२७ मंसिर २०८२, शनिबार
13-12-2025 , Sat
×

नेपालगन्जको कान्जी हाउसमा दर्जनौं बढी चौपायाहरु विरामी

Logo
प्रकाशित शुक्रबार, पुष १८, २०७६

(महेन्द्र सिंह)
बाँके पुष १८ नेपालगन्जस्थित पुरैनामा रहेको कान्जी हाउसमा दर्जनबढी पशुचौपाया विरामी परेका छन् । वरिपरि लगाइएको पर्खालभित्र राखिएका ५३ वटा पशु चौपायामध्ये एक दर्जनबढी विरामी अवस्थामा छन् । चिसो मौसम बढेसँगै उचित आहारा र औषधी उपचारको अभावमा यहाँका चौपाया विभिन्न रोगको संक्रमणबाट ग्रसित छन् ।
काञ्जी हाउसमा रहेका दर्जन बढी पशुचौपाया विरामी भएको काञ्जी हाउसका इन्चार्ज राकेश भारतीले बताए । जसमा सातवटा चौपाया मरणासन्न अवस्थामा छन् । काञ्जी हाउसमा रहेका चौपायाहरु यसरी विरामी पर्दासमेत नेपालगन्ज उपमहानगरपालिका, पशु सेवा कार्यालय ती पशुचौपायाको उपचार तथा आहाराको व्यवस्थापनमा चासो देखाएका छैनन् ।
विगतमा काञ्जी हाउसमा रहेका चौपायालाई आहारा दिनका लागि नेपालगन्जका सरकारी तथा गैरसरकारी संस्था र सामाजिक सञ्जालले लोकप्रियता कमाउनकै लागि घाँस, पानी, भुस लगायतका आहाराको व्यवस्थापन गरेपनि अहिले ती अभियान्तासमेत पशुचौपायाको उचित व्यवस्थापन र आहारका लागि चासो दिएका छैनन् ।
‘चौपायाका लागि उचित आहाराको अभाव छ,’ काञ्जी हाउसका इन्चार्ज भारतीले भने, ‘भुस र थोरै घाँसका भरमा राखिएको छ । चौपायाका लागि आवश्यकता अनुसार पानीसमेत छैन ।’ एकताका आफू र आफ्नो संस्थालाई सामाजिक सञ्जालमार्फत चर्चामा ल्याउन थालिएको अभियान सरकारी तथा गैरसरकारी संस्था र सामाजिक सञ्जालले बन्द गरेका छन् ।
काञ्जी हाउनसका इन्चार्ज भारतीका अनुसार अहिले काञ्जी हाउसमा पशुचौपायाको अवस्था बुझ्न बेमौसमी अभियन्तामात्रै नभई सरकारी निकायका जिम्मेवार व्यक्तिहरुसमेत आउन छाडेका छन् । नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख डा.धवलशम्सेर राणाको सक्रियतामा काञ्जी हाउसमा उचित पर्खालका साथै आवश्यक भौतिक संरचना निर्माण गरिएको छ ।
तर, अहिले ती पशुचौपायालाई उचित आहारा र औषधी उपचारको अभाव देखिएको छ । विरामी पशुचौपायाको उपचारका लागि उपमहानगरपालिकाले तत्कालै चिकित्सक र औषधी पठाएको खण्डमा मरणासन्न अवस्थामा रहेका पशुचौपायको समेत उद्दार हुने र अन्य पशुचौपाय विरामी हुनबाट बच्ने स्थानीयहरु बताउँछन् ।
यसअघि तत्कालिन शहरी विकासमन्त्री मो.इस्तियाक राईले काञ्जी हाउस मर्मत तथा यहाँका चौपायाको आहारा व्यवस्थापनका लागि सामाजिक सञ्जाल नेपालगन्ज ग्यालरीलाई रु.५० हजार दिएका थिए । त्यसपछि उनले काञ्जी हाउसको मर्मत, सम्भार तथा चौपायाको आहारा र व्यवस्थापनका लागि रु.एक करोड बजेट विनियोजन गरेको उद्घोष गरेका थिए ।
तर, अहिले काञ्जी हाउसका चौपायाले उचित आहारा र औषधी उपचार नपाई छट्पटाइरहेका छन् । मन्त्री राईले उद्घोष गरेको एक करोड बजेट अहिले पनि काञ्जी हाउसको व्यवस्थापनका लागि प्राप्त हुन सकेको छैन । मन्त्रीले उद्घोष गरेको उक्त विनियोजित बजेट कहाँ, कसरी कुन अवस्थामा कोसँग रहेको छ ? भन्ने बारे समेत नेपालगन्जबासी अनभिज्ञ छन् ।
तत्कालिन अवस्थामा काञ्जी हाउसमा रहेका चौपायाको आहारा तथा उपचारमा लागिपरेको नेपालगन्ज ग्यालरीका सञ्चालक समीरमान श्रेष्ठले भने, ‘मन्त्री ज्यूले दिएको रु.५० हजारले शिविर सञ्चालन गरेका थियौं । कान्जी हाउस व्यवस्थापनका लागि मन्त्री ज्यूले रु.एक करोड दिने उद्घोष त गर्नुभएको हो । तर, त्यो रकम आयो आएन थाहा भएन ।’
नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख डा.राणाले काञ्जी हाउसमा चौपाया विरामी भएको बारे आफूलाई बिहीबार साँझसम्म कसैले पनि खबर नगरेको बताएका छन् । काञ्जी हाउसमा देखिएको समस्या तत्कालै समाधान गर्ने र पशुचौपायाको उपचारका लागि तत्काल चिकित्सक पठाउने उनले बताए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । लमहीमा पेस्तोल पड्किदा एक जना घाइते भएका छन । यो आज बिहान पौने ११ बजेको घटना हो । घाइते हुनेमा लमहीको रातो डांडा स्थित रोयल प्यालेस होटलमा काम गर्ने १८ वर्षिय सिसम गौतम रहेको दाङका प्रहरी प्रवक्ता चक्र बहादुर शाहले जानकारी दिनु भएको छ । कोठा सफा गर्ने क्रममा एसिमाथी लुकाएर राखेको पेस्तोल […]

काठमाडौं । डम्बर विकले द’लित समुदायमा जन्मिएर विभे’द र बहि*ष्क’रणका कठि-नाइ पार गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदसम्म पुगेर इतिहास रचेका छन्। उनको संघ’र्षमय जीवन र सफलताले द’लित तथा सीमान्तकृ’त समुदायका लागि प्रेरणाको स्रोत बनेको छ र न्यायको पहुँचमा आशा जगाएको छ। विकको सफलताले वि’भेद र दल’नबीच पनि निरन्तर संघर्ष र मिहिनेतले शिखर चुम्न सकिन्छ […]

रुपन्देही । विगत केही वर्षदेखि बेलायतमा बसिरहेका २७ वर्षीय नारायण ढकाललाई गत कार्तिक २५ गते उनको परिवारले रूपन्देहीको तिलोत्तमा नगरपालिका–११ मृगौलीस्थित करुणा चौतारी फाउन्डेसनद्वारा सञ्चालित लागू औषध उपचार तथा पुन:स्थापना केन्द्रमा भर्ना गरेको थियो । तर, आइतबार उक्त केन्द्रले ढकालको मृत्यु भएको भन्दै परिवारलाई खबर गर्‍यो । केन्द्रका कर्मचारी र केन्द्रभित्र सुधारका लागि राखिएकाहरुको कुटपिटबाट […]

error: Content is protected !!