०६ चैत्र २०८०, मंगलबार
19-03-2024 , Tue
×

दीपकराज जोशीको प्रहरीका आलोचकलाई खुलापत्र

Logo
प्रकाशित आइतबार, माघ ०५, २०७६

(एबिसी संचार) प्रिय प्रहरीका आलोचक मित्रहरू,
नमस्कार नेपाल प्रहरीको सधै जसो आचोचना मात्र गर्ने प्रिय मित्रहरू- खै कहॉ बाट सुरू गरौ अनि कहॉ गएर अन्त्य गरौ यो बिन्ति पत्रलाई, तपाईहरूको मन मा कुनै पनि छलकपट छैन भने मन नपरेको कुरामा खुलेर बिरोध गर्नुस् र राम्रो कामको खुलेर प्रशंसा पनि गर्ने बानि बसालिदिनुस् ता कि प्रहरीलाई अझ राम्रो काम गर्नलाई हौसला मिलोस्।यहि बाट सुरू गरे
मित्रहरू,
प्रहरी हाम्रो साथि र सत्य सेवा सुरक्षणम् (Truth,service & security )को नारा सहितको संगठनमा कार्यरत प्रहरी तपाई हाम्रै गाउघरबाट तपाई हाम्रै परिवारको सदस्य बाट सरकारी सेवामा प्रवेश गरेको हाम्रै सुरक्षाको लागी २४औ घण्टा न रात न दिन न त घाम पानी भन्दै आफ्नो परिवार आफन्तलाई टाढा भएर राष्ट्रको सेवामा खटिएको एक सेवक हुन् जसलाई हामि राष्ट्र सेवक कर्मचारी मान्दछौ। प्रहरी हाम्रै दाजुलाई /दीदीबहिनि हुन , न कि कुनै अर्कों मुलुकबाट आएको होईनन।त्यसैले कति सम्म प्रहरीको कमि कमजोरीको मात्र चर्चा परिचर्चा मा समय दिनुहुन्छ कहिले काहि त राम्रो कामको पनि खुलेर प्रशंसा गर्ने गरौ न मित्रहरू। फेरी सोध्नुहोला राम्रो काम के नै गरेको छ र प्रहरीले खै ३३ किलो सुन ,खै निर्मलाको हत्यारा पत्ता लगाउन सकेको यस्तै-यस्तै प्रश्न मनमा आउन्छ तपाईहरूको मनमा? यो प्रश्न तपाई हाम्रो मनमा आउनु स्वाभाविक नै हो तर यि र यस्ता घटनाहरू अनुसन्धान कै क्रममा रहेको कुरामा यति धेरै चासो छ भने प्रहरीको राम्रो कामको पनि खोजी गर्ने गरौ न मित्रहरू ।
फेरी के नै राम्रो काम गरेको छ र प्रहरीले भन्ने मनमा लागेको छ भने ,नराम्रो कामको जानकारी कसरी मिल्छ तपाईलाई त्यसरीनै खोज्ने गर्नुस् के के राम्रो काम गरेको छ भनेर अनि आफै बुझ्नु हुनेछ। कति आलोचना मात्र गरेर आफु सुरक्षित ठान्नु हुन्छ र मित्रहरू।त्यसैले जहिले प्रहरीलाई मात्र दोषी देखाएर आफु सुरक्षित हुन्छ नसोच्नुस किनको जुन देशको प्रहरी कमजोर हुन्छ त्यो देशको आम नागरिकले कहिल्यै शान्ति सुरक्षाको प्रत्याभूत गर्न सक्दैनन् , प्रहरीलाई कमजोर बनाउन खोज्नु भनेको मुर्खता मात्र हो।
हो म मान्छु ८० हजारको हाराहारीमा रहेको प्रहरी संगठन भित्र कति नराम्रा ब्यक्ति पनि छन् होला तर प्रहरी संगठनलाई नै ग़लत भन्नु भनेको मुर्खता नै हो। मानौ एउटा बाहुनको छोराले चोर्ने काम गर्छ भने के सबै बाहुनहरू चोर भन्न मिल्छ होला
र? आलोचना मात्र गर्ने मित्रहरू कहिले काहि त प्रहरीले के काम गर्दा राम्रो हुन्छ भनेर सल्लाह सुझाव दिने काम पनि त गर्नुस् त्यस्ता कुराले नै हरेक प्रहरीलाई झन हौसला मिल्नेछ र राम्रो परिणाम पाउने छौ आमनागरिकले ,त्यसैमा हामि सबैको कल्याण पनि हुनेछ।
त्यसैले आलोचक मित्रहरू प्रहरी संगठनलाई राम्रो बनाउन सक्षम सवल बनाउने काम प्रहरी कर्मचारी र कार्यालय प्रमुखहरूको मात्र हुने गर्दैन, यसमा आम नागरिकको पनि त्यतिकै साथ सहयोग दिन जरूरी हुन्छ , भनिन्छ नि आम नागरिक पनि बर्दि बिनाका प्रहरी नै हुन् भनेर त्यसैले समाजमा हुने अपराधिक क्रियाकलापलाई रोकथाम गर्न प्रहरीको मात्र भुमिका नभएर हामि आम नागरिकको पनि उतिकै भुमिका हुनपर्दछ।
नेपालीहरूको बिशेषता नै भनौ राम्रो कामलाई कहिल्यै देख्दैनौ, यदि कुनै ब्यक्तिले नराम्रो गरिहाल्यो भनेनि कहिले सम्म हुन्छ उ र उस्को कार्यरत संगठनलाई नै खराब भन्न तिर लाग्छौ। आखिर नराम्रो कामको मात्र चर्चा गरिरहदा राम्रो काम गर्नेलाई प्रोत्साहन गर्नु पर्ने हाम्रो दायित्व होईन र? के प्रहरीको आलोचना गरेर मात्र हामि सुरक्षित हुन्छौ त? तर यहॉ त प्रहरी संगठनलाई नै नराम्रो बनाएर आफु अपराधिक गतिविधिमा संग्लन हुने मानिसको पनि कमी छैन् आफ्नो अपराध लुकाउनलाई भएनि प्रहरीको आलोचना मात्र गरिरहने एउटा समूह नै छ हाम्रो समाजमा, यस्ता ब्यक्तिको कुरा नगरौ तर अर्को एउटा समूह छ खास कुरा नै नबुझेर मिडियामा जे आईरहेको छ त्यसैलाई नै सत्य मानेर बिरोधमा उत्रिहाल्ने समुहको पनि कमि छैन । मित्रहरू त्यसैले गलतलाई गलत र सहि कामलाई सहि भन्ने बानि बसाल्यौ भने मात्र प्रहरीलाई हौसला मिल्ने छ र त्यहि हौसलाले नै आम नागरिकले सुरक्षाको महसूस गर्न सक्नेछौ।
प्रिय प्रहरीका आलोचक प्रिय मित्रहरू, अहिलेलाई यतिनै बाकि अर्को पत्रमा मेरो ऑखाले देखेका नेपाल प्रहरीले गरेका राम्रो कामहरू जसले देशमा मात्र होईन अन्तराष्ट्रीय क्षेत्रमै नेपाल प्रहरीको चर्चा र परिचर्चा हुने गरेको पाईन्छ त्यस बारेमा तपाईहरूलाई जानकारी मुलक पत्र कोर्ने छु भन्दै अहिलेलाई बिश्राम लिन्छु । सबैको भलो होस् ।धन्यवाद। उहि नेपाल प्रहरीको शुभचिन्तक दीपकराज जोशी

