०७ कार्तिक २०८३, शुक्रबार
23-10-2026 , Fri
×

मकवानपुर प्रहरीले लागूऔषध गाजा्सहित ३ जना पक्राउ

Logo
प्रकाशित मंगलबार, पुष २९, २०७६

(एबिसी संचार) मकवानपुर पुस २९ प्रहरीले छुट्टा छुट्टै स्थानबाट लागूऔषध गाँजासहित ३जनालाई पक्राउ गरेको छ ।मकवानपुर प्रहरीले पूर्व पश्चिम लोकमार्ग अन्र्तगत हेटौंडा उपमहानगरपालिका–१९ नेवारपानीमा ईलाका प्रहरी कार्यालय नेवारपानीबाट प्रहरी नायब निरीक्षक राजेश कुमार यादवको कमाण्डमा खटि गएको प्रहरी टोलीले मनहरीबाट हेटौडातर्फ आउँदै गरेको भारतीय कारबीआर ०१ सिएम ६२४६ जि नम्बरको कारलाइृ रोकी चेकजाँच गर्दा १० किलो १८० ग्राम लागू औषध गाँजा सहित २ जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा सर्लाहीको हरिपुर नगरपालिका–९ बस्ने २४ वर्षीय रंजित कुमार गुप्ता र सोही ठाउँ बस्ने ३१ वर्षीय बाल कृष्ण गुप्ता रहेका जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता यज्ञ प्रसाद भट्टराईले बताएका छन ।पक्राउ पर्नेमा सर्लाहीको हरिपुर नगरपालिका–९ बस्ने २४ वर्षीय रंजित कुमार गुप्ता र सोही ठाउँ बस्ने ३१ वर्षीय बाल कृष्ण गुप्ता रहेका छन् ।
त्यसैगरी उपमहानगरपालिका–१५बाट प्रहरीले गाँजा सहित एक जनालाई पक्राउ गरेको छ । पूर्व पश्चिम लोकमार्गा स्थित हेटौंडा उपमहानगरपालिका–१५ चुरीयामाई मन्दिर नजिकाबाट जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट प्रहरी सहायक निरीक्षक नविन विक्रम थापाको कमाण्डमा खटि गएको प्रहरी टोलीले पथलैया जाँदै गरेको प्रदेश ०२–०३–००६ प २८८३ नम्बरको मोटरसाइकललाई रोकी चेकजाँच गर्ने क्रममा ५ किलो लागू औषध गाँजा सहित चितवनको राप्ती नगरपालिका–२ बस्ने ३७ वर्षीय कृष्ण थापा मगरलाई पक्राउ गरेको जनाइएको छ । पक्राउ परेका तिनै जनालाई आवश्यक अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  बंगालको खाडीबाट विकसित हुने न्यूनचापीय प्रणालीको प्रभावले देशका धेरै स्थानमा वर्षा हुने भएको हो। हाल उपलब्ध विभिन्न मौसम पूर्वानुमान मोडेलले आगामी मंगलबारदेखि एक साताभन्दा बढी समयसम्म वर्षा हुन सक्ने संकेत देखाएको मौसमविद् विनोद पराजुलीले बताए। केही स्थानमा भारी वर्षासमेत हुन सक्ने सम्भावना रहेको उनको भनाइ छ। उनले चारवटा मौसम पूर्वानुमान मोडेलको औसत चित्र सार्वजनिक […]

  कैलाली । कञ्चनपुरको ब्रह्मदेवमा ड्युटीमा रहेका सशस्त्र प्रहरी हवल्दार शेरबहादुर पार्कीलाई स्थानीयले घेरा हालेर दुर्व्यवहार गरेको भिडियो सार्वजनिक भएको छ। भिडियोमा स्थानीयले “राम्रोसँग काम नगरे लास र सास रहँदैन” भन्दै धम्क्याएको र “मार यसलाई” भन्दै लाठी देखाएर लछारपछार गरेको देखिन्छ। घटना गत असोजको तेस्रो साता भएको खुलेको छ। घटनाबारे दुई जनाविरुद्ध जिल्ला प्रहरी कार्यालयमा […]

  तानसेन । करोडौं खर्च गरेर निर्माण गरिएको तानसेनको माथिल्लो डुम्रेदेखि तेल्घा गुफाचौर जाने सडक क्षतविक्षत बनेको छ। गत असोज ८, ९ र १० गते परेको अविरल वर्षाले उक्त सडक खण्डका विभिन्न स्थानमा क्षति पुगेको हो। करोडौं खर्च गरेर बनाएको सडक भत्किएपछि स्थानीय बासिन्दा जोखिम मोलेर यात्रा गर्न बाध्य भएका छन्। निर्माण सम्पन्न भएको एक […]