२६ साउन २०८३, मंगलबार
11-08-2026 , Tue
×

अपराधरहित समाज निर्माणमा नागरिक सहकार्य आवश्यक: आईजिपी दानबहादुर कार्की

Logo
ABC (क्राईमबिट) प्रकाशित सोमबार, पुष २८, २०८२

काठमाडौं । नेपाल प्रहरी महानिरीक्षक दान बहादुर कार्कीले समाजमा शान्ति सुरक्षा अमन चयन कायम राख्न एवम् अपराध रहित समाज निर्माणमा प्रहरीको एकल प्रयासले मात्र नभई नागरिकसँगको साझा सहकार्य आवश्यक रहेको बताउनुभएको छ ।

जिल्ला प्रहरी परिसर भक्तपुरको आयोजनामा भक्तपुरको दरबार स्क्वायरमा सोमबार आयोजित समारोह बिच ‘हाम्रो प्रहरी’ कार्यक्रम तथा ट्राफिक सप्ताह-२०८२ विशेषलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक कार्कीले उक्त कुरा बताउनुभएको हो ।

सो अवसरमा प्रहरी महानिरीक्षक कार्कीले प्रहरी कार्यालय पुन:निर्माणमा योगदान गर्ने व्यक्तित्वहरूलाई कदरपत्र प्रदान गर्नुभयो ।

समारोहमा प्रहरी महानिरीक्षक कार्कीले समाजमा हुने कुनै पनि आपराधिक गतिविधिहरूको सूचना दिन तथा त्यस्ता गतिविधिमा संलग्नलाई कानुनी दायरामा ल्याउनको लागि सबै नागरिकहरूको आ-आफ्नो क्षेत्रमा उत्तिकै भूमिका रहेन उल्लेख गर्दै आजको यस सन्देशमूलक कार्यक्रमले सभ्य एवम् सुरक्षित समाज निर्माण गर्ने कार्यमा सफलता मिल्ने बताउनुभयो । विगतमा भएका कमी कमजोरीहरूलाई सुधार गर्दै नागरिक र प्रहरीको सहकार्यमा प्रभावकारी कानुन कार्यान्वयन गरी कानुनी शासन स्थापना गर्ने कार्यमा प्रहरी सदैव क्रियाशील रहेको उहाँले बताउनुभयो ।

कार्यक्रममा काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक ईश्वर कार्कीले प्याब्सन भक्तपुरद्वारा आयोजित जिल्ला स्तरीय वक्तृत्वकला प्रतियोगीताका विजयी छात्र-छात्राहरूलाई पुरस्कार एवं प्रमाणपत्र प्रदान गर्नुभयो ।

सो अवसरमा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापति, कलाकारद्वय मनोज गजुरेल, कृष्ण कँडेल, पूर्व खेलाडी उपेन्द्रमान सिंह तथा रोटरी क्लब भक्तपुरका अध्यक्ष डिल्लीराम गिरीले कार्यक्रमको महत्व र प्रभावकारीताबारे आ-आफ्नो मन्तव्य व्यक्त गर्नुभएको थियो ।

जिल्ला प्रहरी परिसर भक्तपुरका प्रमुख प्रहरी उपरीक्षक सूर्य बहादुर खड्काले स्वागत मन्तव्य व्यक्त गर्नुभएको उक्त कार्यक्रममा भक्तपुर नगरपालिका वडा नम्बर ३ का अध्यक्ष राजकृष्ण गोराले समापन मन्तव्य व्यक्त गर्नुभएको थियो भने प्रहरी नायव उपरीक्षक प्रकाश जबेगुले ‘हाम्रो प्रहरी’ कार्यक्रमको अवधारणा सम्बन्धी जानकारी दिनुभएको थियो । उक्त कार्यक्रममा जनचेतनामूलक प्रहरी वृत्तचित्र, नेपाल प्रहरी संगीत विद्यालयबाट ब्याण्ड डिस्प्ले, जनचेतनामूलक नाटक तथा नृत्य प्रस्तुत गरिएको थियो ।

कार्यक्रममा प्रहरी नायव महानिरीक्षक, भक्तपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी, वरिष्ठ प्रहरी अधिकृतहरू, विभिन्न सुरक्षा निकायका प्रतिनिधिहरू, स्थानीय जनप्रतिनिधिहरू, विभिन्न संघसंस्थाका प्रतिनिधिहरू, सञ्चारकर्मीहरू, समाजसेवी, विभिन्न विद्यालयका विद्यार्थीहरू लगायतको उपस्थिति रहेको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुर । धामस्थित राजदेवी मन्दिर छेउमा गाडीमा अटोरिक्सा छोएको विषयलाई लिएर एक भारतीय नागरिकले रिक्सा चालकलाई गालीगलौज गर्दै कुटपिट गरेको घटना सार्वजनिक भएको छ। सार्वजनिक स्थानमा भएको कुटपिटप्रति स्थानीय तथा प्रत्यक्षदर्शीले आपत्ति जनाएका छन्। गाडीमा क्षति पुगेको भए त्यसबारे प्रहरी प्रशासनमा उजुरी गरी कानुनी प्रक्रिया अघि बढाउन सकिने भए पनि आफैं कानून हातमा लिएर सार्वजनिक […]

दाङ । विपन्न तथा आर्थिक समस्यामा परेका विद्यार्थी, किसान, मजदुर तथा ज्येष्ठ नागरिकका लागि सहयोग तथा विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने उद्देश्यले घोराही बनाऔँ अभियान र नेपाली जुत्ता घर, घोराही बीच सहमतिपत्रमा हस्ताक्षर भएको छ। २०८३ साल साउन २५ गते घोराहीमा आयोजित कार्यक्रममा घोराही बनाऔँ अभियानका संयोजक सबिन प्रियासन र नेपाली जुत्ता घर, घोराहीका सञ्चालक […]

काठमाडौं । सोसाइटी अफ ट्राभल एन्ड टुर अपरेटर्स (सोट्टो) नेपालले अन्तर्राष्ट्रिय हवाई भाडा महँगो हुँदा नेपालको पर्यटन क्षेत्र प्रभावित भएको टिप्पणी गरेको छ । सोट्टो नेपालले आज पर्यटन पत्रकारसँग गरेको अन्तर्क्रियामा अध्यक्ष मानवबहादुर शाहीले अन्तर्राष्ट्रिय हवाई भाडा अत्यधिक महँगो हुँदा नेपाल आउने पर्यटक प्रभावित भएको बताए । उनले पर्यटनलाई उद्योगका रूपमा मान्यता दिन, श्रम तथा […]