२७ साउन २०८३, बुधबार
12-08-2026 , Wed
×

लालमटिया महाेत्सव गाईजात्रा नआउने कलाकारकाे नाममा टिकट बिक्री गरेर दर्शक झुक्याइयो :

Logo
बिदुर एमसी प्रकाशित सोमबार, पुष २८, २०८२

दाङ । भालुवाङ लालमटिया महाेत्सव उद्घाटनको दोस्रो दिन पुष २६ गते, शनिबार लोकदोहोरी गायिका शान्तिश्री परियार नआएपछि रु एकसयको टिकट काटेर महोत्सवमा पुगेका दर्शकहरु जिल्लै । यसरी महोत्सव आयोजक राप्ती उद्योग वाणिज्य संघ, भालुवाङ पूर्णरूपमा असक्षम सावित भएकाे छ ।

दैनिक कलाकारकाे पाेष्टरमा चर्चित लाेकदाेहाेरी गायिका शान्तिश्री परियार गत पुष २६ गते, शनिबार आउने भनेर व्यापक प्रचार-प्रसार गरियाे । यतिमात्र हाेइन, स्वयं गायिका परियारले आफू २६ गते लालमटिया महाेत्सवमा आउने भनेर विभिन्न सामाजिक सञ्जालबाट भिडियाे सार्वजनिक भएकाे थियाे ।

माैसम खराबीका कारण बहाना बनाएर गायिका परियार आफू महाेत्सवमा आउन नसकेकाे व्यहोरा कार्यक्रमका उद्घाेषक राजेश भण्डारीले प्रत्यक्ष टेलिफाेन संवाद मार्फत दर्शकहरूलाई जानकारी गराएका थिए । उक्त कुराकानीमा आफू २६ गतेकाे साटाे पुस २९ गते, मंगलबार लालमटिया महाेत्सवमा आउने भनेर प्रतिबद्धता पनि जाहेर गरेकी थिइन् ।

तथापि पुस २९ गते, मंगलबार पनि बहुचर्चित लाेकदाेहाेरी गायिका परियार लालमटिया महाेत्सव नआउने पक्कापक्की थाहा हुन आएको छ । कारण, आयाेजकले आज सोमबार नै भाेली २९ गते आउने कलाकारहरूकाे पाेष्टर सार्वजनिक गरिसकेको छ । जस अनुसार त्यसमा गायिका परियारकाे नामको कुनै फेदटुप्पो छैन ।

आयाेजकले यस किसिमले दर्शक झुक्याएर ठगेको भनेर बुझ्नका लागि अब कुनै आइतबार पर्खिनु पर्ला र ? आयाेजकले यसको जवाफ अवश्यै दिनेछ भनेर आशा गरौं ।
नाममा चर्चा पाएका कलाकारहरूकाे नाम बचेर टिकट काट्ने, अनि महाेत्सवमा ती कलाका र नआउने । यस्ताे प्रकारकाे काम सरासर ठगी धन्दा हाे । आयोजकले दर्शकलाई ठगेको छ ।

एक झूटको छिपानेके लिए सौ झूट बोलना पड्ता है, भन्ने हिन्दीमा उखान भएझैँ एकपछि अर्काे झूट बाेलेर महोत्सव आयाेजक राप्ती उद्योग बाणिज्य संघ झन्झन् बिबादको गोलचक्करमा फसिसकेकाे छ । अन्ततः लालमटिया महोत्सवका नाउँमा गाइजात्रा देखायो आयोजकले ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । डुडुवा गाउँपालिकाको सहयोगमा प्रहरी चौकी खडैचाको लागि आवश्यक सामानहरू प्राप्त भएका छन्। प्राप्त सामानहरू स्टिल दराज – १ थान टेबुल पंखा – १ थान टेबुल – १ थान सिलिङ पंखा – १ थान मल्टिप्लग – १ थान कार्यालयको दैनिक कामकाजलाई व्यवस्थित र सहज बनाउन यति महत्वपूर्ण सहयोग उपलब्ध गराउनु भएकोमा डुडुवा गाउँपालिकाको कार्यालय […]

काठमाडौं । सशस्त्र प्रहरी बल, नेपालको प्रधान कार्यालय शिक्षालय, गण तथा गुल्महरूमा नयाँ कार्यालय प्रमुखको जिम्मेवारी प्राप्त गर्नुभएका सशस्त्र प्रहरी वरिष्ठ अधिकृत तथा अधिकृतहरूलाई आईजिपी नारायण दत्त पौडेलले विशेष निर्देशन दिनुभएको छ। निर्देशनका मुख्य बुँदाहरू अनुमानित रूपमा आदेश पालन र अनुशासन: बलको मर्यादा कायम गर्दै मातहतलाई अनुशासित बनाउने सीमा सुरक्षा र अपराध नियन्त्रण: तस्करी, मानव […]

दाङ । घोराही उपमहानगरपालिका–१३ कलमघारी निवासी चामबहादुर कुमाल भारतबाट घर फर्किने क्रममा एक सातादेखि सम्पर्कविहीन भएपछि परिवार चिन्तित बनेको छ। श्रीमान् सम्पर्कमा नआएपछि उहाँकी श्रीमती बिमला कुमालले सञ्चारकर्मीहरूमार्फत चामबहादुरको खोजी गरिदिन सबैसँग आग्रह गर्नुभएको छ। भारतबाट घर फर्किन हिँडेका चामबहादुर एक साता बितिसक्दा पनि घर नआएको र परिवारसँग समेत सम्पर्क हुन नसकेको बिमलाले बताउनुभयो। श्रीमान्को […]