०१ आषाढ २०८३, सोमबार
15-06-2026 , Mon
×

दाङमा सुनचाँदी पसलमा गोली प्रहार गर्ने व्यक्ति जेनजी आन्दोलनका क्रममा कारागारबाट फरार भएको कैदी

Logo
सागर थापा (क्राईमबिट) प्रकाशित शनिबार, पुष ०५, २०८२

दाङ । लमहीमा रहेको जुनतारा सुनचाँदी पसलमा गोली प्रहार गरी आतंक मच्चाएका व्यक्ति जेनजी आन्दोलनका क्रममा तुलसीपुर कारागारबाट फरार भएका कैदी भएको खुलासा भएको छ। प्रहरीले घटनामा संलग्न दाङको बंगलाचुली गाउँपालिका निवासी ३१ वर्षीय लेखराज केसीलाई पक्राउ गरेको हो। जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख एवं प्रहरी उपरीक्षक दीपक श्रेष्ठका अनुसार केसीले लुटपाट गर्ने योजनासहित सुन किन्न आएको ग्राहकको रूपमा पसल प्रवेश गरी गोली प्रहार गरेका थिए। घटनापछि फरार भएका उनलाई शुक्रबार बिहान दाङको राजपुर गाउँपालिकास्थित जंगल क्षेत्रबाट नियन्त्रणमा लिइएको हो। प्रहरीका अनुसार केसी भदौ २५ गते जेनजी आन्दोलनका बेला तुलसीपुर कारागारबाट फरार भएका थिए। रुकुममा भएका आपराधिक घटनामा संलग्न भई १५ वर्षको कैद सजाय भोगिरहेका केसीलाई २०८१ सालमा तुलसीपुर कारागारमा सारिएको थियो। फरारपछि केही समय भारतमा बसेका उनी स्वदेश फर्किएर पुनः आपराधिक गतिविधिमा संलग्न भएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ।

गोली प्रहारपछि केसी लमहीकै एक होटेलमा गएर बसेको र घटनामा प्रयोग गरिएको पेस्तोल त्यहीँ लुकाएर फरार भएको प्रहरीको भनाइ छ। मंसिर २७ गते होटेलको कोठा सरसफाइका क्रममा लुकाइएको पेस्तोल पड्किँदा एक जना कामदार सामान्य घाइते भएका थिए। मंसिर २१ गते भएको उक्त गोली प्रहार घटनाबारे दाङ जिल्ला अदालतबाट म्याद थप गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय दाङले शुक्रबार पत्रकार सम्मेलन गरेर जानकारी दिएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । नेपाल प्रहरी एउटा विशुद्ध व्यावसायिक, अनुशासित र राष्ट्रिय संस्था हो। यसको प्रमुख दायित्व देशभर शान्ति सुरक्षा कायम गर्नु, कानुनको शासनलाई सुदृढ बनाउनु तथा नागरिकलाई प्रभावकारी र विश्वसनीय सेवा प्रदान गर्नु हो। त्यसैले प्रहरी कर्मचारीको सरुवा तथा पदस्थापना संगठनको आवश्यकता, व्यावसायिकता र राष्ट्रिय हितलाई केन्द्रमा राखेर हुनु स्वाभाविक र अपरिहार्य विषय हो। यद्यपि, संघीय […]

बाँके । कोहलपुर *अहिलेको अवस्था कस्तो छ:* 1. *खाली जग्गा + भग्नावशेष*: वर्षौंदेखि मान्छे बसेको ठाउँ अहिले समथर परेको छ। कतै-कतै भत्किएको टहराको काठ, टिन, प्लास्टिकका टुक्रा छरिएका छन्। पहिले भीडभाड भएको ठाउँ अहिले सुनसान लाग्छ। 2. *पुल/सडक फराकिलो*: बस्ती हटेपछि सडक चौडा भएको छ। सरकारी पक्षले भनेको “व्यवस्थित सहर, ट्राफिकको समस्या कम” भन्ने दृश्य […]

दाङ । विश्व रक्तदान दिवसका अवसरमा त्रिभुवन नगर जेसिजले आइतबार घोराहीमा बृहत रक्तदान कार्यक्रमको आयोजना गरेको छ। रक्तदान कार्यक्रममा ४९ जना बढीले रक्तदान गरेका थिए। त्रिभुवन नगर जेसिजका अध्यक्ष मिनराज भाटको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि नेपाल पत्रकार महासङ्घका केन्द्रीय सचिव सविन प्रियासनले रक्तदान जीवनदानसँग जोडिएको कार्य भएका कारण यसलाई सबैले आफ्नो दैनिकी बनाउनुपर्ने बताउनुभयो […]

error: Content is protected !!