०५ साउन २०८३, मंगलबार
21-07-2026 , Tue
×

बिदेशी पाहुनालाई स्वागत गर्दै वडा कार्यालय १८ ले

Logo
प्रकाशित आइतबार, माघ ०५, २०७६

(कपिल लामिछाने)
दाङ माघ ५ तुलसीपुर उपमहानगरपालिका वडा नं १८ ले पर्यटन बर्ष 2020 लाई मनाउने गर्ने क्रममा आज फ्रान्सेली नागरिक जाेली सेम्सलाई कार्यलयमा बाेलाई फुलमाला र अबिर लगाई स्वागत गरेकाे छ ।
तुलसीपुर उपमहानगरपालिका वडा नं १८ का वडा अध्यक्ष माधव वली, वडा सचिव दीपा सुबेदी, पर्यावरणीय दिगाे बिकास एवम् अनुसन्धान केन्द्र नेपालका अध्यक्ष डिल्ली बहादुर रावत, वडा कार्यालयका कार्यालय सहायक सरद कुमार रेग्मी, बिष्णु रेग्मी लगाएतले सेम्सलाई स्वागत गर्दै फुलमाला लगाईदिनु भएकाे थियाे ।
उक्त अबसरमा पर्यावरणीय दिगाे बिकासका अध्यक्ष डिल्ली बहादुर रावतले 2020 लाई सरकारले पर्यटन बर्ष मनाईरहदा यसरी आफ्नै वडामा बिदेशी पाहुनालाई स्वागत गर्न पाउँदा निकै खुसी भएकाे बताउदै दाङमा रहेका पर्यटकिय क्षेत्रकाे बिकासका लागी उहाँलाई सबै कुरा अबगत गराउदै समय मिलेकाे खण्डमा दाङका बिभिन्न ठाउँमा घुमाउन समेत लगिने रावतले बताउनुभयाे । साेहि क्रममा बाेल्दै वडा अध्यक्ष वलीले यस वडा कार्यालयले यसैगरी बर्षभरि नै आउने पर्यटकहरुलाइ स्वागत गर्दै कति पर्यटनहरु तुलसीपुर उपमहानगरपालिका भित्र आउछन भनेर डाटा समेत संकलन गर्ने उहाँले बताउनुभयाे । कार्यक्रममा वडा सचिव दीपा सुबेदी कार्यालय सहायक सरद कुमार रेग्मी लगाएले आफ्ना- आफ्ना धारणा राख्नुभएकाे थियाे ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बारा । कलैया उपमहानगरपालिका–४ गुप्ता पेट्रोल पम्प नजिक गए राति करिब साढे १२ बजे तिर भएको दुर्घटनामा स्थानका ४० वर्षीय शिवनारायण पासवानको  मृत्यु भएको प्रहरीले जनाएको छ। उनी ट्रकमा सवार थिए। दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारका क्रममा राति नै प्रादेशिक अस्पताल कलैयामा मृत्यु भएको हो। बरियारपुरबाट कलैयातर्फ आउँदै गरेको बा. १ क ४८३६ नम्बरको […]

एजेन्सी । सोमबार, जुलाई २०, २०२६ अगरतलास्थित राज्य प्रहरी मुख्यालय PHQ को कार्यालय च्याम्बर भित्रको बाथरुममा उनलाई तुरुन्तै GB पन्त अस्पताल लगिएको थियो, तर डाक्टरले 12:48 बजे मृत घोषणा गरे प्रहरीले अहिलेसम्म आधिकारिक कारण नखुलाए पनि धेरैजसो मिडियाले आत्महत्या भएको आशंका गरेको छ। केही रिपोर्टमा आफ्नै सरकारी पेस्तोलबाट गोली हानेको आशंका गरिएको छ भने केहीमा […]

काठमाडौं । जसरी मानिसका लागि मोटोपन समस्या हो, त्यसैगरी दुब्लोपन पनि । मोटो व्यक्तिलाई कसैले ‘कस्तो मोटाएको’ भन्दा कसरी घट्ने भन्ने जस्तो चिन्ता हुन्छ, दुब्लोलाई ‘ओहो कति दुब्लाएको ? खाना खाँदैनौं कि क्या हो’ भनिदिंदा उत्तिकै चिन्तित बनाउँछ । हिजोआज धेरैले आफ्नो फिटनेसमा ध्यान दिन थालेका छन् । कसैलाई शरीरको वजन बढाउने ध्याउन्न छ त […]

error: Content is protected !!