०५ साउन २०८३, मंगलबार
21-07-2026 , Tue
×

सशस्त्र प्रहरीका ६ डिआईजीहरु दरबन्दी खाली

Logo
प्रकाशित बिहिबार, पुष १७, २०७६

काठमाडौं पुस १७ सशस्त्र प्रहरी बलमा भावी नेतृत्वका लागि दाबेदार मानिएका दुई जना प्रहरी नायब महानिरीक्षक (डीआईजी) ले अवकाश पाएका छन् ।
सेवा अवधि सकिन ५ वर्ष बाँकी रहँदै बुधबारबाट डीआईजी सुरजकुमार श्रेष्ठ र बाबुराम पाण्डेले अवकाश पाएका हुन् । श्रेष्ठ सशस्त्र प्रहरीमा अब्बल अधिकृतको रुपमा चिनिन्थे ।
डीआईजीको ५ वर्षे पदावधि सकिएपछि श्रेष्ठ र पाण्डेसँगै अरविन्द धितालले पनि अवकाश पाएका छन् । उनीहरु सबै २०५१ मा नेपाल प्रहरीमा भर्ना भएका थिए ।
सशस्त्र प्रहरीले दरबन्दी थप गर्न गृह मन्त्रालयसँग पटकपटक माग गर्दै आएको थियो । तर, प्रस्ताव अस्वीकृत भएपछि २५ वर्षमै उच्च अधिकृतहरु घर गएका हुन् ।
सीमा सुरक्षाको विषयलाई लिएर बहस भइरहेका वेला सशस्त्रले सीमा सुरक्षा विभागमा एआईजीको दरबन्दी राख्न माग गरेको थियो । डेढ वर्षअघि पनि विभागमा एआईजीकै दरबन्दी थियो । तर, सरकारले एआईजीको संख्या घटाउने निर्णय गरेसँगै यो इकाइलाई कार्यविभागमा गाभेर सीमा निर्देशनालय बनाइएको थियो भने डीआईजीलाई कमाण्ड दिइएको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । कीर्तिपुर नगरपालिका-१ ट्याङ्ला फाँटमा बा ५ च ३०३८ नम्बरको गाडी आगलागी भएको थियो । उक्त गाडीबाट एक जना पुरुषको शव निकालिएको काठममाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका सूचना अधिकारी एसपी नरेशराज सुवेदीले जानकारी दिए । आगलागी भएको गाडी नबिल बैंकको नाममा रहेको खुलेको प्रहरीले जानाएको छ । घटनाको थप अनुसन्धान सुरु भएको छ ।

बारा । कलैया उपमहानगरपालिका–४ गुप्ता पेट्रोल पम्प नजिक गए राति करिब साढे १२ बजे तिर भएको दुर्घटनामा स्थानका ४० वर्षीय शिवनारायण पासवानको  मृत्यु भएको प्रहरीले जनाएको छ। उनी ट्रकमा सवार थिए। दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारका क्रममा राति नै प्रादेशिक अस्पताल कलैयामा मृत्यु भएको हो। बरियारपुरबाट कलैयातर्फ आउँदै गरेको बा. १ क ४८३६ नम्बरको […]

एजेन्सी । सोमबार, जुलाई २०, २०२६ अगरतलास्थित राज्य प्रहरी मुख्यालय PHQ को कार्यालय च्याम्बर भित्रको बाथरुममा उनलाई तुरुन्तै GB पन्त अस्पताल लगिएको थियो, तर डाक्टरले 12:48 बजे मृत घोषणा गरे प्रहरीले अहिलेसम्म आधिकारिक कारण नखुलाए पनि धेरैजसो मिडियाले आत्महत्या भएको आशंका गरेको छ। केही रिपोर्टमा आफ्नै सरकारी पेस्तोलबाट गोली हानेको आशंका गरिएको छ भने केहीमा […]

error: Content is protected !!