२७ मंसिर २०८२, शनिबार
13-12-2025 , Sat
×

काभ्रेका विभिन्न स्थानबाट प्रहरीले ५ जना नाइट्रोभेटटेन कारोबारी पक्राउ

Logo
प्रकाशित सोमबार, पुष २८, २०७६

सागर थापा (क्राईमबिट)
उनीहरुका साथबाट प्रहरीले ३ हजार २ सय दश चक्की अवैद्य लागु औषध नाइट्रोभेटटेन बरामद गर्यो ।
प्रहरीले विभिन्न स्थानबाट नाइट्रोभेटटेन कारोबारमा संलग्न आरोपहरु सार्वाजनिक गर्दै लागु औषधका रुपमा प्रयोग हुने नाइट्रोभेटटेन नेपालमा अवैध चक्की पछिल्लो समय स्कुले बालबालिकादेखि किशोर अवस्थाका विद्यार्थीहरु रहेको तथ्य सार्वजनिक गरेको थियो ।
लागुऔषध कारोबारमा संलग्न रहेको आरोपमा ५ जना रहेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।
भारतबाट ल्याइन्छ नाइट्रोभेटटेन नेपालमा नाइट्रोभेटटेनको प्रयोग गर्न अवैध मानिन्छ । प्रयोगकर्ताहरुले छिमेकी देश भारतबाट ल्याउने गरेको जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख एसपी रवि पौडेलले बताए । उनले भने ‘वीपी राजमार्गबाट काठमाडौ र आसपासका जिल्लामा भ्यिाउन सहज भएपछि काभ्रे कारोबारीहरुले काभ्रेको रुट, स्थान छनोट गरेका हुन् ।’
नेपालमा पूर्णरुपमा प्रतिबन्धीत रहेकाले यसमा कारोबार गर्नेहरुको गिरोह ठूलो रहेको प्रहरीको भनाइ छ । ‘हामी नजिक पुगेका छौं, एकसातामा ५ जना कारोबारीलाई पक्राउ गरेका छौं ।’
प्रहरीले बीपी र अरनिको राजमार्गमा विशेष चेकजाँच गरिरहेको छ । प्रहरीका अनुसार प्रयोगकर्ताले एक चक्कीको १ सय देखि १ हजारसम्म खर्च गरेर खरिद गर्न गरेका छन् । लागुऔषध प्रयोग कर्ताहरुले नेट्रोभेटनेट, गाजा, यामपुल, नाइट्रोसन ट्यावलेट, सिजिन्ज जस्ता लागु औषध प्रयोग गर्ने गरेको प्रहरीको भनाइ छ ।
राजधानीका लागुऔषध प्रयोगकर्ताका लागि सुरक्षित र एकान्त तथा नजिक भएकाले काभ्रेको धुलिखेल, बनेपा र नगरकोट जस्ता ठाउँमा कारोबारीले विद्यार्थीहरुलाई प्रयोग गर्ने र फसाउने गरेको इलाका प्रहरी कार्यालय बनेपाका प्रमुख प्रहरी निरिक्षक योगेन्द्र तिमल्सिनाले बताए ।
उनले भने ‘स्कुलले विद्यार्थीदेखि कलेका विद्यार्थीहरुलाई यसको लतमा फसाउने गिरोह नै सक्रिय रहेको छ, हामीले एउटा गिरोहलाई नियन्त्रणमा लिएका छौं ।’ नाइट्रोभेनेटको नसाले प्रयोगकर्तालाई लठ्ठ पार्ने, एकोहोरो बनाउने, जस्ता नसा दिने गरेको उनीहरुको भनाइ रहेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । लमहीमा पेस्तोल पड्किदा एक जना घाइते भएका छन । यो आज बिहान पौने ११ बजेको घटना हो । घाइते हुनेमा लमहीको रातो डांडा स्थित रोयल प्यालेस होटलमा काम गर्ने १८ वर्षिय सिसम गौतम रहेको दाङका प्रहरी प्रवक्ता चक्र बहादुर शाहले जानकारी दिनु भएको छ । कोठा सफा गर्ने क्रममा एसिमाथी लुकाएर राखेको पेस्तोल […]

काठमाडौं । डम्बर विकले द’लित समुदायमा जन्मिएर विभे’द र बहि*ष्क’रणका कठि-नाइ पार गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदसम्म पुगेर इतिहास रचेका छन्। उनको संघ’र्षमय जीवन र सफलताले द’लित तथा सीमान्तकृ’त समुदायका लागि प्रेरणाको स्रोत बनेको छ र न्यायको पहुँचमा आशा जगाएको छ। विकको सफलताले वि’भेद र दल’नबीच पनि निरन्तर संघर्ष र मिहिनेतले शिखर चुम्न सकिन्छ […]

रुपन्देही । विगत केही वर्षदेखि बेलायतमा बसिरहेका २७ वर्षीय नारायण ढकाललाई गत कार्तिक २५ गते उनको परिवारले रूपन्देहीको तिलोत्तमा नगरपालिका–११ मृगौलीस्थित करुणा चौतारी फाउन्डेसनद्वारा सञ्चालित लागू औषध उपचार तथा पुन:स्थापना केन्द्रमा भर्ना गरेको थियो । तर, आइतबार उक्त केन्द्रले ढकालको मृत्यु भएको भन्दै परिवारलाई खबर गर्‍यो । केन्द्रका कर्मचारी र केन्द्रभित्र सुधारका लागि राखिएकाहरुको कुटपिटबाट […]

error: Content is protected !!