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  (ABC-Sanchar) महेन्द्रनगर । यहि मंसिर २८ गते राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा )कञ्चनपुरले श्री ५ महाराजधिराज महेन्द्र बिरबिक्रम शाहदेब सालिक पुन : राख्ने भएको हो। राप्रपा कञ्चनपुरले बिशाल जनसभा गरि शालिक स्थापना गर्ने पार्टीका जिल्ला अध्यक्ष गजेन्द्र चन्दले बताए। इतिहासलाई जगेर्नाका लागी पुरानै शालिक भएको महेन्द्रनगर बजारमा शालिक पुन: स्थापना गरिने कार्यक्रम रहेको अध्यक्ष चन्दले […]

(ABC-Sanchar) काठमाडौं । चितवन र तनहुँ जोड्ने मुग्लिन पुलमा झुन्डिएका एक ब्यक्तिको सशस्त्र प्रहरीले सकुशल उद्दार गरेको छ । शनिबार बिहान धादिङ निलकण्ठ नगरपालिका ६ बस्ने ४५ बर्षका कृष्ण परियार झुण्डिएका थिए । उनी पुलबाट त्रिशुली नदिमा हामफाल्नको लागि झुन्डिएको खवर पाएपछि सशस्त्र प्रहरी बल नेपालको बिपद् ब्यबस्थापन तालिम शिक्षालय कुरिनटारबाट गएको ११ जनाको टोलीले […]

ABC (क्राईमबिट) काठमाडौं । १ नम्बर प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक श्याम लाल ज्ञवालीले आज नेपाल प्रहरी बिशेष सुरक्षा गण दुहबीको निरीक्षण भ्रमण गर्नु भएको छ । निरीक्षण भ्रमणको क्रममा कार्यालय तथा सम्पुर्ण शाखाहरुको निरीक्षण गर्नुका साथै उक्त गणमा कार्यरत प्रहरी अधिकृत तथा जवानहरुलाई आवश्यक निर्देशन समेत दिनु भएको छ । कर्मचारीहरुलाई दैबिक प्रकोपको […]