१४ बैशाख २०८३, सोमबार
27-04-2026 , Mon
×

चरा संरक्षणका लागि समुदायस्तरमा सचेतना जगाउन आवश्यक चरा संरक्षण सम्बन्धि क्षमता बढाउन प्रशिक्षण

Logo
बिदुर एमसी प्रकाशित बिहिबार, कार्तिक २०, २०८२

दाङ । लमही चरा तथा जैविक विविधता विषय संरक्षण सम्बन्धि एकदिनका लागि दक्षता बढाउन तालीम दाङको -देउखुरी, लमहीमा हालै सम्पन्न भएकाे छ । समुदायमा आधारित विभिन्न संस्थाबाट सहभागीहरुलाई महत्त्वपूर्ण चरा तथा जैविक विविधता सम्बन्धि अत्यन्तै जानकारीमूलक प्रशिक्षण प्रदान गरिएको हो ।

उक्त क्षमता बढाउने प्रशिक्षणमा नेपाल पंक्षी संरक्षण संघ, काठमाडौंकाे आयाेजनामा दाङ-देउखुरी चुरे वन तथा पश्चिम राप्ती सिमसार क्षेत्रमा आप्रबासी चराहरूकाे संरक्षणका लागि स्थानीय सरकार र समुदायकाे संलग्नता नामक परियाेजना अन्तर्गत समुदायमा आधारित संस्थाहरूका प्रतिनिधिहरूलाई प्रदान गरिएको बताइन्छ ।

समुदायमा आधारित संस्थाहरूका प्रतिनिधिहरूलाई चरा र जैविक विविधता क्षेत्रको बारेमा जानकारी दिनुका साथै चरा संरक्षणमा अनि तिनीहरूको बासस्थान संरक्षणमा टेवा पुर्‍याउने उद्देश्यले यो कार्यक्रमको आयोजना गरिएको संघका परियाेजना अधिकृत भुपाल नेपालीले बताएका छन् । साथमा अधिकृत नेपालीले पंक्षी संरक्षण संघ, सञ्चालित परियोजना तथा महत्त्वपूर्ण चरा र जैविक विविधता क्षेत्र संरक्षण को विषयमा विस्तृत रुपमा प्रशिक्षण प्रदान गरेका थिए ।

कार्यक्रममा संघका अर्का परियोजना अधिकृत अमृत नेपालीले चराको महत्व र चराको पहिचान लगायतका विषयमा प्रकाश पारेका थिए । त्यसैगरी संघका अर्का परियोजना अधिकृत दिलिप चन्दले महत्वपूर्ण चराक्षेत्र र बसाईसराई गरी आउने चराहरूको विषयमा आफ्नो प्रस्तुतिकरण राखेका थिए ।

परिचालन सञ्चालन भएका दाङकाे देउखुरीमा राप्ती, गढवा, राजपुर गाउँपालिका र लमही नगरपालिकाका सामुदायिक वन समूहका प्रतिनिधिहरू, जैविक विविधता क्षेत्रमा काम गर्ने संघ संस्थाका प्रतिनिधिहरू र स्थानीय संरक्षणकर्मीहरू गरी सो प्रशिक्षण कार्यक्रममा झण्डै दुई दर्जन बढीको सहभागिता रहेको थियाे ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

एजेन्सी । गत बिहीबार मात्र दुई देशबिचको युद्धविराम तीन हप्ताका लागि बढाइएको थियो। यहीबिच इजरायलले लेबननमा हमला गरेको हो। त्यसो त युद्धविराम सम्झौतामै आफ्नो सुरक्षाका लागि इजरायललाई जुनसुकै बेला आवश्यक उपाय अपनाउन पाउने भनिएको छ। आइतबार आक्रमण गरिनुभन्दा अघि इजरायल रक्षा बल (आईडीएफ) का प्रवक्ताले दक्षिणी लेबननका धेरै गाउँका बासिन्दालाई तुरुन्तै ठाउँ छाड्न चेतावनी दिएका थिए। बीबीसीका अनुसार इजरायलका प्रधानमन्त्री बेन्यामिन नेतन्याहुले […]

काठमाडौं । नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको जन्मभूमि चुँदी रम्घालाई नेपाली भाषा र साहित्यको अन्तर्राष्ट्रिय केन्द्र बनाउने लक्ष्यसहित निर्माण गर्न लागिएको ‘भानु साहित्य उद्यान’ को शिलान्यासका लागि राष्ट्रपति पौडेल त्यहाँ जान लागेका हुन्।

काठमाडौं । यतिबेला (सोमबार बिहान) हिमाली र पहाडी क्षेत्रको आकाशमा साधारणतया बादल बादल लागेको छ भने बाँकी स्थानमा आंशिक बादल लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मौसमविद्का अनसार हाल नेपालमा पश्चिमी र स्थानीय वायुका साथै नेपालको पूर्वी भूभागनजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव छ। अर्थात् अहिले देशमा एकसाथ तीन मौसम प्रणालीको प्रभाव परिरहेको छ। […]

error: Content is protected !!