०७ कार्तिक २०८३, शुक्रबार
23-10-2026 , Fri
×

सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णय प्रति कांग्रेसका नेता डा.कोइरालाको असन्तुष्टि

Logo
ABC-Sanchar प्रकाशित बिहिबार, भाद्र १९, २०८२

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णयप्रति असन्तुष्टि जनाएका छन् ।

सामाजिक सञ्जाल एक्समार्फत् अदालतको आदेशको बहानामा सामाजिक सञ्जाल बन्द गर्नु घोर आपत्तिजनक रहेको बताएका हुन् ।

नेता कोइरालाले जनचाहना र आफ्नै प्रतिबद्धता अनुरूप काम गर्न नसकेपछि आलोचना खेप्न बाध्य भएको सरकारले सामाजिक सञ्जाल बन्द गरेको बताए ।

‘यस निर्णयका कारण कति नेपालीको रोजीरोटी समेत खोसिन्छ यो अन्दाज सरकारले लगाउन सक्छ ?’, कोइरालाले लेखेका छन्, ‘यस्तो कदम तुरुन्त सच्याउन र सामाजिक सञ्जाललाई मर्यादित गर्नेगरि नियमन गर्न म आग्रह गर्दछु ।’

अन्तिमपटक एक हप्ताको समयसीमा दिँदा समेत फेसबुक, एक्स, युट्युब लगायतका सामाजिक सञ्जाल सूचीकरण हुन नआएपछि सरकारले बिहीबारदेखि निष्क्रिय पारेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  कास्की । जिल्लामा गत असोज महिनामा भएका ५९ सवारी दुर्घटनामा परी ११ जनाको मृत्यु भएको छ। १०१ जना घाइते भएका छन्। यो सङ्ख्या अन्य महिनाका तुलनामा बढी हो। जिल्ला प्रहरी कार्यालयका अनुसार असोज महिनामा भएका ५९ सवारी दुर्घटनामा ७९ सवारीसाधन संलग्न थिए। दुर्घटनामा संलग्न सवारीसाधनका चालकलाई प्रहरीले नियन्त्रणमा लिइ आवश्यक अनुसन्धान तथा कारबाही अघि […]

  बंगालको खाडीबाट विकसित हुने न्यूनचापीय प्रणालीको प्रभावले देशका धेरै स्थानमा वर्षा हुने भएको हो। हाल उपलब्ध विभिन्न मौसम पूर्वानुमान मोडेलले आगामी मंगलबारदेखि एक साताभन्दा बढी समयसम्म वर्षा हुन सक्ने संकेत देखाएको मौसमविद् विनोद पराजुलीले बताए। केही स्थानमा भारी वर्षासमेत हुन सक्ने सम्भावना रहेको उनको भनाइ छ। उनले चारवटा मौसम पूर्वानुमान मोडेलको औसत चित्र सार्वजनिक […]

  कैलाली । कञ्चनपुरको ब्रह्मदेवमा ड्युटीमा रहेका सशस्त्र प्रहरी हवल्दार शेरबहादुर पार्कीलाई स्थानीयले घेरा हालेर दुर्व्यवहार गरेको भिडियो सार्वजनिक भएको छ। भिडियोमा स्थानीयले “राम्रोसँग काम नगरे लास र सास रहँदैन” भन्दै धम्क्याएको र “मार यसलाई” भन्दै लाठी देखाएर लछारपछार गरेको देखिन्छ। घटना गत असोजको तेस्रो साता भएको खुलेको छ। घटनाबारे दुई जनाविरुद्ध जिल्ला प्रहरी कार्यालयमा […]