३१ जेठ २०८३, आइतबार
14-06-2026 , Sun
×

प्रहरी संगठनलाई आँच आउने कुनै पनि अमर्यादित कृयाकलाप नगर्न डिआइजी पोखरेलको निर्देशन

Logo
प्रकाशित मंगलबार, पुष २९, २०७६

सागर थापा (क्राईमबिट)
काठमाडौं पुस २९ संगठन हाम्रो हो, संगठन बलियो भयो भने हामी मात्र हामी बलियो हुन्छौ, संगठनको प्रतिष्ठा नै हाम्रो प्रतिष्ठा हो । संगठनको गरिमा हाम्रो छबिमा जोडिएकोले संगठनलाई आँच आउने कुनै पनि अमर्यादित वा अवान्छित कृयाकलाप नगर्न प्रहरी कर्मचारीहरूलाई निर्देशन दिनु भयो ।
प्रहरी नायव महानिरीक्षक विश्वराज पोखरेलले मंगलबार विहान महानगरीय प्रहरी परिसर भक्तपुरको निरीक्षण तथा निर्देशन कार्यक्रममा उक्त कुरा बताउनु भएको हो ।
निर्देशनको क्रममा पोखरेलले प्रहरी सेवा प्रवाहको पहिलो कडी भनेको मिठो बोली बचन शिष्ट नम्र व्यवहार र कानून कार्यान्वयनमा निर्दयिता अपनाई अपराध गर्नेलाई विना हिच्चकिचहावट हदै सम्मको कारवाही गर्न निर्देशन दिनुभयो । डिउटीमा खटिएको कुनै पनि कर्मचारीले आफ्नो डिउटी ईमान्दारीता पूर्वक निभाएको छ भने उसको मनोबल गिर्ने गरी कोहि कसैले कार्य गरेमा त्यस्तालाई कारवाही गर्ने चेतावनी दिनु भयो ।
कुनै पनि प्रहरी कर्मचारीहरूले व्यक्तिगत स्वार्थ पुरा गर्न लोभ लालचमा परी गलत कार्य गरेको भेटिएमा वा आर्थिक अनियमितता गरेको फेला परेमा त्यस्ता कर्मचारीहरूलाई कारवाही गरेरै छाड्छु भन्दै उत्कृष्ट कार्य गर्ने प्रहरी कर्मचारीलाई पुरस्कृत गर्ने बताउनु भयो ।
हाम्रो अथक प्रयासका बाजुत पनि कही न कही हामी आलोचित भएको हुनाले अबको समय भनेको त्यस्ता आलोचितबाट मुक्त हुनलाई प्रहरी सेवा प्रवाहमा समय सापेक्ष र वैज्ञानिक दुवै हुनुपर्छ । संगठनको १ जनाको गल्तीले संगठन कै शिर झुक्ने हुनाले हामी कुनै पनि लोभलालच त्यागी, वोली बचन शिष्ट नम्र व्यवहार र सेवा प्रवाहमा निष्पक्ष्य,मर्यादित हुन निर्देशन दिनुहुदै यसमा कोही प्रहरी कर्मचारी चुक्छ त्यसलाई Excuse नगर्ने बताउनु भयो ।
आफ्नो एरिया शान्त,सुरक्षित राख्नको लागि योजना बनाई,कार्यान्वय गरी नागरिकहरूले सुरक्षाको प्रत्याभूति हुने गरी कार्य गर्ने निर्देशन दिनुहुदै नेपाल सरकारले अंगिकार गरेको सुशासन र समृद्ध नेपालको लक्ष्य पुरा गर्ने राज्य संयन्त्रहरूमा नेपाल प्रहरी सदैव अग्रणी स्थानमा रहने गरी कार्य गर्न महानगरीय प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक विश्वराज पोखरेलले निर्देशन दिनु भयो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

धनगढी । *घटना के भयो भन्ने बुझाइ:* डिभिजन वन कार्यालय धनगढीका कर्मचारीहरूले सडक छेउमा पसल गर्ने गरिब परिवारको टेम्पो सामान झार्ने समय नदिई जबरजस्ती भिरबाट खसालिदिए। अब त्यो परिवारको जीविकोपार्जन नै टुटेको छ र उनीहरू न्याय माग्दै छन्। *कानून के भन्छ?* 1. *सडक छेउमा व्यापार*: सरकारी जग्गा/सडक मिचेर व्यापार गरे रोक्न पाइन्छ। तर प्रक्रिया छ […]

एजेन्सी । भारतको असमको जोरहाटस्थित रौरिया इन्डियन एयरबेसमा शनिबार बिहान १० बजे अवतरणका क्रममा भारतीय वायुसेनाको एउटा विमान दुर्घटनाग्रस्त भएको छ। यस दुखद दुर्घटनामा पाइलटसहित ५ जना जवानको मृत्यु भएको छ भने एक जना को-पाइलट घाइते भएका छन्। ज्यान गुमाउनेहरूमा स्क्वाड्रन लिडर प्रशान्त सिंह, फ्लाइट लेफ्टिनेन्ट शुभम कुमार, सार्जेन्ट जितेन्द्र शर्मा, अग्निवीरवायु खेमाराम कुमावत र […]

काठमाडौँ । बितेका २४ घण्टामा दुई हजार ५९८ सवारी चालक सवारी नियम उल्लंघनको कारबाहीमा परेका छन् । यसबाट राज्यकोषमा रु १७ लाख ८६ हजार  ५०१ राजस्व दाखिला भएको छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मादक पदार्थ सेवन गरेका १९९, नियमविपरीत ‘राइड सेयरिङ’ गरेका १६७, संकेत बत्ती उल्लंघनकर्ता १२० र तीव्र गतिमा सवारीसाधन हुइँक्याएका […]

error: Content is protected !!