०१ आषाढ २०८३, सोमबार
15-06-2026 , Mon
×

घोराही उपमहानगरपालिकाद्वारा किराना तथा जनरल स्टोरहरुको अनुगमन निरंतरता

Logo
सागर थापा प्रकाशित शुक्रबार, पुष २५, २०८२

दाङ । घोराही माघी पर्व नजिकिए सङ्गै आम उपभोक्ताहरुको स्वच्छ र गुणस्तरीय बस्तुहरुको उपयोग गर्न पाउने अधिकारको रक्षा गर्ने उदेश्यका साथ घोराही उपमहानगरपालिकाले किराना तथा जनरल स्टोरहरुको अनुगमनलाई आज मिति २०८२/०९/२५ गते पनि निरन्तरता दिदै घोराही उपमहानगरपालिकाको संयुक्त बजार अनुगमन टोलीद्वारा बजार क्षेत्रका ब्यस्त क्षेत्रहरु तुल्सीपुर चोक र आसपासका आधा दर्जन बढी किराना पसलहरुमा अनुगमन गरेको छ । त्यस क्रममा ६९८०/- बराबरका विभिन्न म्याद गएका सामानहरु समेत नियन्त्रणमा लिइएको छ । उक्त अनुगमन घोराही उपमहानगरपालिकाको नेतृत्वमा जिल्ला प्रशासन कार्यालय, वडा प्रहरी कार्यालय , उद्योग वाणिज्य संघ , पत्रकार महासंघ, नगरको उपभोक्ता हित संरक्षण शाखा, नगर प्रहरी लगायतका विभिन्न नियमनकारी निकाय तथा समन्वयकारी संघ संस्थाहरुको उपस्थितिमा गरिएको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

धनगढी । *घटना के भयो भन्ने बुझाइ:* डिभिजन वन कार्यालय धनगढीका कर्मचारीहरूले सडक छेउमा पसल गर्ने गरिब परिवारको टेम्पो सामान झार्ने समय नदिई जबरजस्ती भिरबाट खसालिदिए। अब त्यो परिवारको जीविकोपार्जन नै टुटेको छ र उनीहरू न्याय माग्दै छन्। *कानून के भन्छ?* 1. *सडक छेउमा व्यापार*: सरकारी जग्गा/सडक मिचेर व्यापार गरे रोक्न पाइन्छ। तर प्रक्रिया छ […]

एजेन्सी । भारतको असमको जोरहाटस्थित रौरिया इन्डियन एयरबेसमा शनिबार बिहान १० बजे अवतरणका क्रममा भारतीय वायुसेनाको एउटा विमान दुर्घटनाग्रस्त भएको छ। यस दुखद दुर्घटनामा पाइलटसहित ५ जना जवानको मृत्यु भएको छ भने एक जना को-पाइलट घाइते भएका छन्। ज्यान गुमाउनेहरूमा स्क्वाड्रन लिडर प्रशान्त सिंह, फ्लाइट लेफ्टिनेन्ट शुभम कुमार, सार्जेन्ट जितेन्द्र शर्मा, अग्निवीरवायु खेमाराम कुमावत र […]

काठमाडौँ । बितेका २४ घण्टामा दुई हजार ५९८ सवारी चालक सवारी नियम उल्लंघनको कारबाहीमा परेका छन् । यसबाट राज्यकोषमा रु १७ लाख ८६ हजार  ५०१ राजस्व दाखिला भएको छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मादक पदार्थ सेवन गरेका १९९, नियमविपरीत ‘राइड सेयरिङ’ गरेका १६७, संकेत बत्ती उल्लंघनकर्ता १२० र तीव्र गतिमा सवारीसाधन हुइँक्याएका […]

error: Content is protected !!