२५ साउन २०८३, सोमबार
10-08-2026 , Mon
×

काभ्रेका विभिन्न स्थानबाट प्रहरीले ५ जना नाइट्रोभेटटेन कारोबारी पक्राउ

Logo
प्रकाशित सोमबार, पुष २८, २०७६

सागर थापा (क्राईमबिट)
उनीहरुका साथबाट प्रहरीले ३ हजार २ सय दश चक्की अवैद्य लागु औषध नाइट्रोभेटटेन बरामद गर्यो ।
प्रहरीले विभिन्न स्थानबाट नाइट्रोभेटटेन कारोबारमा संलग्न आरोपहरु सार्वाजनिक गर्दै लागु औषधका रुपमा प्रयोग हुने नाइट्रोभेटटेन नेपालमा अवैध चक्की पछिल्लो समय स्कुले बालबालिकादेखि किशोर अवस्थाका विद्यार्थीहरु रहेको तथ्य सार्वजनिक गरेको थियो ।
लागुऔषध कारोबारमा संलग्न रहेको आरोपमा ५ जना रहेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।
भारतबाट ल्याइन्छ नाइट्रोभेटटेन नेपालमा नाइट्रोभेटटेनको प्रयोग गर्न अवैध मानिन्छ । प्रयोगकर्ताहरुले छिमेकी देश भारतबाट ल्याउने गरेको जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख एसपी रवि पौडेलले बताए । उनले भने ‘वीपी राजमार्गबाट काठमाडौ र आसपासका जिल्लामा भ्यिाउन सहज भएपछि काभ्रे कारोबारीहरुले काभ्रेको रुट, स्थान छनोट गरेका हुन् ।’
नेपालमा पूर्णरुपमा प्रतिबन्धीत रहेकाले यसमा कारोबार गर्नेहरुको गिरोह ठूलो रहेको प्रहरीको भनाइ छ । ‘हामी नजिक पुगेका छौं, एकसातामा ५ जना कारोबारीलाई पक्राउ गरेका छौं ।’
प्रहरीले बीपी र अरनिको राजमार्गमा विशेष चेकजाँच गरिरहेको छ । प्रहरीका अनुसार प्रयोगकर्ताले एक चक्कीको १ सय देखि १ हजारसम्म खर्च गरेर खरिद गर्न गरेका छन् । लागुऔषध प्रयोग कर्ताहरुले नेट्रोभेटनेट, गाजा, यामपुल, नाइट्रोसन ट्यावलेट, सिजिन्ज जस्ता लागु औषध प्रयोग गर्ने गरेको प्रहरीको भनाइ छ ।
राजधानीका लागुऔषध प्रयोगकर्ताका लागि सुरक्षित र एकान्त तथा नजिक भएकाले काभ्रेको धुलिखेल, बनेपा र नगरकोट जस्ता ठाउँमा कारोबारीले विद्यार्थीहरुलाई प्रयोग गर्ने र फसाउने गरेको इलाका प्रहरी कार्यालय बनेपाका प्रमुख प्रहरी निरिक्षक योगेन्द्र तिमल्सिनाले बताए ।
उनले भने ‘स्कुलले विद्यार्थीदेखि कलेका विद्यार्थीहरुलाई यसको लतमा फसाउने गिरोह नै सक्रिय रहेको छ, हामीले एउटा गिरोहलाई नियन्त्रणमा लिएका छौं ।’ नाइट्रोभेनेटको नसाले प्रयोगकर्तालाई लठ्ठ पार्ने, एकोहोरो बनाउने, जस्ता नसा दिने गरेको उनीहरुको भनाइ रहेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । सोसाइटी अफ ट्राभल एन्ड टुर अपरेटर्स (सोट्टो) नेपालले अन्तर्राष्ट्रिय हवाई भाडा महँगो हुँदा नेपालको पर्यटन क्षेत्र प्रभावित भएको टिप्पणी गरेको छ । सोट्टो नेपालले आज पर्यटन पत्रकारसँग गरेको अन्तर्क्रियामा अध्यक्ष मानवबहादुर शाहीले अन्तर्राष्ट्रिय हवाई भाडा अत्यधिक महँगो हुँदा नेपाल आउने पर्यटक प्रभावित भएको बताए । उनले पर्यटनलाई उद्योगका रूपमा मान्यता दिन, श्रम तथा […]

बाँके । प्रहरीले ठगी मुद्दामा फरार रहेका रसोज तामाङलाई पक्राउ गर्न अभियान चलाएको छ। जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी अङ्गुर जिसीले जिल्ला अदालत बाँकेबाट पक्राउ पुर्जी जारी भएको हुँदा फरार अभियुक्त ठग रसोज तामाङलाई तत्काल पक्राउ गर्न मातहतका सबै युनिटलाई निर्देशन दिनुभएको छ। ठगी सम्बन्धी मुद्दामा उनीमाथि धेरै उजुरी परेपछि तामाङ फरार भएका […]

बाँके । सहायक प्रमुख जिल्ला अधिकारी महेशकुमार गुरुङको नेतृत्वमा गएको अनुगमन टोलीले नेपालगन्ज–११ स्थित शङ्कर दयाल बद्रीप्रसाद प्रोभिजन स्टोरलाई जरिवाना गरेको हो । “ग्यास लुकाएर राखेको भन्ने सूचना आएपछि हामी त्यहाँ पुग्दा ग्यास भेट्टाएका थियौँ”, उनले भने । बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी गुरुङका अनुसार बजार अनुगमनका क्रममा सो किराना पसलमा १३ वटा ग्यास सिलिन्डर […]