराध नियन्त्रण, लागूऔषध विरुद्धको अभियान, फरार प्रतिवादी पक्राउ, ट्राफिक कारबाही तथा विभिन्न सुरक्षा गतिविधिबारे जानकारी गराउनुभयो।

काठमाडौं । नेकपा एमालेकी सांसद साजिदा सिदिकीले उठाएको मुद्दा एकदमै सान्दर्भिक छ। युट्युब, टिकटक, फेसबुक रिल्स बनाएर “भ्यूस” बटुली घर चलाउने हजारौं युवा/महिला छन् नेपालमा। उनीहरूलाई “भिखारी”,समाज बिगार्ने” भनेर गाली गर्ने, दुर्व्यवहार गर्ने सोच साँच्चै अपराधी सोच हो। डिजिटल दुर्व्यवहार बढ्दो छ कमेन्टमा गाली, थ्रेट, डक्सिङ, महिलालाई चरित्र हत्या गर्ने प्रवृत्ति धेरै छ। यो “अभिव्यक्ति” […]

error: Content is protected !!