०२ साउन २०८३, शनिबार
18-07-2026 , Sat
×

दाङको राप्ती गाउँपालिकाको स्यानीघोषमा सञ्चालनमा नआउदै मगर होमस्टेको उद्घाटन

Logo
प्रकाशित मंगलबार, पुष १५, २०७६

ओमप्रकाश गुप्ता
सिसहनियाँ १५ पुस दाङ देउखुरीको सुगम ठाउँको दुर्गम गाउँ राप्ती गाउँपालिका २ स्यानीघोषमा मगर होमस्टे सञ्चालनमा नअाउँदै उद्घाटन गरिएको छ । राप्ती गाउँपालिकाको २ नम्बर वडा कार्यालयले आइतबार एक कार्यक्रमको आयोजना गरेर होमस्टेको उद्घाटन गरेको छ । कुल २४ घरधुर रहेको सो गाउँ मगरबस्ती हो । कार्यक्रम स्थलमा एउटा बनकसले छाएको छानोको घरमा मगर होमस्टेको बोर्ड राखिएको छ तर भित्र कोठा पुरै खाली छ । वरिपरि हेर्दा न शाैचालय छ नत खानेपानी नै समस्या समस्यामै दिन रात बिताइरहेका ति बस्तीका बासिन्दा, गाउँका अगुवा र टोल विकास समितिका अध्यक्ष कसैलाई पनि थाहा छैन कति वटा घरमा होमस्टे सञ्चालन हुँदै छ र कति बजेट हो भन्ने कुरा। यस विषयमा वडा अध्यक्ष जगतबहादुर थापा सँग जिज्ञासा राख्दा होमस्टे सञ्चालनको प्रक्रियामा रहेको बताउदै अावासीय हुन नसके पनि दिवाकालिन रूपमा सञ्चालनमा अाएको बताए । उनले खानेपानी र शाैचालय निमार्ण हुना साथ अावासीय हुने बताएका छन् । वडा अध्यक्ष जगतबहादुर थापाको अध्यक्षता एवम् प्रदेश नम्बर ५ का प्रदेश सभा सदस्य इन्द्रजित चाैधरीको प्रमुख अातिथ्यतामा भएको होमस्टे उद्घाटन कार्यक्रममा राप्ती गाउँपालिकाका अध्यक्ष नुमानन्द सुवेदी ,उपाध्यक्ष जगदम्बाकुमारी चाैधरी,प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद शर्मा , नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का धर्मराज अधिकारी,नेपाली कांग्रेसका राप्ती गाउँपालिका सभापति दुर्योधन पाण्डे , राजमोका रमेशमान गुरूङ, भालुवाङ होटल व्यवसायी समितिका अध्यक्ष महेश बेल्वासे, वन महासंघ राप्ती गाउँपालिका अध्यक्ष हरि भुसाल राप्ती उद्योग वाणिज्य संघ भालुवाङका अध्यक्ष जगतप्रसाद पोख्रेल राप्ती गाउँपालिकाका प्रवक्ता तथा ७ नम्बर वडा अध्यक्ष विद्याशरण चाैधरी, साविक लालमटिया गाविसका पुर्व अध्यक्ष दोर्ण भुसाल र पत्रकार अोमप्रकाश गुप्ता लगायतका वक्ताहरूले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । वडा सदस्य पिमा गाहा मगरको स्वागत मन्तव्यबाट सुरू भएको कार्यक्रमको सञ्चालन वडा सचिव दामोदर पोख्रेलले गरेका थिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । बारम्बार वा एक्कासि छाती दुख्नुको कारण सामान्यदेखि गम्भीर स्वास्थ्य समस्याको कारणले हुनसक्छ । त्यसैले छातीमा कुनै प्रकृतिको दुखाइ छ भने बेवास्ता गरेर बस्नुहुँदैन । कतिपयले छातीको दुखाइ हुने बित्तिकै मुटुरोग वा हृदयघात हुन लागेको सोच्छन् । हृदयघात बाहेक अन्य रोगहरू जस्तै फोक्सो, पेट, मांसपेशीको समस्या वा मुटुको वरिपरिको तहमा समस्या हुँदा पनि छाती […]

दाङ । चर्चित नायिका मिरुना मगरको जन्मदिनको अवसर पारेर दाङको घोराही उपमहानगरपालिका–१३ स्थित बादी बस्तीका बालबालिकालाई शैक्षिक सामग्री, जुस तथा बिस्कुट वितरण गरिएको छ। पहल थिएटर दाङ र घोराही बनाउँ अभियानको आयोजनामा तथा नेपाल चलचित्रकर्मी महासङ्घ कोशी प्रदेशको संयोजनमा दुर्गा भवानी टोलसहित सोही क्षेत्रका अन्य तीन टोलका करिब १५० जना बालबालिकालाई कापी, कलम, पेन्सिल, इरेजर, […]

दाङ । भालुवाङ प्रमुख अतिथि सशस्त्र प्रहरी बल, नेपाल नं. ५ बिन्ध्यावासिनी वाहिनी मुख्यालय, रुपन्देहीका वाहिनीपति सशस्त्र प्रहरी नायव महानिरीक्षक डिआईजी दिपक अधिकारीको प्रमुख अथितीमा सम्पन्न भएको सो समारोहमा औपचारिक कार्यक्रम ध्वजारोहण, सलामी,शुभकामना मन्तव्य संदेश दिदै उत्कृष्ट कार्यसम्पादन गर्ने गणका अधिकृत तथा जवानलाई प्रशंसा पत्र र पुरस्कार स्थानीय समुदायसँगको सहकार्य, रक्तदान, सरसफाइ डिआईजी अधिकारीबाट सीमा […]

error: Content is protected !!