काठमाडौं । नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभाग प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक एआईजी सुशील सिंह राठौर, तालुक लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक राजेन्द्र प्रसाद भट्टज्यू अनुगमन तथा निरीक्षणको क्रममा यस जिल्ला प्रहरी कार्यालय दाङमा पाल्नुभई अपराध अनुसन्धान शाखा निरीक्षण गर्नुभई शाखाबाट सम्पादित कार्य विवरणको बारेमा
जानकारी लिनुका साथै जिल्ला प्रहरी कार्यालय यस जिल्लामा कार्यरत प्रहरी कर्मचारीहरु तथा मातहतका युनिटका सिनियर प्रहरी अधिकृतहरुलाई सेवा प्रवाहलाई अझ चुस्त दुरुस्त बनाउदै समाजमा शान्ति सु-ब्यवस्था कायम गरी आफ्नो जिम्मेवारी त्रुटि रहित ढंगबाट सम्पादन गर्ने सम्बन्धमा आवश्यक निर्देशन दिनुभयो