२६ साउन २०८३, मंगलबार
11-08-2026 , Tue
×

प्रहरीको सेटिङमा पूर्वपश्चिम राजमार्गमा गाईगोरु तस्करी बर्दिबासमा ट्रक नियन्त्रण

Logo
ABC (भन्डाफोर) प्रकाशित मंगलबार, पुष २९, २०८२

महोत्तरी । बर्दिबास नगरपालिकामा गाई–गोरु तस्करी गर्दै गरेको एक ट्रक स्थानीय युवाहरूको सहयोगमा नियन्त्रणमा लिइएको छ।
आइतबार साँझ बर्दिबास नगरपालिका–१ स्थित शुभ स्वस्तिक अस्पताल अगाडि पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको ट्रकलाई नियन्त्रणमा लिइएको हो।

नियन्त्रणमा लिइएको ट्रक प्र. १–०२–००१ ख ९२९१ नम्बरको रहेको छ, जसमा “गैरी शंकर ढुवानी सेवा” लेखिएको छ। ट्रकभित्र गाई, गोरु तथा साढी गरी करिब २५ देखि ३० वटासम्म गाईवस्तु रहेको प्रारम्भिक अनुमानमा बुझिएको छ।

विश्व हिन्दु परिषद् महोत्तरी तथा स्थानीय युवाहरूका अनुसार पूर्व–पश्चिम राजमार्ग हुँदै लामो समयदेखि गाई–गोरु तस्करी भइरहेको भन्ने गोप्य सूचना प्राप्त भएपछि निगरानी बढाइएको थियो। सोही सूचनाको आधारमा ट्रकलाई नियन्त्रणमा लिइएको राधे–राधे समूह बर्दिबासका संयोजक रञ्जितराज ढुंगानाले बताए।
विश्व हिन्दु परिषद्का युवा अभियन्ता विमल साहका अनुसार केही दिनअघि र आज पनि प्राप्त सूचनाका आधारमा युवाहरू सतर्क अवस्थामा थिए। “पश्चिमबाट पूर्वतर्फ गाई तस्करी भइरहेको भन्ने सूचना आएपछि साँझ करिब ७ बजे ट्रक नियन्त्रणमा लिएका हौं,” उनले भने।

स्वतन्त्र युवा विजय पोखरेलले गाई–गोरु तस्करी संगठित रूपमा भइरहेको आशंका व्यक्त गर्दै दोषीमाथि कडा कारबाहीको माग गरे। “गाई–गोरु तस्करी केवल कानुनी उल्लंघन मात्र होइन, सामाजिक र नैतिक अपराध पनि हो। यसविरुद्ध आवाज उठाउनेहरूलाई धम्की दिने गरेको कुरा पनि सुनिन आएको छ, जुन गम्भीर विषय हो,” उनले भने। साथै उनले यस्ता घटनामा संलग्न समूह वा व्यक्तिलाई कानुनअनुसार कडा भन्दा कडा कारबाही हुनुपर्नेमा जोड दिए।

यस विषयमा ईलाका प्रहरी कार्यालय बर्दिबासका डीएसपी विकास बमले घटनाबारे थप अनुसन्धान भइरहेको जानकारी दिए। उनका अनुसार ट्रक चालक फरार रहेको छ भने घटनासँग सम्बन्धित अन्य व्यक्तिहरूको खोजी भइरहेको छ।
नियन्त्रणमा लिइएका गाईवस्तुहरूलाई बर्दिबासमा निर्माणाधीन नव निर्मित मूलघर आश्रममा लगिएको छ। आश्रमका संस्थापक संरक्षक “होमप्रसाद पोखरेल (कमल)” ले उद्धार गरिएका गाईवस्तुलाई तत्काल सुरक्षित स्थानमा राखिएको जानकारी दिए। “हाल आश्रम निर्माणकै चरणमा रहे पनि गाईवस्तुको सुरक्षाका लागि आवश्यक व्यवस्थापन गरिएको छ,” उनले भने। राज्य तथा सरोकारवाला निकायको सहयोग पाएमा भविष्यमा गाई संरक्षण र उद्धार कार्यलाई अझ व्यवस्थित रूपमा अगाडि बढाउने उनको भनाइ छ।
स्थानीय युवाहरू तथा धार्मिक संघसंस्थाहरूले गाई–गोरु तस्करीलाई गम्भीर अपराधका रूपमा लिएर दोषीमाथि कडा कारबाही गर्न माग गरेका छन्। साथै पूर्व–पश्चिम राजमार्गमा हुने यस्ता अवैध गतिविधि नियन्त्रणका लागि सुरक्षा निकायको सक्रियता आवश्यक रहेको उनीहरूको भनाइ छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुर । धामस्थित राजदेवी मन्दिर छेउमा गाडीमा अटोरिक्सा छोएको विषयलाई लिएर एक भारतीय नागरिकले रिक्सा चालकलाई गालीगलौज गर्दै कुटपिट गरेको घटना सार्वजनिक भएको छ। सार्वजनिक स्थानमा भएको कुटपिटप्रति स्थानीय तथा प्रत्यक्षदर्शीले आपत्ति जनाएका छन्। गाडीमा क्षति पुगेको भए त्यसबारे प्रहरी प्रशासनमा उजुरी गरी कानुनी प्रक्रिया अघि बढाउन सकिने भए पनि आफैं कानून हातमा लिएर सार्वजनिक […]

दाङ । विपन्न तथा आर्थिक समस्यामा परेका विद्यार्थी, किसान, मजदुर तथा ज्येष्ठ नागरिकका लागि सहयोग तथा विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने उद्देश्यले घोराही बनाऔँ अभियान र नेपाली जुत्ता घर, घोराही बीच सहमतिपत्रमा हस्ताक्षर भएको छ। २०८३ साल साउन २५ गते घोराहीमा आयोजित कार्यक्रममा घोराही बनाऔँ अभियानका संयोजक सबिन प्रियासन र नेपाली जुत्ता घर, घोराहीका सञ्चालक […]

काठमाडौं । सोसाइटी अफ ट्राभल एन्ड टुर अपरेटर्स (सोट्टो) नेपालले अन्तर्राष्ट्रिय हवाई भाडा महँगो हुँदा नेपालको पर्यटन क्षेत्र प्रभावित भएको टिप्पणी गरेको छ । सोट्टो नेपालले आज पर्यटन पत्रकारसँग गरेको अन्तर्क्रियामा अध्यक्ष मानवबहादुर शाहीले अन्तर्राष्ट्रिय हवाई भाडा अत्यधिक महँगो हुँदा नेपाल आउने पर्यटक प्रभावित भएको बताए । उनले पर्यटनलाई उद्योगका रूपमा मान्यता दिन, श्रम तथा […]