२३ साउन २०८३, शनिबार
08-08-2026 , Sat
×

नेपालगन्जको कान्जी हाउसमा दर्जनौं बढी चौपायाहरु विरामी

Logo
प्रकाशित शुक्रबार, पुष १८, २०७६

(महेन्द्र सिंह)
बाँके पुष १८ नेपालगन्जस्थित पुरैनामा रहेको कान्जी हाउसमा दर्जनबढी पशुचौपाया विरामी परेका छन् । वरिपरि लगाइएको पर्खालभित्र राखिएका ५३ वटा पशु चौपायामध्ये एक दर्जनबढी विरामी अवस्थामा छन् । चिसो मौसम बढेसँगै उचित आहारा र औषधी उपचारको अभावमा यहाँका चौपाया विभिन्न रोगको संक्रमणबाट ग्रसित छन् ।
काञ्जी हाउसमा रहेका दर्जन बढी पशुचौपाया विरामी भएको काञ्जी हाउसका इन्चार्ज राकेश भारतीले बताए । जसमा सातवटा चौपाया मरणासन्न अवस्थामा छन् । काञ्जी हाउसमा रहेका चौपायाहरु यसरी विरामी पर्दासमेत नेपालगन्ज उपमहानगरपालिका, पशु सेवा कार्यालय ती पशुचौपायाको उपचार तथा आहाराको व्यवस्थापनमा चासो देखाएका छैनन् ।
विगतमा काञ्जी हाउसमा रहेका चौपायालाई आहारा दिनका लागि नेपालगन्जका सरकारी तथा गैरसरकारी संस्था र सामाजिक सञ्जालले लोकप्रियता कमाउनकै लागि घाँस, पानी, भुस लगायतका आहाराको व्यवस्थापन गरेपनि अहिले ती अभियान्तासमेत पशुचौपायाको उचित व्यवस्थापन र आहारका लागि चासो दिएका छैनन् ।
‘चौपायाका लागि उचित आहाराको अभाव छ,’ काञ्जी हाउसका इन्चार्ज भारतीले भने, ‘भुस र थोरै घाँसका भरमा राखिएको छ । चौपायाका लागि आवश्यकता अनुसार पानीसमेत छैन ।’ एकताका आफू र आफ्नो संस्थालाई सामाजिक सञ्जालमार्फत चर्चामा ल्याउन थालिएको अभियान सरकारी तथा गैरसरकारी संस्था र सामाजिक सञ्जालले बन्द गरेका छन् ।
काञ्जी हाउनसका इन्चार्ज भारतीका अनुसार अहिले काञ्जी हाउसमा पशुचौपायाको अवस्था बुझ्न बेमौसमी अभियन्तामात्रै नभई सरकारी निकायका जिम्मेवार व्यक्तिहरुसमेत आउन छाडेका छन् । नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख डा.धवलशम्सेर राणाको सक्रियतामा काञ्जी हाउसमा उचित पर्खालका साथै आवश्यक भौतिक संरचना निर्माण गरिएको छ ।
तर, अहिले ती पशुचौपायालाई उचित आहारा र औषधी उपचारको अभाव देखिएको छ । विरामी पशुचौपायाको उपचारका लागि उपमहानगरपालिकाले तत्कालै चिकित्सक र औषधी पठाएको खण्डमा मरणासन्न अवस्थामा रहेका पशुचौपायको समेत उद्दार हुने र अन्य पशुचौपाय विरामी हुनबाट बच्ने स्थानीयहरु बताउँछन् ।
यसअघि तत्कालिन शहरी विकासमन्त्री मो.इस्तियाक राईले काञ्जी हाउस मर्मत तथा यहाँका चौपायाको आहारा व्यवस्थापनका लागि सामाजिक सञ्जाल नेपालगन्ज ग्यालरीलाई रु.५० हजार दिएका थिए । त्यसपछि उनले काञ्जी हाउसको मर्मत, सम्भार तथा चौपायाको आहारा र व्यवस्थापनका लागि रु.एक करोड बजेट विनियोजन गरेको उद्घोष गरेका थिए ।
तर, अहिले काञ्जी हाउसका चौपायाले उचित आहारा र औषधी उपचार नपाई छट्पटाइरहेका छन् । मन्त्री राईले उद्घोष गरेको एक करोड बजेट अहिले पनि काञ्जी हाउसको व्यवस्थापनका लागि प्राप्त हुन सकेको छैन । मन्त्रीले उद्घोष गरेको उक्त विनियोजित बजेट कहाँ, कसरी कुन अवस्थामा कोसँग रहेको छ ? भन्ने बारे समेत नेपालगन्जबासी अनभिज्ञ छन् ।
तत्कालिन अवस्थामा काञ्जी हाउसमा रहेका चौपायाको आहारा तथा उपचारमा लागिपरेको नेपालगन्ज ग्यालरीका सञ्चालक समीरमान श्रेष्ठले भने, ‘मन्त्री ज्यूले दिएको रु.५० हजारले शिविर सञ्चालन गरेका थियौं । कान्जी हाउस व्यवस्थापनका लागि मन्त्री ज्यूले रु.एक करोड दिने उद्घोष त गर्नुभएको हो । तर, त्यो रकम आयो आएन थाहा भएन ।’
नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख डा.राणाले काञ्जी हाउसमा चौपाया विरामी भएको बारे आफूलाई बिहीबार साँझसम्म कसैले पनि खबर नगरेको बताएका छन् । काञ्जी हाउसमा देखिएको समस्या तत्कालै समाधान गर्ने र पशुचौपायाको उपचारका लागि तत्काल चिकित्सक पठाउने उनले बताए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

