०३ जेठ २०८३, आइतबार
17-05-2026 , Sun
×

मकवानपुर प्रहरीले लागूऔषध गाजा्सहित ३ जना पक्राउ

Logo
प्रकाशित मंगलबार, पुष २९, २०७६

(एबिसी संचार) मकवानपुर पुस २९ प्रहरीले छुट्टा छुट्टै स्थानबाट लागूऔषध गाँजासहित ३जनालाई पक्राउ गरेको छ ।मकवानपुर प्रहरीले पूर्व पश्चिम लोकमार्ग अन्र्तगत हेटौंडा उपमहानगरपालिका–१९ नेवारपानीमा ईलाका प्रहरी कार्यालय नेवारपानीबाट प्रहरी नायब निरीक्षक राजेश कुमार यादवको कमाण्डमा खटि गएको प्रहरी टोलीले मनहरीबाट हेटौडातर्फ आउँदै गरेको भारतीय कारबीआर ०१ सिएम ६२४६ जि नम्बरको कारलाइृ रोकी चेकजाँच गर्दा १० किलो १८० ग्राम लागू औषध गाँजा सहित २ जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा सर्लाहीको हरिपुर नगरपालिका–९ बस्ने २४ वर्षीय रंजित कुमार गुप्ता र सोही ठाउँ बस्ने ३१ वर्षीय बाल कृष्ण गुप्ता रहेका जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता यज्ञ प्रसाद भट्टराईले बताएका छन ।पक्राउ पर्नेमा सर्लाहीको हरिपुर नगरपालिका–९ बस्ने २४ वर्षीय रंजित कुमार गुप्ता र सोही ठाउँ बस्ने ३१ वर्षीय बाल कृष्ण गुप्ता रहेका छन् ।
त्यसैगरी उपमहानगरपालिका–१५बाट प्रहरीले गाँजा सहित एक जनालाई पक्राउ गरेको छ । पूर्व पश्चिम लोकमार्गा स्थित हेटौंडा उपमहानगरपालिका–१५ चुरीयामाई मन्दिर नजिकाबाट जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट प्रहरी सहायक निरीक्षक नविन विक्रम थापाको कमाण्डमा खटि गएको प्रहरी टोलीले पथलैया जाँदै गरेको प्रदेश ०२–०३–००६ प २८८३ नम्बरको मोटरसाइकललाई रोकी चेकजाँच गर्ने क्रममा ५ किलो लागू औषध गाँजा सहित चितवनको राप्ती नगरपालिका–२ बस्ने ३७ वर्षीय कृष्ण थापा मगरलाई पक्राउ गरेको जनाइएको छ । पक्राउ परेका तिनै जनालाई आवश्यक अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

कपिलवस्तु । सीमा क्षेत्रमा चेकजाँचका क्रममा *भारतीय नम्बर प्लेट DL4CNE9412 को टोयटा कार*बाट बोतल मदिरा* बरामद गरिएको छ। *घटना विवरण:* गोप्य सूचना र नियमित चेकजाँचका क्रममा सुरक्षाकर्मीले उक्त गाडीलाई रोकेर जाँच गर्दा अवैध रूपमा भन्सार छली ल्याइएको मदिरा फेला पारेका हुन्। गाडी र मदिरा दुवैलाई नियन्त्रणमा लिइएको छ। *कारबाही:* बरामद मदिरा र गाडीलाई थप अनुसन्धान […]

दाङ । दङ्गीशरण गाउँपालिका वडा नम्बर ,१ रामपुरका पाँच जना युवाहरू मिलेर सामुहिक रूपमा तरबुजा खेती गर्नु भएको छ।दङ्गीशरण गाउँपालिका वडा नम्बर ,१ को बबई नदीको छेउमा कृषक कृष्ण चौधरी लगायत पाँच जना तरबुजाखेतीमा संलङ्ग हुनुहुन्छ।विगतमा बालुवा बालुवाले नै उराठिलो रहेको बगर अहिले हरियालीमा परिणत भएको छ । बगरमा सोचेभन्दा राम्रो तरबुजा उत्पादन भएपछि आफूहरू […]

दाङ : नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव एवं घोराही बनाउँ अभियानका संयोजक सबिन प्रियासनले हरेक क्षेत्रलाई सफल नेतृत्व गर्ने जनशक्ति शिक्षाले उत्पादन गर्नुपर्ने बताउनुभएको छ। घोराही १७ गुलरियास्थित मदन भण्डारी मेमोरियल स्कुलले आयोजना गरेको कार्यक्रमलाई उद्घाटन गर्दै उहाँले यस्तो बताउनु भएको हो । ३३ औँ मदन स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रममा प्रमुख अतिथिको आसनबाट बोल्दै […]

error: Content is protected !!