३२ आषाढ २०८३, बिहिबार
16-07-2026 , Thu
×

तुल्सीपुर ट्राफिकले दुर्घटना न्यूनीकरण गर्न बाटोहरुमा जिकज्याक ड्रमहरु राखिदै

Logo
प्रकाशित शुक्रबार, पुष १८, २०७६

सागर थापा
दाङ पुस १८ तुल्सीपुर ट्राफिक प्रहरीले तिब्र गतिमा चलाउने सवारी साधनहरुको गति कम गर्न बाटोमा जिकज्याक ड्रमहरु राख्न थालेको छ । दिन प्रति दिन बढ्दै गईरहेको सवारी साधन दुर्घटना न्युनिकरण गर्ने उद्देश्यका साथ उक्त जिकज्याक ड्रमहरु शुक्रबार दाङ र सल्यान सडकखण्डको रक्षाचौर स्थित राखिएको छ ।
तिब्र गतिका कारण हुनसक्ने सवारी दुर्घटनालाई मध्यनगर गर्दै बढी दुर्घटना ग्रस्त क्षेत्रहरुको चयन गरी यस कार्यको थालनी गरेको ट्राफिक प्रहरी कार्यालय तुलसीपुरका ट्राफिक प्रमुख नन्द कुमार पोखे्रले जानकारी दिनुभयो । ट्राफिक प्रमुख पोख्रेलका अनुसार केही हदसम्म भएपनि सवारी दुर्घटना न्युनिकरणमा सहयोग पुग्ने उहाँले बताउनुभयो ।
आगामी दिनहरुमा तुलसीपुर क्षेत्रमा बढी दुर्घटना ग्रस्त क्षेत्रहरुका चयन गरी जिकज्याक ड्रमहरु राख्ने योजना समेत रहेको दाङ ट्राफिकले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । भालुवङ बालबिवाहले मानवअधिकार उपभोगमा पार्ने प्रभाव सम्बन्धि परामर्श कार्यक्रम लुम्बिनी प्रदेशको राजधानी राप्ती उपत्यका भालुवाङस्थित हाेटल पौवा सभाहलमा सम्पन्न भएको छ । राष्ट्रिय मानवअधिकार आयोग, लुम्बिनी प्रदेश कार्यालय बुटवलको आयोजनामा बुधबार बिहान सो परामर्श कार्यक्रम गरिएको हो । अहिलेको विकसित युगमा पनि समाजमा व्याप्त रहेको बालबिवाह र त्यसले मानवअधिकार उपभोगमा पार्ने प्रभाव न्यूनीकरण […]

नेपालका विभिन्न सहरहरू विकास, सरसफाइ, वातावरण संरक्षण र नागरिक सहभागिताका नयाँ अभ्यासतर्फ अघि बढिरहेका छन्। तीमध्ये “घोराही बनाऔँ अभियान” पछिल्ला वर्षहरूमा सकारात्मक परिवर्तनको उदाहरणका रूपमा स्थापित हुँदै गएको छ। स्थानीय सरकार, सामाजिक संघसंस्था, निजी क्षेत्र, युवा तथा सर्वसाधारण नागरिकको संयुक्त प्रयासबाट सञ्चालन भइरहेको यस अभियानले घोराहीलाई सफा, हरियाली, व्यवस्थित र जिम्मेवार सहरका रूपमा विकास गर्ने […]

काठमाडौं । त्यसपछि कांग्रेसले नेपाली कम्युनिस्ट पार्टी नेकपासँगको सत्ता सहकार्यका लागि संवाद पनि अगाडि बढाएको छ। मंगलबार पार्टी कार्यालय सानेपामा बसेको कांग्रेस पदाधिकारी बैठकमा एमालेसँगको सत्ता सहकार्य विसर्जन गरेर नेकपासँग मिलेर जाने विकल्पमा छलफल भएको थियो। बैठकमा कांग्रेस उपसभापति विश्वप्रकाश शर्माले एमालेसँगको सत्ता सहकार्य अन्त्य गर्नुको कारण र नेकपासँग मिलेर जानेबारे भएको संवादबारे ब्रिफिङ गरेको […]

error: Content is protected !!