२७ मंसिर २०८२, शनिबार
13-12-2025 , Sat
×

दुर्घटनामा मृत्यु भएका आफ्न्ती परिवारलाई महिला सामुदायिकद्धारा विमा रकम १६ लाख प्रदान

Logo
प्रकाशित शुक्रबार, पुष १८, २०७६

देविराम कुसारी
दाङ, पुस १९ । महिला सामुदायिक लघुबित्त बित्तीय संस्था लिमिटेड शाखा कार्यालय जुगार रोल्पाले सडक दुर्घटनामा मृत्यु भएका सेवा ग्राहीका परिवारलाई करिव १६ लाख विमा करम प्रदान गरेको छ ।
संस्थाले त्रिवेणी गाउँपालिका ४ छेपको २७ नम्वर समुहका स्वर्गिय सदस्य इन्द्रा घर्तीको परिवारलाई १५ लाख ९६ हजार विमा रकम प्रदान गरेको हो । गाउँपालिकाका अध्यक्ष सान्तकुमार वलीको अध्यक्षतामा भएको कार्यक्रममा विमा रकम बुझ्दै इन्द्राका श्रीमान विजय बहादुर घर्तीले आफुलाई समस्या परेको वेला प्रदान गरिएको रकमले आफ्नो जिवनलाई थोरै भए पनि सजिलो वनाउने वताउनु भएको थियो । त्यसैगरी स्वर्गिय इन्द्राकी छोरी रेखाले आमालाई कुनै वस्तुसंग तौल गर्न नमिले पनि विमा रकमले आफ्नो पढाइमा सहयोग पुग्ने भन्दै संस्थालाई धन्यवाद दिनुभएको थियो ।
संस्थाका कनिष्ठ अधिकृत गगन योगीको स्वागत मन्तब्यबाट सुरु भएको रमक प्रदान कार्यक्रममा संस्थाका बरिष्ठ प्रबन्धक लोकमणी रेग्मीले संस्थाले प्रदान गरेको रकमलाई बढी भन्दा बढी सदुपयोग गर्न पीडित परिवारलाई आग्रह गर्नुभएको थियो । कार्यक्रममा प्रवन्धक रेग्मीले संस्थाले लघु वित्त मार्फत हाल सम्म ५५ हजार परिवारलाई सेवा प्रदान गर्दै आइ रहेको जनाकारी गराउनु भएको थियो । कृर्षी, पशु पालन तथा अन्य व्यवसायका लागि संस्थाले प्रदान गर्दै आइरहेको शिप तथा रकमलाई प्रभावकारी रुपमा प्रयोग गर्न सेवा ग्राहीलाई रेग्मीले आग्रह गर्नुभएको थियो । कार्यक्रममा गाउँपालिकाका अध्यक्ष सान्तकुमार वलीले विमा रकम प्रदान गर्दै रकमलाई शिक्षामा लागानी गर्न प्राथमिकता दिन सुझाव दिनुभएको थियो ।
कार्यक्रममा वडा नम्वर ५ का अध्यक्ष कृष्णबहादुर केसी, संस्थाका ग्राहक सेवा बिभाग प्रमुख यमला गौतम लगाएतले वोल्नुभएको थियो । कार्यक्रमको सहजिकरण शाखा प्रमुख केशव शर्माले गर्नुभएको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । लमहीमा पेस्तोल पड्किदा एक जना घाइते भएका छन । यो आज बिहान पौने ११ बजेको घटना हो । घाइते हुनेमा लमहीको रातो डांडा स्थित रोयल प्यालेस होटलमा काम गर्ने १८ वर्षिय सिसम गौतम रहेको दाङका प्रहरी प्रवक्ता चक्र बहादुर शाहले जानकारी दिनु भएको छ । कोठा सफा गर्ने क्रममा एसिमाथी लुकाएर राखेको पेस्तोल […]

काठमाडौं । डम्बर विकले द’लित समुदायमा जन्मिएर विभे’द र बहि*ष्क’रणका कठि-नाइ पार गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदसम्म पुगेर इतिहास रचेका छन्। उनको संघ’र्षमय जीवन र सफलताले द’लित तथा सीमान्तकृ’त समुदायका लागि प्रेरणाको स्रोत बनेको छ र न्यायको पहुँचमा आशा जगाएको छ। विकको सफलताले वि’भेद र दल’नबीच पनि निरन्तर संघर्ष र मिहिनेतले शिखर चुम्न सकिन्छ […]

रुपन्देही । विगत केही वर्षदेखि बेलायतमा बसिरहेका २७ वर्षीय नारायण ढकाललाई गत कार्तिक २५ गते उनको परिवारले रूपन्देहीको तिलोत्तमा नगरपालिका–११ मृगौलीस्थित करुणा चौतारी फाउन्डेसनद्वारा सञ्चालित लागू औषध उपचार तथा पुन:स्थापना केन्द्रमा भर्ना गरेको थियो । तर, आइतबार उक्त केन्द्रले ढकालको मृत्यु भएको भन्दै परिवारलाई खबर गर्‍यो । केन्द्रका कर्मचारी र केन्द्रभित्र सुधारका लागि राखिएकाहरुको कुटपिटबाट […]

error: Content is protected !!