०९ कार्तिक २०८३, आइतबार
25-10-2026 , Sun
×

चरा संरक्षणका लागि समुदायस्तरमा सचेतना जगाउन आवश्यक चरा संरक्षण सम्बन्धि क्षमता बढाउन प्रशिक्षण

Logo
बिदुर एमसी प्रकाशित बिहिबार, कार्तिक २०, २०८२

दाङ । लमही चरा तथा जैविक विविधता विषय संरक्षण सम्बन्धि एकदिनका लागि दक्षता बढाउन तालीम दाङको -देउखुरी, लमहीमा हालै सम्पन्न भएकाे छ । समुदायमा आधारित विभिन्न संस्थाबाट सहभागीहरुलाई महत्त्वपूर्ण चरा तथा जैविक विविधता सम्बन्धि अत्यन्तै जानकारीमूलक प्रशिक्षण प्रदान गरिएको हो ।

उक्त क्षमता बढाउने प्रशिक्षणमा नेपाल पंक्षी संरक्षण संघ, काठमाडौंकाे आयाेजनामा दाङ-देउखुरी चुरे वन तथा पश्चिम राप्ती सिमसार क्षेत्रमा आप्रबासी चराहरूकाे संरक्षणका लागि स्थानीय सरकार र समुदायकाे संलग्नता नामक परियाेजना अन्तर्गत समुदायमा आधारित संस्थाहरूका प्रतिनिधिहरूलाई प्रदान गरिएको बताइन्छ ।

समुदायमा आधारित संस्थाहरूका प्रतिनिधिहरूलाई चरा र जैविक विविधता क्षेत्रको बारेमा जानकारी दिनुका साथै चरा संरक्षणमा अनि तिनीहरूको बासस्थान संरक्षणमा टेवा पुर्‍याउने उद्देश्यले यो कार्यक्रमको आयोजना गरिएको संघका परियाेजना अधिकृत भुपाल नेपालीले बताएका छन् । साथमा अधिकृत नेपालीले पंक्षी संरक्षण संघ, सञ्चालित परियोजना तथा महत्त्वपूर्ण चरा र जैविक विविधता क्षेत्र संरक्षण को विषयमा विस्तृत रुपमा प्रशिक्षण प्रदान गरेका थिए ।

कार्यक्रममा संघका अर्का परियोजना अधिकृत अमृत नेपालीले चराको महत्व र चराको पहिचान लगायतका विषयमा प्रकाश पारेका थिए । त्यसैगरी संघका अर्का परियोजना अधिकृत दिलिप चन्दले महत्वपूर्ण चराक्षेत्र र बसाईसराई गरी आउने चराहरूको विषयमा आफ्नो प्रस्तुतिकरण राखेका थिए ।

परिचालन सञ्चालन भएका दाङकाे देउखुरीमा राप्ती, गढवा, राजपुर गाउँपालिका र लमही नगरपालिकाका सामुदायिक वन समूहका प्रतिनिधिहरू, जैविक विविधता क्षेत्रमा काम गर्ने संघ संस्थाका प्रतिनिधिहरू र स्थानीय संरक्षणकर्मीहरू गरी सो प्रशिक्षण कार्यक्रममा झण्डै दुई दर्जन बढीको सहभागिता रहेको थियाे ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  काठमाडौं । गत साता बिरामी पाठोलाई माइक्रोबसको छतमा बाँधेर पोखरा लैजान लागिएको भिडियो सार्वजनिक भएको थियो। भिडियोमा आशिका तामाङ आफैं घटनास्थलमा पुगेर सहचालकलाई पाठोलाई तल झार्न र गाडीभित्र सुरक्षित ठाउँमा राख्न आग्रह गर्नुभएको थियो। उहाँले भन्नुभएको थियो — _‘मलाई जति गाह्रो हुन्छ, यसलाई कति गाह्रो हुन्छ।’_ चिसोमा छतमा राख्दा थप पीडा हुने भन्दै पैसाका […]

  काठमाडौं । रास्वपा सभापति रवि लामिछाने पत्नी निकिता पौडेलसहित शुक्रबार (कार्तिक ७) तीन दिने निजी तथा पारिवारिक तीर्थाटनका लागि भारत प्रस्थान* गर्नुभएको हो। *भ्रमणको रुट:* काठमाडौं → धनगढी हवाई यात्रा → गड्डाचौकी नाका हुँदै भारत प्रवेश। *कहाँ-कहाँ जाँदैछन्?* उहाँको निजी सचिवालयका अनुसार दुई प्रसिद्ध शक्तिपीठमा सपरिवार पूजाअर्चना गर्ने कार्यक्रम छ: १. *कैंची धाम, नैनीताल, […]

*काठमाडौं । नेपाल प्रहरीमाथि योजनाबद्ध रूपमा आक्रमण भइरहेको भन्ने विषयमा तथ्य, प्रमाण र तर्कसहित विश्लेषण प्रस्तुत गर्नु व्यावसायिक पत्रकारिताको महत्त्वपूर्ण जिम्मेवारी हो। यस्तो संवेदनशील अवस्थामा संस्थाको गरिमा, व्यावसायिक मनोबल र सार्वजनिक विश्वाससँग सम्बन्धित विषयमा गम्भीर बहस हुनु आवश्यक छ। तर प्रहरीको जन्मदिन, प्रहरीभित्रका ‘उत्कृष्ट जोडी’ लगायतका विषयमा तस्बिर र श्रव्यदृश्य सामग्री तयार पार्ने क्रममा सक्रिय […]