एक विशेष अन्तर्वार्ता १) प्रश्न: आउँदो स्थानीय तहको निर्वाचनमा मेयर पदमा उम्मेदवारी दिने घोषणा गर्नुभएको छ। तपाईंको मुख्य उद्देश्य के हो? उत्तर: मेरो उद्देश्य केवल चुनाव जित्ने होइन, घोराहीलाई समृद्ध, व्यवस्थित र अवसरले भरिएको नगर बनाउनु हो। मैले विगत तीन वर्षदेखि “घोराही बनाऔँ अभियान” मार्फत वडा–वडामा पुगेर नागरिकका समस्या सुनेको छु। विकास सरकारको मात्रै जिम्मेवारी […]

पाल्पा । गएरातीदेखि परेको अविरल वर्षाले कालीगण्डकी नदी तटीय क्षेत्रमा रहेको पाल्पाको प्रमुख पर्यटकीय स्थल रानीमहल आज बिहानैदेखि डुबाना परेको छ । कालीगण्डकी नदी र बराङ्दी खहरेखोला बढेपछि रानीमहल क्षेत्रमा पानीको सतह बढेको स्थानीय दीपक पाण्डेयले बताए । पर्यटकीय स्थल रानीमहल क्षेत्रमा निर्माण भएका आधा दर्जन होटल, रिसोर्ट तथा पसल टहराहरु डुवानमा परेको उनले बताए […]

बाँके । खडैचा प्रहरी  चाैकीले आफ्ने नाममा जग्गाधनी पुर्जा पाएकाे छ । खडैचा प्रहरी चाैकी इन्चार्ज कुलबहादुर विककाे अथक प्रयास र मेहनतले उक्त जग्गाधनी पुर्जा चाैकीकाे नाममा भएको  हाे । अब याे चाैकी आफ्नै जग्गामा रहने र यहाँ  आबश्यक भाैतिक पसर्वाधार निर्माण गरिने छ । जसले प्रहरीलाई स्वा प्रवाहदेखि बस्नका लागि समेत समस्या आउने छैन […]

error: Content is protected !!