०१ आषाढ २०८३, सोमबार
15-06-2026 , Mon
×

बारा यातायातमा आक्रोश: लिखित तथा ट्रायल प्रमुख जीवन पौडेलमाथि ‘जेनजी’ युवाद्वारा कालोमोसो

Logo
ABC (क्राईमबिट) भन्डाफोर प्रकाशित बिहिबार, पुष २४, २०८२

बारा । बिहान करिब ११:३० बजे बारा जिल्ला यातायात व्यवस्था कार्यालय परिसरमा तनावपूर्ण अवस्था सिर्जना भएको छ। आफूलाई ‘जेन–जी’ युवाहरु भनेर चिनाउने समूहले कार्यालयका लिखित तथा ट्रायल प्रमुख जीवन पौडेलमाथि कालोमोसो गरेका छन्।

युवाहरुले पौडेलमाथि लिखित परीक्षा तथा ट्रायल प्रक्रियामा अनियमितता, फर्जी काम र आर्थिक चलखेल गर्दै आएको आरोप लगाएका छन्। पटक–पटक सचेत गराउँदा पनि सुधार नभएको भन्दै आक्रोशित युवाहरुले विरोधस्वरूप कालोमोसो गरेको उनीहरुको भनाइ छ। घटनास्थलमै एक युवाले “पौडेल पैसामुखी छन्, फेललाई पास गराउने धन्दा रोकिएन” भन्दै प्रतिक्रिया दिएका थिए।

बारा जिल्ला यातायात व्यवस्था कार्यालय पछिल्लो समय सेवाभन्दा बढी गुनासो, असन्तुष्टि र विवादले घेरिएको देखिन्छ। सेवाग्राहीको बढ्दो भीडसँगै अनियमितता, दलाली र ‘सेटिङ’को आरोप दिनानुदिन तीव्र बन्दै गएको छ। स्थानीय सेवाग्राहीहरू कार्यालयको अवस्थालाई “बाहिर नियम, भित्र चलखेल” भनेर टिप्पणी गर्न थालेका छन्।

सेवाग्राही र स्थानीय स्रोतका अनुसार यस कार्यालयमा लिखित तथा ट्रायल प्रमुख जीवन पौडेल नै वास्तविक निर्णयकर्ता बनेको आरोप छ। औपचारिक प्रमुख कार्यालयमा कमै देखिने र दैनिक प्रशासनिक निर्णयदेखि लाइसेन्ससम्बन्धी प्रक्रियासम्म पौडेलकै प्रभाव चल्ने गरेको उनीहरुको दाबी छ।

स्थानीय स्रोत भन्छन्, “कार्यालयका अधिकांश निर्णय पौडेलको इसारामा हुन्छन्। कर्मचारीदेखि बाहिरी दलालसम्मको नेटवर्क उनकै वरिपरि घुमिरहेको छ।”

हालै सम्पन्न लिखित परीक्षामा परीक्षार्थीको उत्तरपुस्तिकामा चिन्ह लगाइएको घटनाले कार्यालयको विश्वसनीयतामाथि गम्भीर प्रश्न उठाएको छ। सेवाग्राहीहरूका अनुसार परीक्षा प्रणालीमै हस्तक्षेप हुने गरेको र पास–फेलमा आर्थिक चलखेल हुने गरेको आरोप जीवन पौडेलतर्फ केन्द्रित छ।

एक परीक्षार्थी भन्छन्, “पैसा नदिए पास हुँदैन भन्ने कुरा खुलेआम सुनिन्छ। सबै प्रक्रिया सेटिङमै चल्छ भन्ने अनुभूति भयो।”

सेवाग्राहीहरूको आरोप छ कि लिखित, ट्रायल र कागजी प्रक्रियासम्म संगठित मिलेमतो बिना यस्ता अनियमितता सम्भव छैनन्। कार्यालयभित्रको संयन्त्र सञ्चालनमा जीवन पौडेलको केन्द्रीय भूमिका रहेको उनीहरुको दाबी छ।

लगातार उजुरी, विवाद र असन्तुष्टिका बाबजुद जिल्ला प्रशासन, प्रदेश सरकार र अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट कुनै ठोस छानबिन नदेखिएको भन्दै स्थानीयवासी आक्रोशित छन्। आजको घटनालाई त्यसै आक्रोशको विस्फोटका रूपमा हेरिएको छ।

घटनापछि कार्यालय परिसरमा केही समय तनावपूर्ण अवस्था सिर्जना भए पनि थप अप्रिय घटना भने भएको छैन। सम्बन्धित निकायले घटनाबारे औपचारिक प्रतिक्रिया दिन बाँकी छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

धनगढी । *घटना के भयो भन्ने बुझाइ:* डिभिजन वन कार्यालय धनगढीका कर्मचारीहरूले सडक छेउमा पसल गर्ने गरिब परिवारको टेम्पो सामान झार्ने समय नदिई जबरजस्ती भिरबाट खसालिदिए। अब त्यो परिवारको जीविकोपार्जन नै टुटेको छ र उनीहरू न्याय माग्दै छन्। *कानून के भन्छ?* 1. *सडक छेउमा व्यापार*: सरकारी जग्गा/सडक मिचेर व्यापार गरे रोक्न पाइन्छ। तर प्रक्रिया छ […]

एजेन्सी । भारतको असमको जोरहाटस्थित रौरिया इन्डियन एयरबेसमा शनिबार बिहान १० बजे अवतरणका क्रममा भारतीय वायुसेनाको एउटा विमान दुर्घटनाग्रस्त भएको छ। यस दुखद दुर्घटनामा पाइलटसहित ५ जना जवानको मृत्यु भएको छ भने एक जना को-पाइलट घाइते भएका छन्। ज्यान गुमाउनेहरूमा स्क्वाड्रन लिडर प्रशान्त सिंह, फ्लाइट लेफ्टिनेन्ट शुभम कुमार, सार्जेन्ट जितेन्द्र शर्मा, अग्निवीरवायु खेमाराम कुमावत र […]

काठमाडौँ । बितेका २४ घण्टामा दुई हजार ५९८ सवारी चालक सवारी नियम उल्लंघनको कारबाहीमा परेका छन् । यसबाट राज्यकोषमा रु १७ लाख ८६ हजार  ५०१ राजस्व दाखिला भएको छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मादक पदार्थ सेवन गरेका १९९, नियमविपरीत ‘राइड सेयरिङ’ गरेका १६७, संकेत बत्ती उल्लंघनकर्ता १२० र तीव्र गतिमा सवारीसाधन हुइँक्याएका […]

error: Content is protected !!