२७ मंसिर २०८२, शनिबार
13-12-2025 , Sat
×

बिदेशी पाहुनालाई स्वागत गर्दै वडा कार्यालय १८ ले

Logo
प्रकाशित आइतबार, माघ ०५, २०७६

(कपिल लामिछाने)
दाङ माघ ५ तुलसीपुर उपमहानगरपालिका वडा नं १८ ले पर्यटन बर्ष 2020 लाई मनाउने गर्ने क्रममा आज फ्रान्सेली नागरिक जाेली सेम्सलाई कार्यलयमा बाेलाई फुलमाला र अबिर लगाई स्वागत गरेकाे छ ।
तुलसीपुर उपमहानगरपालिका वडा नं १८ का वडा अध्यक्ष माधव वली, वडा सचिव दीपा सुबेदी, पर्यावरणीय दिगाे बिकास एवम् अनुसन्धान केन्द्र नेपालका अध्यक्ष डिल्ली बहादुर रावत, वडा कार्यालयका कार्यालय सहायक सरद कुमार रेग्मी, बिष्णु रेग्मी लगाएतले सेम्सलाई स्वागत गर्दै फुलमाला लगाईदिनु भएकाे थियाे ।
उक्त अबसरमा पर्यावरणीय दिगाे बिकासका अध्यक्ष डिल्ली बहादुर रावतले 2020 लाई सरकारले पर्यटन बर्ष मनाईरहदा यसरी आफ्नै वडामा बिदेशी पाहुनालाई स्वागत गर्न पाउँदा निकै खुसी भएकाे बताउदै दाङमा रहेका पर्यटकिय क्षेत्रकाे बिकासका लागी उहाँलाई सबै कुरा अबगत गराउदै समय मिलेकाे खण्डमा दाङका बिभिन्न ठाउँमा घुमाउन समेत लगिने रावतले बताउनुभयाे । साेहि क्रममा बाेल्दै वडा अध्यक्ष वलीले यस वडा कार्यालयले यसैगरी बर्षभरि नै आउने पर्यटकहरुलाइ स्वागत गर्दै कति पर्यटनहरु तुलसीपुर उपमहानगरपालिका भित्र आउछन भनेर डाटा समेत संकलन गर्ने उहाँले बताउनुभयाे । कार्यक्रममा वडा सचिव दीपा सुबेदी कार्यालय सहायक सरद कुमार रेग्मी लगाएले आफ्ना- आफ्ना धारणा राख्नुभएकाे थियाे ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । लमहीमा पेस्तोल पड्किदा एक जना घाइते भएका छन । यो आज बिहान पौने ११ बजेको घटना हो । घाइते हुनेमा लमहीको रातो डांडा स्थित रोयल प्यालेस होटलमा काम गर्ने १८ वर्षिय सिसम गौतम रहेको दाङका प्रहरी प्रवक्ता चक्र बहादुर शाहले जानकारी दिनु भएको छ । कोठा सफा गर्ने क्रममा एसिमाथी लुकाएर राखेको पेस्तोल […]

काठमाडौं । डम्बर विकले द’लित समुदायमा जन्मिएर विभे’द र बहि*ष्क’रणका कठि-नाइ पार गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदसम्म पुगेर इतिहास रचेका छन्। उनको संघ’र्षमय जीवन र सफलताले द’लित तथा सीमान्तकृ’त समुदायका लागि प्रेरणाको स्रोत बनेको छ र न्यायको पहुँचमा आशा जगाएको छ। विकको सफलताले वि’भेद र दल’नबीच पनि निरन्तर संघर्ष र मिहिनेतले शिखर चुम्न सकिन्छ […]

रुपन्देही । विगत केही वर्षदेखि बेलायतमा बसिरहेका २७ वर्षीय नारायण ढकाललाई गत कार्तिक २५ गते उनको परिवारले रूपन्देहीको तिलोत्तमा नगरपालिका–११ मृगौलीस्थित करुणा चौतारी फाउन्डेसनद्वारा सञ्चालित लागू औषध उपचार तथा पुन:स्थापना केन्द्रमा भर्ना गरेको थियो । तर, आइतबार उक्त केन्द्रले ढकालको मृत्यु भएको भन्दै परिवारलाई खबर गर्‍यो । केन्द्रका कर्मचारी र केन्द्रभित्र सुधारका लागि राखिएकाहरुको कुटपिटबाट […]

error: Content is protected !!