२० मंसिर २०८२, शनिबार
06-12-2025 , Sat
×

IGP खनालद्धारा कास्की वडा प्रहरी कार्यालय बैदामको प्रहरी व्यारेक भवन शिलान्यास

Logo
प्रकाशित आइतबार, माघ ०५, २०७६

(एबिसी संचार ब्युरो)
संगठन प्रमुख प्रहरी महनिरीक्षक सर्वेन्द्र खनालले यही माघ-०५ गते जिल्ला प्रहरी कार्यालय कास्की र वडा प्रहरी कार्यालय वैदाम कास्कीको हाताभित्र नव-निर्माण हुने प्रहरी व्यारेक भवनको एक कार्यक्रमका बिच शिलान्यास गर्नु भएको छ ।
नेपाल प्रहरीका भौतिक संरचनाहरुलाई व्यवस्थित एवम् सुविधा सम्पन्न बनाई जनमुखी प्रहरी सेवा प्रवाहमा थप सहजता प्रदान गर्न नेपाल प्रहरीको नियमित बजेटबाट निर्माण हुन लागेका उक्त प्रहरी भवन अन्तर्गत जिल्ला प्रहरी कार्यालय कास्कीमा नव निर्माण हुने भवनको प्रहरी माहनिरीक्षक खनालले जगमा भूमि पुजन तथा इट्टा र सिमेन्ट मसला राख्दै शिलान्यास गर्नु भयो भने वडा प्रहरी कार्यालय वैदाममा पोखरा महानगरपालिकाका मेयर मान बहादुर जि.सी. र प्रहरी महानिरीक्षक खनालले सयुँक्त रुपमा भवनको शिलान्यास गर्नुभयो ।
भवन शिलान्यास पश्चात कार्यक्रमलाई सम्बोधन गर्दै संगठन प्रमुख प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले दण्डहिनताको अन्त्यका लागि महिला, बालबालिका तथा ज्येष्ठ नागरीक विरुद्धका घटनाहरुमा शुन्य सहनशिलताको नीति अंगिकार गरी राज्यको शान्ति सुरक्षा तथा अमन चयनको अवस्थालाई सदैव विश्वस्त बनाउदै प्रहरी संगठनलाई दक्षिण एसियाकै अब्बल प्रहरी संगठनको रुपमा परिचित गराई राज्यद्धारा सुम्पिएका सबै जिम्मेवारीलाई संगठनले त्रुटिरहित ढङगले पुरा गरेको स्मरण गर्नु भएको छ ।
साथै कुनैपनी भौतिक संरचनाहरु र अन्य विषयहरु व्यवसायिक प्रहरी कार्य सम्पादनको कारक नहुने भएपनी सुविधा सम्पन्न प्रहरी कार्यालय व्यारेकहरुमा बस्ने प्रहरी कर्मचारीहरुबाट थप प्रभावकारी एवम् जनमुखी प्रहरी सेवा प्रवाह हुनेमा आफु विश्वस्त रहेको बताउदै तोकिएको समय सिमा भित्रै निर्माण कार्य सम्पन्न गर्न समेत सम्बन्धित पक्षको ध्यानाकर्षण गराउनु भएको छ ।
पोखरा महानगरपालिकाका मेयर मान बहादुर जि.सी.ले पोखरा महानगरलाई देश कै सुरक्षित, सु-संस्कृत र समृद्ध बनाउन महानगर अन्तर्गत आफूहरु जस्तो सुकै योगदान गर्न पनि कटिवद्ध भएको बताउदै जनप्रतीनिधि, प्रहरी र प्रशासन साझा उदेश्यका साथ अघि बढ्नुको विकल्प नरहेको बताउनु भयो ।
गण्डकी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक विनोद शर्मा घिमिरेले न्यून सुविधा र स्रोत साधनका बावजुत पनि उत्कृष्ट प्रहरी सेवा प्रदान गर्दै आएको प्रहरी संगठनका लागि सुविधा सम्पन्न प्रहरी भवनहरुको निर्माण हुनु खुशिको कुरा भएको बताउदै प्रविधियुक्त जनमैत्री प्रहरी सेवा प्रवाह नै आजको प्रमुख आवश्यक्ता रहेको औँल्याउनु भएको छ ।
कार्यक्रममै समुदाय प्रहरी साझेदारी अवधारणा अन्तर्गत कास्की जिल्लामा प्रहरीसंग साझेदारी गर्ने पोखरा महानगरपालिका लगायत जिल्ला अन्तर्गगत विभिन्न गाउँपालिकाहरुलाई प्रहरी महानिरीक्षकद्धारा प्रशंसा पत्र हस्तान्तरण गरिनुका साथै जिल्ला अन्तर्गत उत्कृष्ट कार्य सम्पादन गर्ने प्रहरी अधिकृतहरुलाई समेत सम्मान गरिएको छ ।
उक्त कार्यक्रममा गण्डकी प्रदेश सांसद राजिव पहारी, स्थानीय जनप्रतिनिधिहरु, सामुदायिक प्रहरी सेवा केन्द्रका अध्यक्ष तथा प्रतिनिधिहरु, विभिन्न संघ सस्थाका प्रतिनिधिहरु, आमा समूह, पोखरा स्थित विभिन्न प्रहरी कार्यालयका प्रहरी प्रमुख तथा अन्य प्रहरी कर्मचारीहरु, पत्रकार लगायतको उपस्थिति रहेको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । गत चैत लमजुङमा भएको पूर्वप्रहरी हवलदार सीता कँडेलको हत्यापछि फरार व्यक्तिलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले ७ महिनापछि पक्राउ गरेको छ।उक्त घटनामा संलग्न चितवनको रत्ननगर नगरपालिका-६ घर भएका ४७ वर्षीय बुद्धिराम दराईलाई बिहीबार पक्राउ गरिएको हो। दराईलाई रुपन्देही सिद्धार्थनगर नगरपालिका-१ बेलहियास्थित सडकबाट नियन्त्रणमा लिई थप अनुसन्धानका लागि लमजुङ जिल्ला प्रहरी कार्यालयमा बुझाइएको ब्युरोले […]

बाँके । गुलरिया बसपार्कस्थित नजिक मुबारक अहमद कवडियाको पसलबाट भन्सार छली गरी ल्याइएको ३३ हजार ९ सय किलो मटर बरामद गरेर भन्सार कार्यालयमा बुझाइएको बाँके प्रहरीका निमित्त सूचना अधिकारी प्रहरी निरीक्षक रमेश विष्टले जानकारी दिए ।उनका अनुसार बरामद मटरको बजार मूल्य २० लाख ३४ हजार रुपैयाँ छ । मटर सँगै पसल सञ्चालकलाई पनि प्रहरीले भन्सारमा […]

काठमाडौं । भारत जोधपुरमा एक वकिलसँग अभद्र व्यवहार गर्दै ‘थुन्ने’ धम्की दिएको घटनाले भारतीय प्रहरी प्रशासनलाई ठूलो आलोचना र कारबाहीको घेरामा पुर्‍याएको छ। सोमबार राति कुडी भगतसनी प्रहरी चौकीमा घटेको यो घटनाको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेपछि उच्च अदालतले स्वतः संज्ञान लिँदै कडा निर्देश जारी गरेको हो। वकिल भरतसिंह राठौर एक बलात्कार प्रयासबाट बचेकी पीडिताको […]

error: Content is protected !!